मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

कृषि
जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित

Thearaniko Times 1401+ समाचार ( )
३० असार २०८३, मङ्गलबार

धुलिखेल, काभ्रे। कृषि विकास कार्यालय काभ्रेको आयोजनामा जिल्लास्तरीय कृषि प्राविधिक कार्य समूहको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी निकाय, शैक्षिक संस्था तथा सरोकारवालाबीच कृषि क्षेत्रको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो।

बैठकमा कृषि विकास कार्यालयका प्रमुख, वागवानी विकास केन्द्रका प्रमुख, कृषि विभाग तथा काठमाडौं विश्वविद्यालयका विभागीय प्रमुख, कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलका प्रमुख, कृषि सहकारी संघका अध्यक्ष, कृषि पत्रकार महासंघका सचिव तथा काभ्रे र सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहका कृषि प्राविधिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति समीक्षा, स्थानीय तहमा रासायनिक मलको आपूर्ति अवस्था, कृषि तथ्याङ्क व्यवस्थापन, विभिन्न बालीमा देखिएका प्राविधिक समस्या तथा तिनको समाधानका उपायबारे विस्तृत छलफल गरिएको कृषि विकास कार्यालयले जनाएको छ।

यसै अवसरमा निजामती सेवा दिवस–२०८२ को सन्दर्भमा कृषि विकास कार्यालयद्वारा आयोजित कर्मचारीस्तरीय निबन्ध प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

त्यसैगरी, स्थानीय तहमा कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयन, समन्वय, सहकार्य तथा सहजीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै काभ्रेको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र बलेफी गाउँपालिकाका कृषि शाखाका कर्मचारीहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको छ।

सम्मानित हुनेमा महाभारत गाउँपालिकाका खिमबहादुर डाँगी, खानीखोला गाउँपालिकाका विकास लामा, बलेफी गाउँपालिकाका सन्देश हमाल तथा इन्द्रावती गाउँपालिकाका  एक कृषि प्राविधिक रहेका छन्।

सम्मानित हुनेमध्ये महाभारत गाउँपालिकाका कृषि प्राविधिक खिमबहादुर डाँगीले ‘उत्कृष्ट कर्मचारी सम्मान–२०८२’ प्राप्त गर्नु आफ्नो लागि गौरवको विषय भएको बताउँदै यस सम्मानले आफूलाई अझ जिम्मेवार, उत्साहित र सेवाप्रति समर्पित भएर काम गर्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिए। उनले सम्मानका लागि कृषि विकास कार्यालय, धुलिखेल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि कृषि क्षेत्रको विकास र कृषकको सेवामा इमान्दारी, निष्ठा र समर्पणका साथ निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख कुलप्रसाद दवाडी, विवेक महतलगायत सम्पूर्ण कार्यालय परिवारले दिएको निरन्तर सहयोग, मार्गदर्शन र सकारात्मक सुझावप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्।

कृषि विकास कार्यालयले कृषि सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग, समन्वय र सहजीकरण गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै सम्मानित कर्मचारीहरूलाई बधाई दिएको छ। कार्यालयले यस्ता कार्यक्रमले स्थानीय तह र सरकारी निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै कृषि क्षेत्रको दिगो विकास, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा कृषकमैत्री कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार