मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

प्रगतिशिल लेखक संङ्घ काभ्रेको आयोजनामा रचना वाचन तथा छलफल

Thearaniko Times 1401+ समाचार ( )
१३ श्रावण २०८०, शनिबार

काभ्रेपलान्चोक । प्रगतिशिल लेखक संङ्घ नेपाल काभ्रेले रचना वाचन तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। आज शनिबार काभ्रेको बनेपामा आयाेजित एक समारोहका बीच साहित्यकारहरुकाे रचना वाचन सहित छलफल कार्यक्रम गरिएको हो । 

उक्त कार्यक्रममा उपस्थित मध्ये  २० जना कवि तथा कवियत्रीहरुले आ-आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो । प्रगतिशिल लेखक संघ काभ्रेकी अध्यक्ष भवानी पाण्डेको अध्यक्षतामा  भएको कार्यक्रममा पाण्डे  स्वयंले मीठाे मुक्तक सुनाउनु भएको थियो । 

प्रगतिशिल लेखक संघकी केन्द्रीय उपाध्यक्ष नमुना शर्माले कार्यक्रममा सुनाइएका कविताहरुकाे समिक्षात्मक प्रतिकृया दिदै   सामन्ती व्यवस्थाकाे अन्त्य भइनसकेको धारणा व्यक्त गर्नु भएको थियो । पंकज चित्रकार, कृष्णप्रसाद पराजुली, माेहन दुवाल, जनक हुमागाईं जस्ता क्रान्तिकारी  र प्रगतिशिल साहित्यकार जन्माएको जिल्ला काभ्रेमा कवि- कलाकारहरुसंग भेटघाट र साक्षत्कार गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै प्रगतिशिल चिन्तनलाई अगाडि बढाउन एक ढिक्का हुन सुझाव दिनुभयो। 

साहित्यकार नमुना शर्मा, प्रगतिशिल लेखक संघ वाग्मती प्रदेश उपाध्यक्ष बैरागी जेठाले पनि समय सान्दर्भिक रचना प्रस्तुत गर्नु भएको थियो । साहित्यकार दिल पौडेलले गजलका शेरहरुले कार्यक्रममा रौनक थप्न मद्दत गर्नुभयो । उहाँले "विचौलियाकाे मुखमा दुदु माम "परिरहेको तितो यथार्थ गजल मार्फत पाेख्नु भएको थियो ।

वरिष्ठ साहित्यकार तथा कवियत्री दिलकुमारी डंगाेल र काभ्रेका वरिष्ठ तथा पुराना कलाकार लोकगायक मच्छेश्वर सापकोटाले लाेकतन्त्र र गणतन्त्रपछि नेताहरुले काँचुली फेरेको तर जनताको स्तर जहाँकाे त्यही रहेकाे अभिव्यक्ति सुनाउनु भयो ।

यसैगरी साहित्यकारहरु मध्ये शिव बन्जराले" बाबू तिमी ज्ञानी बन् , राधिका दाहालले "जनताका पीडा उस्ताका उस्तै ", जयराम  श्रेष्ठले " नटुङ्गिएकाे लघु कथा ", नबराज दाहाल उत्साहिले छाेटाे व्याङ्ग कविता र सुशिला विष्टले " तिमी त देश भक्त हौ " शिर्षककाे छन्द कविता लयात्मक तरिकाले प्रस्तुत गर्नु भएको थियो । 

उता कवियत्री सन्जु नेपालकाे छन्दवद्द कविता "कवि भएँ मै पनि " ले कार्यक्रममा उत्साह थपेको थियो । अक्षरका बिउहरु शिर्षक कविताले शारदा घिमिरे भैलले देशले बाटो बिराएकाे भाव व्यक्त गर्याे भने  कालिका त्रिपाठीले, देश नसुध्रिएको खण्डमा पाताल भासिने चेतावनी दिनु भयो ।   देवकि हुमागाईकाे गजलले रस थपेकाे थियाे । सरस्वती सुवेदीले लैड्गिक विभेदकाे विराेध गरि रहँदा सरस्वती चिमौरीयाले तिमी शहर जाँदा गाँउकाे केही सन्देश पनि लैजाउ है भनी आग्रह गर्नु भयो ।

वरिष्ठ कवि शारदाप्रसाद शर्माले गाउँ नै प्याराे भएको भावना कविता मार्फत दिनुभयो र कवि दिनेशराज खरेलले ईश्वरकाे अदालतमा पनि न्याय हुँदैन भने देशबासीलाई फाँसी चढाउन न्यायाधीशलाई अपिल गर्नुभयो । कार्यक्रममा बाल कवि गरिमा अधिकारीले पनि रचना वाचन गर्नु भएको थियो । उहाँले मृत्यु शैयाबाट  कविता वाचन गर्नु भएको थियो । 

कार्यक्रममा पुराना कवि कलाकारदेखि युवा साहित्यका र नयाँ पुस्ताका नव प्रतिभाहरुकाे पनि उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार