मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |
मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

राजनीति
जेनजी आन्दोलन र नेपालको राजनीतिक भविष्य

Thearaniko Times 1372+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

गुन्जमान लामा(जिएम)

नेपालको पछिल्लो राजनीतिक यात्रामा Gen Z अर्थात् जेनजी पुस्ताले नेतृत्व गरेको आन्दोलनले देशलाई नयाँ मोडमा पुर्‍याएको छ। युवाशक्तिको अडान, बलिदान र विद्रोहले पुरानो सत्ता संरचनालाई चुनौती दिँदै त्यसलाई ढाल्न महत्वपूर्ण भूमिका खेलेको छ। तर, प्रत्येक आन्दोलनसँगै आउने द्विविधा, अनपेक्षित परिणाम र अस्थिरताका छाया यसपटक पनि प्रस्टसँग देखिएको छ।

युवाको ऐतिहासिक भूमिका

नेपालको इतिहासमा युवाहरू सधैं परिवर्तनका अगुवा रहँदै आएका छन्। राणा शासनको अन्त्यदेखि २०४६ को प्रजातान्त्रिक आन्दोलन, २०६२/६३ को जनआन्दोलनसम्म—हरेक निर्णायक क्षणमा युवा अग्रभागमै उभिएका थिए। जेनजी आन्दोलन पनि त्यसैको आधुनिक निरन्तरता हो। तर यसको विशेषता भनेको यसले आफूलाई कुनै परम्परागत राजनीतिक दलको छायामा राखेन। स्वतन्त्र, डिजिटल युगको सचेतनासहित र स्वतःस्फूर्त रुपमा उठेको यो आन्दोलनले परम्परागत सत्ता समीकरण हल्लाइदियो।

सकारात्मक उपलब्धि

यस आन्दोलनको मूल उपलब्धि भनेको जनतामा परिवर्तन सम्भव छ भन्ने विश्वास जगाउनु हो। लामो समयदेखि पुराना दलहरूको सत्ता स्वार्थ, भ्रष्ट्राचार र गैरजिम्मेवार नेतृत्त्वप्रति दिक्क बनेको जनमानसलाई जेनजीले नयाँ आशा जगायो। यसको दबाबकै कारण दुई ठूला दल सत्ता बाहिरिन बाध्य भए। यसले दलहरूलाई पनि आफ्ना गल्तीप्रति आत्मसमीक्षा गर्न र सुधार गर्ने दवाव बढाएको छ।

विवाद र कमजोरी

तर हरेक आन्दोलनले सिर्जना गर्ने सकारात्मक शक्तिसँगै नकारात्मक पक्ष पनि हुन्छन्। जेनजी आन्दोलन त्यसबाट अछुतो रहन सकेन। आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी, तोडफोड र व्यक्तिमाथि आक्रमणले यसको नैतिक आधार कमजोर बनाएको छ। विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको आक्रमणलाई कुनै पनि सभ्य समाजले समर्थन गर्न सक्दैन। यस्तो गतिविधिले आन्दोलनको उद्देश्य र गौरवलाई कमजोर बनाएको छ।

अर्को कमजोरी भनेको संगठन र दीर्घकालीन रणनीतिमा अभाव हो। आन्दोलनले पुराना संरचना ढाल्ने शक्ति त देखायो, तर नयाँ व्यवस्था निर्माण गर्ने स्पष्ट खाका प्रस्तुत गर्न सकेन। यही कारण, यो आन्दोलनले उत्पन्न गरेको शक्ति अहिले नेतृत्व शून्यता र राजनीतिक अस्थिरतामा परिणत भएको छ।

संकटको गहिरो जोखिम

देश आज गम्भीर राजनीतिक सङ्कटको घेराभित्र छ। शासनप्रणालीप्रतिको जनविश्वास दिनानुदिन क्षीण हुँदै गएको छ। जनतामाझ निराशा बढेको छ र भविष्यप्रतिको चिन्ता गहिरिँदै गएको छ। यदी पुनः पुराना दलहरूको स्वार्थअनुरूप निर्णय भए वा असंविधानिक बाटो रोजियो भने, नेपाल अझ गहिरो अराजकता र दुर्घटनातर्फ धकेलिन सक्ने जोखिम उच्च छ। यस्तो अवस्था लामो समय रह्यो भने नेपाललाई असफल राष्ट्रहरूसँग तुलना गर्ने भय प्रबल बन्नेछ।

संविधान र संस्थागत भूमिका

संविधानले स्पष्ट रूपमा राष्ट्रपतिको भूमिका, सेनाको कर्तव्य र नागरिक सर्वोच्चताको अवधारणा व्याख्या गरेको छ। यस्तो संवेदनशील घडीमा राष्ट्रपति र नेपाली सेनाको भूमिका केवल संवैधानिक सीमाभित्रै सीमित रहनुपर्छ, तर त्यो भूमिका अत्यन्त निर्णायक छ। राष्ट्रको स्वाधीनता, शान्ति र स्थायित्वको रक्षा गर्ने दायित्व उहाँहरूकै काँधमा छ।

साथै, राजनीतिक दलहरूले पनि यसबेला आत्मसमीक्षा गर्न आवश्यक छ। जनताको आशा र चासोलाई अवहेलना गर्दै दलहरूले केवल सत्ताको खेलमा रमाए भने, यो लोकतन्त्रकै अस्तित्वमाथि प्रश्न उठ्नेछ।

भविष्यको बाटो

नेपाललाई संकटबाट निकाल्ने उपाय भनेको संविधानको आत्मा अनुसार, जनताको हितलाई केन्द्रमा राखेर, पारदर्शी र जिम्मेवार निर्णय लिनु हो। यसका लागि :

1. राजनीतिक दलको सुधार – पुरानो शैली त्यागेर नयाँ पुस्तालाई अवसर दिनुपर्नेछ।

2. शान्तिपूर्ण आन्दोलनको संस्कार – हिंसात्मक बाटोले होइन, विचार र संगठनात्मक रणनीतिबाट परिवर्तन ल्याउने अभ्यास आवश्यक छ।

3. राष्ट्रपति र सेनाको संवैधानिक निष्पक्षता – कुनै दलको स्वार्थमा नफसी, राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्नुपर्नेछ।

4. जनताको विश्वास पुनःस्थापना – सरकारको निर्णय प्रक्रिया खुला, पारदर्शी र जवाफदेही हुनैपर्छ।

निष्कर्ष

जेनजी आन्दोलनले पुरानो सत्ता ढाल्न त सफल भयो, तर नयाँ नेपाल निर्माणको जिम्मेवारी अझै अपूर्ण छ। यो आन्दोलनको योगदान र कमजोरी दुवैलाई आत्मसात गर्दै अब नेपाली राजनीतिले जिम्मेवार र दूरदर्शी बाटो रोज्नुपर्छ।

यस कठिन घडीमा राष्ट्रपतिको संवैधानिक नेतृत्व र सेनाको संस्थागत बफादारीले मुलुकलाई अस्थिरताबाट जोगाउने भूमिका निर्वाह गरिरहेको छ। उहाँहरूको योगदान केवल आजका लागि मात्र होइन, भोलिका पुस्ताका लागि पनि प्रेरणादायी बन्नेछ।

नेपाललाई असफल राष्ट्रको दिशामा होइन, न्यायोचित, स्थायी र समृद्ध लोकतन्त्रको दिशामा लैजानैपर्छ—यही हाम्रो साझा जिम्मेवारी हो।

प्रतिक्रिया

मङ्गल दाश लामा एम डी बल २९ भाद्र २०८२, आइतबार

एकदमै सही कुरा सही लेख

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार