मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

प्रदेश सांसद लम्सालकाे पहलमा सञ्चालन हुने ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’

Thearaniko Times 1401+ समाचार ( )
२८ माघ २०७८, शुक्रबार

हेटौंडा । बागमतीका प्रदेशका सांसद लक्ष्मण लम्सालकाे पहलमा प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा विभिन्न याेजना सञ्चालनको लागि बजेटकाे टुंगो लागेको छ ।

काभ्रेको संघीय निर्वाचन क्षेत्र नम्बर २ काे प्रदेश सभा क अन्तरगत शिक्षा तर्फ ८, स्वास्थ्य तर्फ ४ र पुर्वाधार तर्फ १४ वटा कार्यक्रम सञ्चालन हुँदैछन् । 

प्रदेश पुर्वाधार कार्यक्रम सञ्चालन कार्यविधि -२०७८  काे दफा ९ र प्रदेश पुर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा काेभिड पुनःस्थापना साझेदारी कार्यक्रम कार्यविधि २०७८  र  स्वास्थ्य प्रवर्द्धन तथा काेभिड पुनःस्थापना साझेदारी कार्यक्रम (शिक्षा तर्फ सञ्चालन तथा व्यवस्थापन पहिलाे संशोधन 

कार्यविधि २०७८ काे दफा ९ बमोजिम प्रदेश सांसद लम्सालको पहलमा बजेट विनियोजन भएकाे हाे ।

जसअनुसार भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित् गोल्मादेवी प्राथमिक विद्यालयको घेराबार गर्न ८० हजार , भुम्लु गाउँपालिका वडा नम्बर ८ दुलालेश्वर माध्यामिक विद्यालयको कक्षा कोठा निर्माण र वडा नम्बर ८ कै प्रकाश उच्च माध्यामिक विद्यालयको खानेपानीका लागि १०-१० लाख रुपैयाँ विनियोजन गरिएको छ । भुम्लु गाउँपालिका वडा नम्बर २ को अरुणाेघदय माध्यामिक विद्यालयको भवन निर्माणका लागि १६ लाख १९ हजार रुपैयाँ विनियोजन भएको छ ।

पाँचखाल नगरपालिकाको वडा नम्बर १ अनैकोट स्थित सृजना प्राथमिक विद्यालयको घेराबार निर्माणका लागि १० लाख, वडा नम्बर २ को बाल प्रतिभा आधारभुत विद्यालयको कम्पाउण्ड निर्माणका लागि १० लाख रुपैयाँ निनियोजन गरिएको छ ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ स्थित उमा शिक्षा मन्दिर आधारभुत विद्यालयको कम्पाउण्डका लागि १५ लाख, एसओसएस देखि गान्धिपचोकसम्मको बैकल्पिक सडकमा ढल निर्माण गर्न १० लाख, जिल्ला समन्वय समिति काभ्रेको प्रशासनिक खर्चका लागि ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्य तर्फ धुलिखेल नगरपालिका वडा नम्बर ३ को स्वास्थ्य चौकी निर्माणका लागि २१ लाख, ७३ हजार, पाँचखाल नगरपालिका वडा नम्बर ३ को ओम शान्ति योग भवन निर्माणका लागि ८ लाख, मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ को अमिरस सत्संग योग भवन निर्माणका लागि ८ लाख र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ को जैसीथोक स्वास्थ्य चौकी निर्माण गर्न २१ लख, ७३ हजार रुपैयाँ विनियोजन भएको छ ।

पूर्वाधार विकास तर्फ धुलिखेल नगरपालिका वडा नम्बर २ को नारे गौडा माटाखानी टटले कृषि सडक १० लाख, धुलिखेल नगरपालिका वडा नम्बर ४ को बालकुमारी मार्ग अन्तर्गत चुकने जाने सडक १० लाख, भुम्लु गाउँपालिका वडा नम्बर ३ बेखसिम्लेको उर्गेन दोदुलिङ गुम्बाका लागि १० लाख विनियोजन गरिएको छ ।

यसैगरी भुम्लु गाउँपालिका वडा नम्बर ७ को भुम्लु बेसी बस्ती संरक्षण १० लाख, पाँचखाल नगरपालिका वडा नम्बर १ स्थित नमुना भवन हुँदै माथिलो गगले सहिद पार्कसम्मको सडक स्तरोन्नती २० लाख, पाँचखाल नगरपालिका वडा नम्बर ६ को विन्दाबासिनी मन्दिर हुँदै ठूली सामुदायिक सडक १० लाख, पाँचखाल नगरपालिका वडा नम्बर २ स्थित जोरपाटी खोक हुँदै देवीस्थान सडक १४ लाख विनियोजन गरिएको छ ।

पाँचखाल नगरपालिका वडा नम्बर १० को केजेल खानेपानी मर्मत गर्न ७० हजार, वडा नम्बर १२ को सिम्लेदेखि खर्कसम्म नाली तथा ढलान गर्न १० लाख, पाँचखाल नगरपालिका वडा नम्बर २ को तिनकुने बुढा सिंह द्वारेडी सडक स्तरोन्नती गर्न १० लाख विनियोजन गरिएको सांसद लम्सालले मिलिजुली खबरलाई जानकारीदिनुभयो ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को नर्बदा रानीटार माथिल्लो खर्क खानेपानी ९० हजार, वडा नम्बर ७ को तालढुंगा नौबिसे खानेपानी मर्मत ८ लाख ६५ हजार, पाँचखाल नगरपालिका वडा नम्बर ६ को प्रेम धर्म खेलकुद मैदान १० लाख, मण्डनदेउपुर नगरपालिकाको धोडिनी खेल मैदान जुडिगाउँका लागि १०, जिल्ला प्रशासन कार्यालय काभ्रेको प्रशासनिक खर्च १ लाख ३५ हजार गरी जम्मा ३ करोड रुपैयाँ विनियोजन भएको सांसद लम्सालले बताउनुभयो ।

सांसद लम्सालका अनुसार थप विकास कार्यक्रमका लागि बजेटको सुनिश्चितता गर्ने काम भइरहेको छ । जनताको आवश्यकताका आधारमा छनौट भएका योजनामा बजेट विनियोजन गरिएको सांसद लम्सालले बताउनुभयो ।

पाँचखाल नगरपालिकाको वडा नम्बर १ अनैकोट स्थित सृजना प्राथमिक विद्यालयको घेराबार निर्माणका लागि १० लाख, वडा नम्बर २ को बाल प्रतिभा आधारभुत विद्यालयको कम्पाउण्ड निर्माणका लागि १० लाख रुपैयाँ निनियोजन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार