मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

क्षितिजको १६ औं वार्षिक विविध कार्यक्रमका साथ संपन्न

Thearaniko Times 1401+ समाचार ( )
३ अशोज २०७९, सोमबार

काभ्रे, असोज ३

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विद्यालयका शिक्षकहरुप्रति आदर र सम्मान रहेको बताउनु भएको छ ।  क्षितिज इंग्लिस बोर्डिङ स्कुल बनेपाको १६ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई  सम्बोधन गर्दै डाक्टर थापाले विद्यालयका शिक्षकहरु दूरदर्शी हुने बताउनुभयो।

उहाँले भन्नुभयो–विद्यालयको पढाइ सकेपछि कुन बिषयमा अध्ययन गर्ने भनी विद्यार्थीहरु यकिन भएर आउँछन् र  सम्बन्धित् विषयको अध्ययन, अध्यापन  गराउने काम हाम्रो हो। त्योभन्दा पहिला नै विद्यालयमा शिक्षकहरुले उनीहरुलाई आफ्नो भविष्यको बाटो निर्धारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएको हुन्छ । त्यसैले विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पहिलो खुड्किलो भनेको माध्यमिक शिक्षा नै हो।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा भएको अतिरिक्त क्रियाकलाप देखेर खुशी लागेको बताउनु हुँदै डाक्टर थापाले विद्यार्थीहरुलाई भौतिक शिक्षाभन्दा प्रयोगात्मक शिक्षामा जोड दिएकोमा शिक्षक–शिक्षिकाहरुलाई धन्यवाद दिनुभएको थियो।

यस्तै बनेपा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शिबराज त्रिपाठीले  प्रयोगात्मक शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभयो । अबका  वर्षहरुमा भविष्यका कर्णधार मानिएका छात्र छात्रालाई  सैद्धान्तिक ज्ञानले मात्र काम नगर्ने भन्दै प्रयोगात्मक शिक्षाको महत्वलाई बुझी परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो।

कार्यक्रममा विद्यालयका संरक्षक गोविन्दलाल प्रधानाङ्गले विद्यार्थीलाई आध्यात्मिक ज्ञान पनि जरुरी रहेको औल्याउनुभयो । कार्यक्रममा बनेपा नपा–६, का वडाध्यक्ष सचितानन्द के.सी., ७ का वडाध्यक्ष हिटलर शाक्य, सञ्चालकका तर्फबाट कृष्णप्रसाद तिमल्सिना लगायतका वक्ताले विद्यालयले गरेको प्रगतिबारे खुशी व्यक्त गर्नुभएको थियो । विद्यालय सञ्चालन समितिका अध्यक्ष हरि गोपाल प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक प्रतिनिधि, अभिभावक प्रतिनिधि तथा विद्यार्थीको प्रतिनिधित्व गर्दै विभिन्न वक्ताले आफ्नो धारणा व्यक्त गर्दै  विद्यालयको शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा गीत–संगीत प्रस्तुत  प्रस्तुत गरेका थिए । सोही समारोहमा विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा एसइइ परीक्षामा उत्तीर्ण भएका  विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। साथै विद्यालय संचालक समितिको तर्फबाट विद्यालयका उत्कृष्ट कर्मचारी र शिक्षकहरुलाई सम्मान पनि गरेका थिए । सप्ताहव्यापी खेलकुद प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई ट्रफी, शिल्ड तथा पुरस्कार पनि सो अवसरमा वितरण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार