मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पनौतीमा १४ औं नेवाः राष्ट्रिय एकता दिवस भव्यताका साथ संपन्न

Thearaniko Times 1394+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

पनौती/१४ औं नेवाः राष्ट्रिय एकता दिवस शुक्रबार पनौतीमा भव्यताका साथ सम्पन्न भएकाे छ । 

पहिलोपटक उपत्यका बाहिर मनाएको नेवा एकता राष्ट्रिय दिवसकाे र्‌‍याली पनौतीको ध्वाखा फ:बाट सांस्कृतिक झाँकी र बाजागाजाबाट सुरू भइ  नगरपरिक्रमा पश्चात् लायकु डबलीमा सभामा परिणत भएकाे थियाे ।

नेवाः देय् दबूको संयोजनमा विभिन्न राजनीतिक दल निकट नेवारहरूको जातिय संगठनहरुलाई समेत सहभागीता गराइएको र नेवाः देय् दबू काभ्रे जिल्ला समिति, नेवाः देय् दबू पनौति नगर समिति, हलिं नेवाः गुथि काभ्रे जिल्ला समिति, हलिं नेवाः गुथि पनौति नगर समिति, नवलकचा नवाल समाज, भिन्तुना ग्रुप पनौती लगायत विभिन्न संघसंस्थाहरुको संयुक्त व्यवस्थापनमा भएकाे उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कन्चन चन्द्र वादेले नेवाः एकताकाे महत्वलाई बुझेर नेवाःहरू एकजुट भइ नेवाः सभ्यता बचाउनु पर्नेमा जाेड दिए । उहाँले ‘नेवाःहरूकाे भाषा, कला, सभ्यता, संस्कृति, सम्पदा रहिरहे मात्र नेवाःहरूकाे अस्तित्व रहने बताउनुभयो ।

पनौती नगर प्रमुख रामशरण भण्डारीले पनौती नगर विश्व संपदा सुचीमा सुचिकरण गर्ने पहल भइरहेको जानकारी दिनुहुँदै ऐतिहासिक नगर पनौतीमा नेवाः राष्ट्रिय एकता दिवस मनाउनु भइ महत्व दिनुभएकोमा धन्यबाद दिनुभयो।

कार्यक्रमका सभापति नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्रमान वज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा देय् दबूका केन्द्रीय सदस्य तथा पनौतीका सामाजिक अभियन्ता सुरेश सैंजुले स्वागत मन्तव्य राख्दै नेवाः एकता दिवसकाे औचित्यबारे आफ्नाे धारणा राखेका थिए। सोही  अवसरमा उहाँले पनौती नगरको ऐतिहासिक महत्वको बारे चर्चा गर्दै बाह्रवर्षे मकर मेला, भुकम्प नजाने शहरदेखि देव इन्द्रले तपस्या गरेको तपोभूमि जस्ता विषयमा चर्चा गर्नुभयो । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः एकता दिवसका विभिन्न पक्षको बारेमा जानकारी दिनुभयो।

नेपाल संवत ११३० पोहेलाथ्व नवमीको दिनमा लाखौं नेवाःहरु दशरथ रंगशालामा भेला भई नेवाः समुदायले जनस्तरवाट नेवाः स्वायत्त राज्य घोषणा गरेको, विविधता भएका नेवाःहरु एकता भएको घोषणा गरेको दिनको सम्झनामा प्रत्येक बर्ष यो दिवस मनाउँदै आएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार