मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

शहीद विवरण अध्यावधिक कार्य संपन्न

Thearaniko Times 1394+ समाचार ( )
२८ फाल्गुन २०७९, आइतबार

धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेको पहलमा काभ्रे जिल्लामा विभिन्न मितिमा घोषणा गरिएका शहिदहरुको विवरण अध्यावधिक गर्ने काम संपन्न भएको छ । 

नेपाल सरकार मन्त्री परिषद् निर्णय अनुसार नेपाल राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि गृहमन्त्रालयमा रहेको विवरणमा त्रुटी भएको नभएको यकीन गरी त्रुटी भएको पाइएमा सच्याउनुपर्ने विवरण सहित सिफारिश माग भइ आएको थियो । गृहमन्त्रालयमा रहेको विवरणमा निकै त्रुटी रहेको र आधा भन्दा बढी शहिदहरुको नाम विवरणमा उल्लेख नभएको अवस्थामा जिल्लास्थित दलका प्रतिनिधिहरुको उपस्थितिमा त्रुटी सच्याउनुका साथै थप विवरण पठाउन सिफारिश गरेको छ । 

गृहमन्त्रालयले पठाएको विवरणमा जम्मा १ सय ४५ जनाको मात्र नाम समावेश भएको र त्यसमा पनि कतिपयको नाम दोहोरिएको पाइएको प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार दोहोरिएको नाम काटिनुका साथै नेपाल सरकारबाट परिवारले राहत समेत बुझि लिएका शहिदहरुको विवरणमा छुटेका १ सय ५२ जनाको नाम थप गरि गृहमन्त्रालय पठाइएको छ । शहिद विवरण छानबिन तथा छुटेका नाम थप गर्न नेपाली कांग्रेसका जिल्ला प्रतिनिधि समिर ब्याञ्जु, एमालेका हरि मैनाली, एकीकृत समाजवादीका हरिगोपाल प्रधानाङ्गा, माओवादी केन्द्रका दैवलाल घिसिङ(अनुशिल) लगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

विवरण सच्याउने र छुटेकाहरु थप गर्न जिल्लाका मानव अधिकारकर्मी भोजराज तिमल्सिनाले सहजिहरण गर्नु भएको थियो । जिल्लामा अझै छुटपुट हुन सक्ने भएकाले आवश्यक आवश्यक कागजात सहित आए पछि समावेश गर्दै जाने निर्णय पनि भएको जानकारी प्रजिअ पौडेलले दिनुभयो ।

शहीदहरुको विवरण इपेपरमा हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार