मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

आज मदन–आश्रित स्मृति दिवस-नेकपा एकीकृत समाजवादी र एमालेले छुट्टाछुट्टै कार्यक्रम गरी मनाउने

Thearaniko Times 1394+ समाचार ( )
३ जेठ २०८०, बुधवार

काठमाडौं /आज जेठ ३ अर्थात् मदन–आश्रित स्मृति दिवस।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ।

एकीकृत समाजवादीले बुधबार ३० औँ मदन–आश्रित स्मृति दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जली सभालगायत कार्यक्रम गर्न लागेको हो। 

यता, एमालेले पनि तत्कालीन पार्टीका प्रभावशाली नेता द्वयस्भण्डारी र आश्रितको दासढुङ्गा दुर्घटनामा परेको दिनको सम्झना गर्दै नेकपा एमालेले ‘मदन(आश्रित दिवस’ मनाउने गरेको छ।

भण्डारी र आश्रितको स्मृति दिवसमा एमालेले बुधबार मदन नगर, बल्खुमा विशेष कार्यक्रम गर्दैछ। एमालेका अनुसार ‘मदन(आश्रित स्मृति’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका शीर्ष नेताहरूले जननेता भण्डारी र नेता आश्रितको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रमलाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्।

आज बिहान ७:४५ बजे हुने सो कार्यक्रममा उपस्थितिका लागि एमालेले नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूलाई निमन्त्रणासमेत गरेको जनाएको छ।

सडक दुर्घटनामा परी निधन भएको ३० वर्ष पूरा हुँदासम्म पनि घटना भने अझै रहस्यमय रहेको छ। आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा उक्त जीप चालक अमर लामा जिवित रहनु र पछि उनको हत्या हुनुले राजनीतिक वृत तथा आम जनमानसमा दुर्घटना रहस्यमय रहेको छाप बसेको छ। यो रहस्यमय दुर्घटनाको पर्दा अझै उघारिएको छैन । 

जनताको बहुदलीय जनबाद (जबज) सिद्धान्तका प्रतिपादक नेताको रूपमा भण्डारीलाई चिनिन्छ । सो सिद्धान्त प्रतिवादन गरेपछि भण्डारीलाई अमेरिकी सञ्चारमाध्यमहरूले जिवित ‘कार्ल मार्क्स’ भनेर सम्बोधन गरेका थिए । 

३० वर्षअघि भएको यो घटनाको सत्य तथ्य छानबिन गर्ने नेताहरूले बताउँदै आएका छन् । तर अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन । एमाले नेताहरूले नै सत्ताको नेतृत्व गर्दा पनि उक्त दुर्घटनाको खासै खोज अनुसन्धान नगरेको भन्दै आलोचना हुने गर्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार