मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
बेथानचोकमा नेकपा उम्मेदवार हुँमागाईको घरदैलो अभियान

Thearaniko Times 1401+ समाचार ( )
१९ माघ २०८२, आइतबार

बेथानचोक (काभ्रे)।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ की नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार बसुन्धरा हुँमागाईले मतदातासँग प्रत्यक्ष भेटघाट सुरु गर्नुभएको छ।

आइतबार बेथानचोक गाउँपालिका–१ च्याम्राङवेशीका विभिन्न गाउँबस्तीमा पुगेर उहाँले घरदैलो कार्यक्रममार्फत मतदातासँग संवाद गर्दै आगामी निर्वाचनमा साथ र समर्थनको आग्रह गर्नुभएको हो।

घरदैलो अभियानको सुरुआत बेथानचोक गाउँपालिका–४ मा रहेको पार्टीको वडा कार्यालय उद्घाटनबाट गरिएको थियो। त्यसपछि टोलीले पार्थलीमा भेटघाट कार्यक्रम सञ्चालन गरेको थियो भने ढुंखर्कमा वडा नं. २ को पार्टी कार्यालय उद्घाटन गरिएको छ। सोही क्रममा वडा नं. १ च्याम्राङवेशीमा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरिएको जनाइएको छ।

उम्मेदवार हुँमागाईको नेतृत्वमा रहेको टोलीले वडा नं. १ का झिंगे, फुर्केथलीलगायत सबै गाउँबस्तीमा पुगेर स्थानीय मतदातासँग छलफल गरेको थियो। भेटघाटका क्रममा स्थानीयवासीले यसपटक तारा चिन्हमा मतदान गर्ने सहमति भएको बताउँदै समर्थन जनाएका छन्।

घरदैलोका क्रममा मतदाताहरूले आ–आफ्ना गाउँटोलका समस्या, आवश्यकता र अपेक्षाबारे उम्मेदवारसमक्ष जानकारी गराएका थिए।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी काभ्रेपलाञ्चोकको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुधबार सम्पन्न भेला तथा बैठकले पार्टी केन्द्रीय सदस्य टोकबहादुर वाइवाको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गर्ने निर्णय गरेको छ। उक्त समितिमार्फत क्षेत्रभरि निर्वाचन अभियानलाई थप सक्रिय बनाइने जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार