मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

दिल्ली अस्पतालबाट नातिलाई इ–पत्र
दिल्ली अस्पतालबाट नातिलाई इ–पत्र

Thearaniko Times 1375+ समाचार ( )
डा. भरत लामिछाने
१ माघ २०८१, मङ्गलबार

प्रिय नातिबाबु ।

न्यानो माया,

हाम्रो नाति काठमाडौं विश्वविद्यालय धुलिखेलमा स्नातक तहमा अध्ययन गर्दै थियो । उसले मलाई एकदिन सो विश्वविद्यालयका अनियमितताका बारेमा कुरा उठायो। उसले भन्यो, हामी पढिरहेको विश्वविद्यालयको पहिलेको शाख (इज्जत) छैन, घट्दो छ । बिग्रदो र गिर्दो अवस्थामा गईरहेको छ । परिक्षामा सामेल नभएका विद्यार्थीहरुलाई पनि अनियमित ढंगले सामेल गराई भनि पास गरेका हल्ला छन् । कुन कुन नियतले हो? को कसको सोर्सफोर्सले हो कतिपय विद्यार्थीहरुलाई उनीहरुले पाएको ग्रेडमा बढाएर उच्चतम् ग्रेड दिएको भन्ने पनि सुनिन आएको छ। त्यसो हो भने यो त साह्रै ठूलो अन्याय, अत्याचार र नीतिगत भ्रष्टाचार नै होइन र हजुरबा ? यसले त हामी जस्तो विद्यार्थीलाई मर्का त प¥यो नै । त्यतिमात्रै कहाँ हो र ? विश्वविद्यालयको बेइज्जत, नेपाल र नेपालीको अन्तर्राष्ट्रिय जगतमा नै बदनाम भएन र? हजुरबा भन्यो । नाति बाबुको यस्ता कुराहरुले म गम्भिर बन्न पुगें। र, मैले उसलाई भने तिमीहरुको विद्यार्थी संगठनले यस्ता गलत गतिविधि विरुद्धमा संघर्ष गर्नुपर्छ बाबु ! उसले भन्यो, युनियनका साथीहरुले कुरा उठाए पनि त्यहाँको प्रशासनले दमन गर्छ। जो अगुवा हुन्छ उसलाई पूर्वाग्रह स्वरूप परीक्षामा नम्बर कम दिने, फेल नै गराउने, यतिपनि नभए रेस्टिकेट समेत गर्ने जस्ता कार्य गरेर दुःख दिदै आएका घटना पनि रहेछन् त्यहाँ । त्यसैले पनि सबै डराएका छन् । अगाडि सरेर कोही विरोध गर्ने आँट नै गर्दैनन् । म मात्र अगाडि सरेर के गर्नु र हजुरबा, भन्यो नातिबाबुले ।

मैले फेरि पनि उसलाई सम्झाउँदै गएँ । यस्तो अन्याय, अत्याचारका विरुद्ध लड्ने अन्तिम हतियार त जनबलमा हुने संघर्ष नै हो । त्यसका लागि अभिभावकहरु समेतको भेला र सहमतिले त्यो कार्य गर्दा उचित होला। त्यो जनबल भनेको अन्याय, अत्याचार भोगिरहेका विद्यार्थी र अभिभावकहरुकै संयुक्त संघर्षबाट नै हुनसक्छ । त्यसपछि सबै न्यायप्रेमी जनसमुदायले पनि साथ दिन थाल्छन् र सफलतातिर पुग्दछ । उसले प्रतिप्रश्न ग¥यो, अभिभावकहरुको पनि मनोबल त्यस्तो संघर्ष गर्ने देखिदैंन । हामी त साह्रै अन्यायमा नै प¥यौं । जे जस्तो भए पनि सहनु बाहेक हाम्रो विकल्प देखिदैन हजुरबा भन्यो । म झनै गम्भिर बनें र भनें, सत्य, सत्य नै हुन्छ बाबु । सत्य एवम सही परिणाम अलि टाढा हुन्छ । त्यसलाई भेट्न अनेकौं आरोह–अवरोह झेल्नुपर्छ । त्यसलाई भेट्न अनेकौं संघर्षकाका रुपहरु फेर्नु पर्दछ । लामो लडाईं आवश्यक छ। संसारका कुनै पनि तानाशाहहरुले गरेका अन्याय अत्याचार विरुद्ध त्यहाँको जनबलले परास्त गरिदिएका ऐतिहासिक घटना छन् । म नै राज्य हँु भन्ने बेलायतका तानाशाह पनि परास्त भएका थिए। रामायणको कथामा पनि राम की सौतेनी आमा कैकेयीले आफ्नो छोरा भरतलाई राज्यको बागडोर दिलाउन रामलाई चौध वर्षको बनवास पठाउने तानाबाना बुनेकी थिईन् । राम वनवास जान बाध्य भए। तर भरत स्वयंलाई आमाले गरेको अन्याय, अत्याचार मन परेको थिएन । त्यसैले सिंहासनमा कहिल्यै बसेनन। उनले आन्तरिक रुपमा संघर्ष गरी दाजुको खराउ(जुत्ता) सिंहासनमा राखी दाजुको मनोभावना र सल्लाहले १४ वर्षसम्म राज्य संचालन गरेका कथा छन् । त्यस्तै महाभारतको कथामा कौरव र पाण्डव बीचको संघर्षको कथा पनि अन्याय, अत्याचार विरुद्ध संघर्षका कथा हुन् बाबु, त्यस्तो अन्याय र अत्याचार नहुँदो हो त समाज र संसार अर्कै हुन्थ्यो होला । राम राज्य अर्थात रामको कल्पनामा राज्यमा कसैलाई पनि अन्याय र अत्याचार हुन नदिने, सबैलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरुको समान व्यवस्थापन गर्ने परिकल्पना भएकोले नै ‘राम राज्य’को संज्ञा दिईएको थियो भन्ने कुरा पनि आउँछन् । भारत स्वतन्त्रता पश्चात् महात्मागान्धिले त्यही दर्शनलाई पछ्याएका थिए । समाजवाद, साम्यवादमा पनि मानवले मानवलाई अन्याय र अत्याचार नगर्ने, सबै मानवले जीउनका लागि आवश्यक पर्ने आधारभूत कुराहरुको समान व्यवस्थापन निश्चित् गरिने प्रणालीलाई अवलम्बन गरि अगाडि बढ्ने परिपाटी मिलाइने सिद्धान्त छ । तर सोचे जस्तो सामाजिक संरचना पहिले देखि छैन र हुने अवस्था निर्माण गर्न पनि कठिनाई पर्दै आएको छ । 


किनभने, मानव समाज ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादबाट परिचालित छ । त्यो भनेको विज्ञान हो । मानिसले सोचेका सबै कुरा १०० प्रतिशत पूरा हुँदैनन् । विज्ञानभित्र सकारात्मक र नकारात्मक दुवै कुरा हुन्छन् । यी दुवै कुराहरुको समिश्रण सबै कुरा चलेकोले नै द्वन्द्वात्मक भौतिकवाद भनेको हो। जस्तै बिजुली बत्ति बल्न पनि नेगेटिभ र पोजेटिभ लाईन आवश्यक परे झै समाज विकासमा पनि त्यो नियम लागु हुन आउँछ । विज्ञानले सबै वस्तु नासवान छन् भन्ने बताउँछ । चाहे त्यो जीवित होस वा निर्जिव नै किन नहोस् । अझै जीवित वस्तुमा त्यो छिटो लागु हुन्छ । त्यसैले मानव समाजको संरचनागत् अवस्थामा त्यो नियम जर्बजस्त रुपमा प्रभावित हुँदै आएको ऐतिहासिक तथ्यहरुले पुष्टी गर्दै आएको छ । त्यसै सेरोफेरोमा विश्वमा ठूला ठूला घट्ना र संघर्षका रुपहरु देखिंदै आएका छन् । प्रथम र दोस्रो विश्वयुद्ध त्यसका ज्वलन्त उदाहरण हुन् । त्यसबाहेक पनि ठूला साना युद्धहरु भई आएका छन् । यतिबेला पनि रुस, युक्रेन युद्ध, इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमण लगायतका युद्धहरुलाई समेत मनन गर्न सकिनेछ।

हाम्रो देशमा पनि स्वतन्त्रता प्राप्त गर्न राज्य व्यवस्था परिवर्तन गर्ने सिलसिलामा ठूलाठूला संघर्ष विस २००७ सालको परिवर्तनका लागि भएको संषर्ष, ३० वर्षीय निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध भएको थुप्रै संघर्षहरु, वि.सं. २०३६ सालमा भएको जनमत संग्रह, वि.सं. २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनाका लागि भएको संयुक्त जनआन्दोलन, वि.सं. २०५२ सालबाट भएको दश वर्षिय जनयुद्ध, २०६२÷०६३ को संयुक्त जनआन्दोलन जस्ता संघर्ष जनबलकै आधारमा भएका थिए । यस्ता संघर्षले राज्य व्यवस्था परिवर्तनमा ठूला ठूला फड्को मारेको कुरा ऐतिहासिक तथ्यहरूबाट सिद्ध भएको छ बाबु ।

फेरिपनि ध्यान दिनु बाबु, 

विश्वमा हुने कुनै पनि घटनाले अन्य मुलुकलाई प्रभाव पार्नु स्वभाविक मानिन्छ । किनकी संसार अन्र्तसम्बन्धित् छ र संसारमा एउटा वस्तुमा हो परिवर्तनले अरु वस्तुमा पनि केही न केही परिवर्तन ल्याउँछ नै । द्वन्द्वात्मक वस्तुवादका अनुसार गति भनेकै यही परिवर्तन हो। तर बाह्य प्रेरक तत्वका कारणले वस्तुमा के परिवर्तन आउँछ भन्ने कुरा चाहीं सबै वस्तुमा उही हुँदैन । त्यो बाह्य कारणमा होइन, मूलतः वस्तुको अन्र्तवस्तुमा वा वस्तुभित्रको अन्तर्विरोधमा निर्भर गर्दछ। गति वा परिवर्तनको आधारभूत कारण आन्तरिक हुन्छ। अरु वस्तुसितको अन्र्तसम्वन्ध अन्र्तक्रिया सहायक कारण मात्र हुन सक्छ ।

जस्तैः १०० डिग्री तापक्रममा पुगेपछि पानी वाफ बन्छ भन्ने कुरा विज्ञानले पुष्टी गरेको छ । त्यो पानीभित्रको अन्र्तवस्तु र अन्तविरोधको कारणले नै वाफ बनेको हुन्छ । १०० डिग्री तापक्रम त्यसको सम्बन्ध हो, सहायक कारण हो । बाह्य प्रेरक तत्व हो। त्यसो त १०० डिग्री तापक्रम दिदैमा ढुङ्गा वाफ बन्छ र? चामल वाफ बन्छ र ? बन्दैन । त्यसैले वाफ बन्छ कि बन्दैन, त्यसको मुलभुत कारण १०० डिग्री तापक्रम हैन । वसतुभित्रको अन्र्तवस्तु हो, अन्तर्विरोध हो। द्वन्द्वात्मक वस्तुवादमा परिवर्तनको यो नियम संसारमा सबै वस्तु र घटनाक्रमहरुमा लागु हुन्छ । यो सर्वपक्षिय छ । यो सबै वादमा लागु हुन्छ । संशोधनवादले पार्ने असरका सम्बन्धमा पनि यो लागु भईरहन्छी त्यसै सेरोफेरो बर्षभित्र रहेर अध्ययन गर्ने हो भने तिमीहरुको विश्वविद्यालयका घटनाक्रमहरुमा पनि त्यो नियम लागु हुन्छ । त्यही नियम अनुसार त्यहाँका गतिविधिहरु भइरहेका छन् भन्ने बुझनुपर्छ ।

त्यसैले तिमीहरुको विश्वविद्यालयका ती समस्याहरुलाई धेरै ठूलो पनि नठान्नु, सानो अंश मात्र हुन् । तर पनि अंशमात्र हुन् भनेर त्यसको समाधान तर्फ ध्यान नदिंदा अंशले नै सम्पूर्णमा असर पु¥याउँछ । संघर्ष भनेको संघर्ष नै हो । सानो ठूलो भन्ने भन्दा पनि न्याय, अन्यायमा केन्द्रित हुने कुरा हुन् । यतिबेलाको युग संचारको युग हो। त्यो संघर्ष पनि संचार माध्यमसँग जोडिनु पर्दछ। जोडिदैं गएको पनि छ। तिमीहक विचलित हुनुहुँदैन । एकदिन सही सत्यले विजय प्राप्त अवश्य नै गर्नेछ । आफ्नो ठाउँबाट संगठित संघर्ष गर्ने प्रयास गरिराख्नु पर्दछ । नातिबाबुलाई मैले यस्तो सुझाव राखेपछि ऊ गम्भिर बनेको छ । नभन्दै त्यसको केही समय पश्चात् अनलाईन अखबारले छाप्यो । ‘काठमाडौं विश्वविद्यालयमा परिक्षा नै नदिएका विद्यार्थी समेत पास’ (अर्थ सरोकार–८ पुष, २०८१ सोमबार) न्यूज संलग्न छ । 

मैले नातिबाबुलाई सम्पर्क गरेर फेरी सम्झाएँ । तिमीहरुको विश्वविद्यालयका अनियमितताका बारे अखबारले छापेछ । अब त्यो सार्वजनिक महत्वको विषय बन्दै गयो । यसबारे सम्बन्धित् निकाय गम्भीर हुनुपर्नेछ । सत्यको जीत ढिलो चाँडो अवश्यमेव हुनेछ । संघर्षले कोर्ष लामो पनि लिन सक्दछ । धैर्यता लिदैं अगाडि बढनुपर्छ । विचलित न्यायका पक्षमा संघर्ष गर्दै आफ्नो पढाइमा पनि विशेष ध्यान दिनु । इति–

प्रतिक्रिया

बिन्दु लामिछाने २ माघ २०८१, बुधवार

बिना संघर्ष अधिकार पाउनगारो हुन्छ। संघर्ष गर्न पनि सजिलो छैन। अन्यायगर्ने हरू को समुह ठूलो भैसको . न्याको पक्ष्ये मा बिस्तारै रीजल्ट आउछ बाबु!

वासुदेव हुमागाईँ २ माघ २०८१, बुधवार

नयाँ पुस्ताले यस्ताे सन्देश मूलक लेख पढ्लान् वा पढेर मनन् गर्लान् भन्नेमा दाेधार छ तथापि नाति बाबुले यसलाई ग्रहण गरे भने राम्राे हुन्थ्याे

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार