मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

साहित्य र कला
राष्ट्रिका साहित्य प्रतिष्ठानमा घिमिरे नेतृत्वको नयाँ कार्यसमिति चयन

Thearaniko Times 1401+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं। राष्ट्रिका साहित्य प्रतिष्ठानको साधारण सभाले ऋषभ देव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

विहीबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा डा. शान्तिमाया गिरी, महासचिवमा मधु पाठक, सचिवमा सुमन घिमिरे, कोषाध्यक्षमा हरिवोल ढकाल चयन गरेको हो। त्यसैगरी कार्यसमिति सदस्यमा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटा निर्वाचित भएका छन्।

सभाको अवसरमा संस्कृति संवाद कार्यक्रम पनि आयोजना गरिएको थियो। प्रमुख अतिथि प्रा. पुरुषोत्तम दाहालले साहित्यलाई संस्कृतिसँग जोड्नु आजको आवश्यकता भएको बताए। उनले असार १५ को सांस्कृतिक सन्दर्भ जोडेर यस्तो कार्यक्रम आयोजना गरेकोमा राष्ट्रिकालाई धन्यवाद दिए।

वरिष्ठ साहित्यकार तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले संस्कृतिको संरक्षण र जगेर्ना अत्यावश्यक भएको उल्लेख गर्दै नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गर्नु आजको चुनौती भएको धारणा राखे।

कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, प्रा.डा. जीवन अधिकारी, चिनिमाया माझी लगायतले शुभकामना मन्तव्य दिएका थिए। मधु पाठकले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता ऋषभ देव घिमिरेले गरेका थिए। साधारण सभाले आर्थिक तथा प्रगति प्रतिवेदन पनि पारित गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार