मुख्य समाचार
काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज | काठमाडौं विश्वविद्यालयः प्राज्ञिक उत्कृष्टताका तीन दशक |

पालिका गतिविधि
नमोबुद्ध नगरपालिकाको ८० करोड बढीको बजेट सार्वजनिक

Thearaniko Times 1393+ समाचार ( )
९ असार २०८२, सोमबार

नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 'कृषि, पर्यटन र व्यापार समृद्ध नमोबुद्धको आधार' मुल नाराका साथ नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको सातौँ अधिवेशनमा नगर प्रमुख कुन्साङ लामाले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

प्रमुख लामाले दीर्घकालीन सोचअनुरूप कृषि रणनीति कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। नीति तथा कार्यक्रममा विपद्‌पछि क्षति पुगेका खानेपानी पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको छ। त्यसैगरी, स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक पात्रो प्रकाशन, युवा सशक्तिकरण तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने योजना समेत समावेश छ।

नमोबुद्ध मन्दिर परिसरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले आवश्यक पहल गरिने उल्लेख नीति तथा कार्यक्रममा गरिएको छ।

महिला स्वयंसेविकाको मासिक प्रोत्साहन भत्ता १ हजारबाट बढाएर १ हजार ५ सय रुपैयाँ पुर्‍याइएको छ। उक्त कार्यक्रमका लागि १४ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएको छ। निवृत्त महिला स्वयंसेविकालाई २० हजार रुपैयाँ निवृत्त भत्ता प्रदान गरिने व्यवस्था समेत गरिएको छ।

मृगौला प्रत्यारोपण गराएकाहरू, डायलासिस गरिरहेका बिरामी, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका नागरिकका लागि मासिक ५ हजारका दरले औषधि उपचार खर्चस्वरूप ४६ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्‍याउने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण कार्यक्रम प्रभावकारी बनाउन १५ लाख रुपैयाँ छुट्याइएको छ।

नगरस्तरीय सार्वजनिक शौचालय तथा ‘नमोबुद्ध कोसेली घर’ निर्माण गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ। नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखालाई ३ लाख रुपैयाँ अनुदान दिइनेछ भने नेपाल जलवायु नमुना कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

उद्यमशीलता प्रवर्द्धन, रोजगारीमुखी सशक्तिकरण, सिप विकास, क्षमता अभिवृद्धि तालिम, लघु उद्यम विकास, ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम र बालमैत्री नगरपालिका घोषणासम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने उल्लेख गरिएको छ।

सभामा उपप्रमुख रत्नबहादुर लामाले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगर विकास योजना प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगर विकास योजना प्रस्तुत गरेका थिए भने सार्वजनिक लेखा समितिका संयोजक एवं वडा अध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक विधेयक तथा महालेखा परीक्षकको प्रतिवेदन सभामा पेस गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार