मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

रेयुकाई आँखा अस्पताल र काठमाडौ विश्वविद्यालयबीच थप सहकार्य गर्ने सम्झौता

Thearaniko Times 1394+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

काभ्रे/बनेपास्थित् रेयुकाई एईको मासुनागा आँखा अस्पताल र काठमाडौं विश्वविद्यालयबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्वन्धी सम्झौता भएको छ । आज भएको एक कार्यक्रममा अस्पतालका तर्फबाट अध्यक्ष मधु आचार्य र काठमाडौ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा.मनोज हुमागाईले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएकाे हो । सम्झौता पत्रमा साक्षीका रुपमा काठमाडौ विश्वविद्यालयका तर्फबाट स्कूल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन प्रा.डा दीपक कुँवर र अस्पतालका तर्फबाट महासचिव हिरामणी शर्माले हस्ताक्षर गरेका छन् । 

सम्झौता पत्रमा हस्ताक्षरपछि बोल्नुहुँदै काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले विश्वविद्यालयको उद्देश्य अनुरुपको गुणस्तरीय शिक्षा प्रदान मात्रै नगरी सिप, व्यवहारिक ज्ञान र प्रविधि तथा अनुसन्धानमा समेत ध्यान दिएको बताए ।

अन्तराष्ट्रिय स्तरमा काठमाडौ विश्वविद्यालयले आफ्नो छवीलाई उँचो बनाउँदै शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप नयाँ कार्य प्रारम्भ गर्न लागेको बताए । ‘रेयुकाई आँखा अस्पतालले ज्योती देखाउने र जोगाउने कार्य गरेको छ’– प्रा.डा थापाले भने– ‘सरल, सहज रुपले नागरिकहरुलाई सेवा प्रदान गर्न काठमाडौ विश्वविद्यालयले शिक्षा र अनुसन्धानमुलक कार्यमा थप सहकार्य गर्ने छ ।’

सम्झौता पत्रमा काठमाडौं विश्वविद्यालय धुलिखेल, काभ्रेमा इन्जिनियरिङ, कला, कानून, विज्ञान, व्यवस्थापन, चिकित्सा सम्बन्धी विद्यालयहरू मार्फत विभिन्न विषयहरूमा उच्च शिक्षा र अनुसन्धान प्रदान गर्न स्थापना भएकाले चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा आपसी चासो र सहयोग अभिवृद्धिमा योगदान पु¥याउँदै ‘काठमाडौं विश्वविद्यालय, धुलिखेल र रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपा बीच समझारी भएको उल्लेख भएको अस्पतालका महासचिव हिरामणि शर्माले जानकारी दिनुभयो । चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउने उद्देश्यले संयुक्त पहलहरूमा सहकार्य गर्न दुबै पक्ष सहमत भएको सम्झौतामा उल्लेख छ ।

सम्झौता पत्रमा दुबै पक्षहरू आपसी हितका क्षेत्रमा विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीहरूको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आ–आफ्ना संकायहरूका लागि संयुक्त प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न प्रतिवद्ध छन् ।

सम्झौता बमोजिम कुनै पनि संयुक्त परियोजना गतिविधिहरू वा शैक्षिक कार्यक्रमहरूको प्रारम्भको लागि, कुनै पनि सहयोगी उपक्रमहरू सञ्चालन गर्न छुट्टै परियोजना संचालन सम्बन्धी आर्थिक मामिलाहरु आपसी सहमतिबाट तय गरिनेछ । सहमति हस्ताक्षर भएको मितिदेखि ५ वर्षको अवधिका लागि लागू हुनेछ । कुनै पनि पक्षले अर्काे पक्षलाई छ महिनाको लिखित सूचना दिएर यो सम्झौता रद्द गर्न सक्छ ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम र बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले संयुक्त रुपमा लिफ्टको चाबि अस्पतालका अध्यक्ष मधु आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा समन्वयका उपप्रमुख रिमबहादुर लामा, बनेपा नपाका उपप्रमुख विमला सापकोटा, विश्वविद्यालयका डीनहरु, अस्पतालका कर्मचारीहरु, विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समिति काभ्रेको ६० र बनेपा नगरपालिकाको ४० प्रतिशत गरी ४९ लाख २५ हजार खर्चमा लिफ्ट निर्माण भएको अस्पतालका महासचिव हिरामणी शर्माले जानकारी दिए। विरामीहरुका लागि लिफ्ट अत्यावश्यक र महत्वपूर्ण रहेको पनि उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार