मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


मानवताको पक्षमा सचेततापूर्वक लडौं :अञ्जना विशंखे

Thearaniko Times 1375+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य एवं पूर्व सांसद अञ्जना विशंखे अहिले बनेपा नगरपालिकालाई कार्यक्षेत्र बनाएर तीन महिने अभियानको लागि पार्टी काममा खटिरहनुभएको छ । काठमाडौंको स्थायी बासिन्दा उहाँ माओवादीले सञ्चालन गरेको ‘जनतासंग माओवादी ः विशेष रुपान्तरण अभियान’को नेतृत्व गरी पार्टीलाई रुपान्तरण गर्ने अभियानमा जुटिरहनुभएको छ । यस अंकमा हामीले उहाँसंग गरिएको कुराकानीको अंश प्रस्तुत गरिएको छ ।  

० अभियान कसरी चलिरहेको छ ?

– माओवादीले जनताका मुद्धालाई विचार र दृष्टिकोणमार्फत केन्द्रमा राखेर काम गर्दै अवसर र अधिकार दिलाउने काममा सधैं लागिपरेका छौं । जनयुद्धकालदेखि अहिलेसम्म बर्गको, समावेशिताको, लैगिंक, जातिय क्षेत्रिय मुद्धाहरुको उठान कसले ग¥यो भनेर सोध्यो भने त्यसको नेतृत्व माओवादीले नै गरेको हो भनेर आम जनसमुदाय र नागरिक समाजबाट माओवादीकै नाम आउँछ । अधिकारको निमित्त त्याग, तपस्या र बलिदानको जगबाट आएको पार्टीले संविधान निर्माण गरेर संघीयता प्राप्त गरिसक्दा फेरीपनि माओवादीले आफुले गरेको कामको जस प्राप्त गरेको अवस्था नरहेको र जनतासंग पनि गलत खालको ंप्रश्न भईरहेको अवस्थामा त्यसको यथार्थ सन्देश जनतामाझ पु¥याउनका लागि संगठनमार्फत तल जनतामा जानका लागि पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको हो ।

० जनतालाई अधिकार सम्पन्न गर्न र मुलुकलाई परिवर्तनको दिशामा अगाडी बढाएको माओवादी कहाँनिर चुकिरहेको छ ?

– विशेषगरी नयाँ पुस्ताले अहिलेको परिवर्तन कसरी आयो भनेर नै थाहा छैन । त्यसको लागि कसले कति संघर्ष गर्नुप¥यो भनेर थाहा नहुने तर उनीहरुले चाहेको कुरा प्राप्त नभएको भनेर आरोप र प्रत्यारोप लगाएर सुविधा मात्रै खोज्ने पुस्ताको लागि परिवर्तनको जग बसाल्ने माओवादी जनयुद्धको ईतिहासलाई उक्त वर्गको बीच पु¥याउन सकेनौ । सरकारले पनि त्यसलाई संस्थागत गर्नका लागि ईतिहास कोर्ने र त्यसलाई बुझाउन र पढाउन नसकेको अवस्थामा सचेतन अभियान मार्फत बुझाउन आवश्यक छ भन्ने कुरा माओवादी पार्टीले निश्कर्ष निकालेर अहिले यो अभियानभरिमा त्यसलाई पनि अगाडी सार्ने गरी काम गरिरहेको छ । जसमा नेता कार्यकर्तालाई मात्रै नभएर सिंगो जनतालाई जगाउने अभियानमा हामी अहिले लामबद्ध भएर जुटिरहेका छौं ।

जुन अभियानमा आफुले आफैलाई सक्रिय बनाउने र जनताको पक्षमा काम गरेर आएको पार्टी जनतासंगै छौ भनेर बुझाउने अयिभान पनि हो यो ।

० हिजो पनि यस्तो अभियान त थियो नि तर अहिलेसम्म आउँदा झन् बिचलित जस्तो अवस्थामा के हिजोकै जस्तो अवस्थामा पार्टी फर्किन सक्छ ?

– हामी पार्टीले सञ्चालन गरेको अभियानमा जुटिरहँदा यो अभियान सामान्य रुपमा हेरिनु हुँदैन । यो अभियान सकिने वित्तिकै हामी विशेष विधान अधिवशेनमा जाँदैछौं । यसो हँुदा खेरी कसरी जनताको विषयलाई कसरी कस्तो मुद्धालाई उठान गरेर अगाडि बढ्ने भन्ने कुरालाई पनि प्राथमिकता दिने र संगठनको विषयलाई पनि गम्भिरतापूवर्क लिने गरेर अगाडी बढ्ने गरी नै यो अभियान सञ्चालन गरिरहेकोले यसको छुट्टै महत्व छ । नेता कार्यकर्तालाई सुदृढ बनाउने विधि निर्माणको काममा पार्टी चुकेको कारण अहिलेको यो अभियानले सैद्धान्तिक तरिकाले त्यसलाई निश्कर्षमा पु¥याउने कामको लागि जहाँ कार्यक्षेत्र बनाएर आएका छौं, जसबाट प्रतिवेदन तयारी गरी पार्टीमा पेश गर्छौं र त्यसबाट आउने निश्कर्षलाई टुंगोमा पु¥याउने काम विधानसम्मेलनबाट गर्ने गरी यसले काम गर्नेछ ।

अभियानको क्रममा पार्टीभित्रको आन्तरिक सुदृढीकरण मात्रै नभएर पार्टीबाट निर्वाचित जनप्रतिनिधिले कसरी काम गरिरहेको छ र त्यसमा माओवादी पार्टीबाट निर्वाचिन जनप्रतिनिधिको अवस्था र उनीहरुले गरेको काम कस्तो र अरुले जितेको ठाउँको अवस्था जनताको काम गराईमा भिन्नता के छ भनेर समेत अध्ययन गर्ने गरी अभियानले काम गर्नेछ । गुदी भएन भने रुपले मात्रै केही नगर्ने भएकाले विचारलाई संगठित गर्दै स्कुलिङ गर्ने काम समेत सो अवसरमा हुनेछ ।

० अहिले तपाईहरुकै पार्टीले सरकार सञ्चालन गरिरहेको छ, यस्तो वेलामा नै किन अभियानको आवश्यक प¥यो ?

– नेपालको राजनीतिक अवस्था हेर्दा सरकारमा हुँदा चुप लागेर बस्ने, नहँँुदा विभिन्न नाममा गतिविधि सञ्चालन गर्ने गरिन्छ । तर, माओवादी पार्टीले आफु सरकारमा हुँदा पनि पार्टीलाई थप सक्रिय बनाउनका लािग त्यसको समिक्षा, जनता र मुलुकको लागि गरेको कामको प्रभावकारिता के छ भनेर अभियान अन्तर्गत नै बुझ्न र जनताको प्रतिक्रिया समेत लिने गरी अभियान सञ्चालन गरेका छौं । शुद्धिकरण भनेको आफुभित्र पनि गर्ने र अरुलाई गराउने अभियान भएकोले सरकारमा हुँदाखेरी नै गर्नुपर्छ भनेर हामीले अभियान थालेका हौं । त्यसैले यो अभियानको बुझाई पनि फरक छ, गराई पनि ।

० अभियानमा थप के के कार्यक्रम गर्दै हुनुहुन्छ ?

– पहिलो कुरा संगठन भनेको पार्टीको खम्बा हो, त्यसलाई चुस्त दुूस्त बनाउनको लागि मुख्य जोड रहन्छ । अर्काे विषय पार्टी मात्रै भन्ने तर विचा विस्तारै हराउँदै गएको जस्तो अवस्था देखियो । पछिल्लो समयमा विचार र विवेक विहिनहरुको जमात बढ्दै गएको जस्तो देखिएका कारण सामाजिक सञ्जालले नयाँ विषय उठाउने र छिनमा नै सेलाउने अवस्थाले समाजलाई अस्थिर बनाउँदै लगिरहेको अवस्था छ । जुन युवा वर्गमा बढि प्रभाव पारेको छ । जसबाट विचार निर्माण गर्ने र मुलुकलाई स्थिरतातर्फ भन्दा पनि अस्थिरतातर्फ धकेलिरहेको त होइन भन्ने प्रश्न खडा भएको छ ।

अर्कोतर्फ मुलुकमा अझै पनि दलाल पुँजीवालको छिपछिपे प्रभाव कायम नै छ । जसलाई टिकटके विचार हावी भईरहेको अवस्थामा साँच्चैको विचारले लैस बनाएर जनतलाई वर्गीय, जातिय, लैगिंक र उत्पीडित समुदायको आन्दोलन, मुद्धा र किने अहिलेपनि राट्रियतामा पनि आन्तरिक राष्ट्रियतालाई कसरी बचाउन सक्छौं भनेर बहस र विचारमा केन्द्रिकृत गरेर अगाडी बढ्नका लागि पनि यो अभियान हो । जसलाई विचारको जगमा नै राजनीति टिकेको हुन्छ भनेर बुझाउनको लागि पनि यो अभियान हो ।

० अभियानको क्रममा वडा र गाउँटोलसम्म पुगिरहँदाखेरी गुटगतको कुराले धेरै प्रभाव पारिहेको अवस्था पनि छ.नि हैन ?

– त्यस्तो अवस्था नहोस् भन्नका लागि पनि अहिले पार्टी रुपान्तराण्को अभियानमा केन्द्रका नेताहरुलाई क्रमशः गरेर पहिला जिम्मेवारी सम्हालिरहेको क्षत्रेबाट अर्को क्षेत्रमा पठाईरहेको छ । यसले के गर्छ भने नयाँ ठाउँमा पुग्दाखेरी कुन गुट, को कता भन्ने कुरा नै हुँदैन । यदी त्यस्तो मानसिकता बोकेको छ भने त्यसले तोकिएको समयभित्रमा पार्टी संगठनलाई बलियो बनाउने कि कसरी अगाडी बढ्न भन्ने कुनै किसिमको काममा अल्मलिने अवस्थामा नै रहन्छ । पूर्वाग्रहमा काम गर्ने भन्दा पनि आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ लाग्ने भएको हुँदा गुट भन्ने कुरा नै आउँदैन । 

बरु यो वेलामा हामीले पार्टीले लिएको एजेण्डाको कहाँ कस्तो भईरहेको छ, त्यसको कार्यान्वयनको लागि कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर काम गर्नेछ । जसले जनतामाझ पु¥याउने र जनताको मुद्धामा दृढतापूर्वक लड्नका लागि तागत पैदा गराउनेछ ।

० अभियानको क्रममा वडा र टोलसम्म पुग्नुभएको छ, बनेपाको स्थिति कस्तो पाउनुभयो ?

– बनेपा पुरानो ईतिहास बोकेको कम्युनिष्टहरुको उद्गम थलो हो । बनेपा जिल्लाका सबै पालिकाहरुको तुलनामा अलि कमजोर संगठन भएको पालिकामा पर्छ । जहाँ स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट वडामा कुनै पनि जनप्रतिनिधिहरु निर्वाचित नभएको पालिका हो । तर नेता कार्यकर्ताको हिसाबले राम्रो जमात भएको ठाउँ, महत्वपुर्ण ठाउँ भएको कारण सम्भावना र चुनौती दुवै भएको पालिका हो । वेपत्ता र शहीद परिवारमाझ जाँदाखेरी शहीद र वेपत्ता परिवारको त्याग र तपश्याबाट प्राप्त उपलब्धीको सही उपयोग गर्न सक्नुपर्दछ भन्ने कोणबाट सहयोग गर्न दृढ भएको पाएको छु । जसबाट के पनि शिक्षा पाएको छु भने उहाँहरुको कुरा सुन्दाखेरी नेताहरु जनता र कार्यकर्ताको बीचमा जानको लागि कम गरेको रहेछ, उठाउनु पर्ने मुद्धामा जोडबल नपुगेको र जनतासंग अन्र्तक्रिया गर्न कम गरेको पाइएको कारण अब अल्छि हैन फुर्तिलो बन्ने र हरेक कार्यमा सक्रियता देखाउने अवस्थालाई बढावा गरेको खण्डमा जनताले फेरी पनि माओवादीलाई साथ दिन्छ भन्ने अवस्था पाएको छु ।

०  तपाईको कुरा अनुसार त रुपान्तरण हुुनपर्ने कार्यकर्ता र जनता भन्दा पनि नेताहरु नै देखियो, अभियानले त्यसको पूर्णता गर्न सकिन्छ त ?

– कम्युनिष्ट पार्टीको एउटा सदस्य नेता पनि हो कार्यकर्ता पनि हो । त्यसमा जिम्मेवारीको हिसाबले बाँधिएको होला । हामी लेनिनवादी संगठनात्मक सिद्धान्तमा आधारित पार्टीको सदस्य भएको कारणले पनि हामी त्यही अनुसारको पार्टी संगठन बनाउन खोजेका छौं । हामीले राजनीतिक रुपमा परिवर्तन गरेपनि सामाजिक साँस्कृतिक रुपमा परिवर्तन गर्न सकेनौ । त्यो क्षेत्रको विकास ठप्प भयो । विगतमा माओवादी जनयुद्धले जनसत्ता मार्फत त्यसको विकास गरेको भएपनि शान्ति प्रक्रियामा आएपछि सम्झौतामार्फत आएको राजनीतिक परिपाटीका कारण सरकारमार्फत चल्नुपर्ने सामाजिक सांंँस्कृतिक रुपान्तरण चल्न नसकेको पक्का हो । जसका कारण नयाँ युवाहरुमा राजनीतिक चेतनासंगै सामाजिक साँंस्कृतिक चेतनालाई उठाउनै सकेनौ ।  त्यसैले पनि नेता आफैमा खराब हुँदैन, जनता र कार्यकर्ता पनि आफै खराब हुँदैन । दुवैको अन्योन्याश्रित सम्बन्ध हुने भएकाले दुवै चेनतास्तरसंग सम्बन्धित कुरा भएको हुनाले सिंगो प्रणालीलाई व्यवस्थित गर्नका लागि यो अभिायनले भूमिका खेल्नेछ ।

० अभियानले दीर्घकालिन रुप दिने आधार निर्माण गर्न सक्छ ?

– माओवादी पार्टी भनेको यथास्थितिमा बस्ने पार्टी होईन, यसले सधैं परिवर्तन, गतिशिलता र जीवनस्तरमा परिवर्तन भएको हेर्न चाहन्छ । यो अभियानले विचार, संगठन र एजेण्डाको जग  निर्माण गर्नेछ । जसले दैनिक क्रियाकलापलाई शसक्त बनाउन थप साहस पैदा गर्नेछ । जसले नयाँ योजना र कार्यदिशा निर्माण गरेर अगाडी बढ्न प्रेरणा दिनेछ ।

० यहाँले यस्तो भनिरहँदा माओवादीबाट नै निर्वाचिन जनप्रतिनिधिले जनताको मुद्धालाई सम्बोधन नगर्ने र राखेको कुराको समेत सुनुवाई नगर्ने गुनासो गरिरहेका छन् नि ?

– यसलाई प्राविधिक रुपमा हेर्न सकिन्छ । नेता कार्यकर्तामा निराशा, कुण्ठा, अल्छिपनले पनि  त्यसमा काम गरेको हुनसक्छ । अरु पार्टीको नेताहरु चाही काम गर्दै सत्तामा बस्दै र त्यसको सुविधा भोग गर्दै आएको भएर त्यसैमा टिकिरहँदै आएका छन् । तर माओवादी पार्टीको जनप्रतिनिधि भनेको वर्गसंर्घषको भट्टीबाट खारिएर आएका र व्यक्तिगत जीवनलाई थाती राखेर लामो संघर्षबाट आएको छ । हरेक विषयमा अरुभन्दा फरक मत राखेर अगाडी बढिरहेको पार्टीका जनप्रतिनिधिले त्यस्तो गर्दैन र गर्न पनि हुँदैन । त्यो उसको पहिचान पनि हो । तर पनि हामीले पूरै मुद्धामा विजयी हालिस गरेर आएको नभएर सम्झौताबाट आएको कारण काम गर्दै जाँदा   पार्टीका नेता कार्यकर्तामा निराशा कुण्ठा हुनु स्वभाविक मान्नुपर्छ । यसको वाजुद संगठनलाई व्यवस्थित गर्ने र आदतलाई रुपान्तरण गरेरै अगाडी बढ्नुपर्छ भन्नेमा ढुक्क छन् ।

० नेता, कार्यकर्ता र जनतालाई यहाँको सन्देश ?

– समाजलाई बुझ्ने र सामााजिक, राजनीतिक र सांस्कृतिक चरित्रलाई बुझेर उत्पीडित उपेक्षित वर्गको हितमा  काम गर्नुपर्छ भन्ने कुरामा जोड दिन सबैलाई आग्रह गर्न चाहन्छु । उनीहरुको पक्षमा सहयोगी भूमिका निर्वाह गरेर कसरी काम गर्ने भन्नेमा केन्द्रित हुँदै युवाहरुलाई नेपालको सिंगो ईतिहास, उपेक्षित र उत्पीडिहरुको ईतिहास पढ्न र समाजको चरित्र पढेको अवस्थामा मात्रै हामीले सिंगो मानव समाजलाई न्याय दिनसक्छौं  । अहिलेको जुनसकै आन्दोलनमा मुख्य मक्सद भनेको राजनीतिक हिसाबले होस् र सामाजिक हिसाबले भनौ, सिंगो मानव जातिको न्याय र मुक्तिको लागि लड्ने हो । जसको मुख्य हतियार भनेको राजनीति नै हो, जसले नै कानुन, अधिकार र अधिकारलाई फेर्न सक्छौं, त्यसैले सचेततापूर्वक सबैलाई मानवताको पक्षमा लड्नका लागि आह्वान गर्न चाहन्छु ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार