मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

किसानले पनि गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने

Thearaniko Times 1401+ समाचार ( )
१२ फाल्गुन २०७९, शुक्रबार

फागुन,१२ 

काभ्रे। संघीय संसद प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानाले आफु सधै किसानको पक्षमा रहेको बताउनु भएको छ।

आज काभ्रेको बनेपामा नेपाल व्यवसायिक बाख्रा पालन महासंघको तेस्रो राष्ट्रिय महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै उपसभामुख राना मगरले व्यवसायिक रुपमा कृषि कर्म गर्दै आउनुभएका किसानले भोग्नुपरेको कानुनी समस्या समाधान गर्न आफू सधै तयार रहेको बताउनुभएको हो।

उपसभामुख राना मगरले आफु समस्या सुन्ने र कार्यन्वयन गराउन पहल गर्ने ठाउँमा भएकाले जनताको समस्यालाई जिल्लाका प्रतिनिधिहरुले संसदको रोष्टमबाट सरकारलाई जानकारी गराउन आग्रह गर्नुभएको छ। साथै आफुलाई जसले ,जहाँ जुन विषयमा पनि ध्यानाकर्षण पत्र दिएर स्मरण गराई राख्न पनि अनुरोध गर्नुभएको छ।  

खाद्य बस्तु उपभोक्ताको अभिभावक कृषकहरु नै रहेको बताउँदै उहाँले सबैले किसानलाई सम्मान र उचित मुल्याङ्कन गर्नुपर्ने र किसानले पनि गुणस्तरीय उत्पादनमा जोड दिनुभयो। उहाँले किसानलाई उत्पादन सामग्रीहरूले बजार नपाएको भनि गुनासो गर्नु भन्दा गुणस्तरमा विषेश ध्यान दिन सुझाव दिनुभएको छ।

आफुले पनि  समाज सेवाबाट प्राप्त गरेको पुरस्कार र राशी समेत कृषिमा लगानी गरेर आत्मनिर्भरतामा जोड दिएको खुलासा गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार