मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेपाली कम्युनिष्ट आन्दोलन अबको बाटो' विषयक विचार गोष्ठी संपन्न

Thearaniko Times 1394+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं/नेपाली कम्युनिस्ट आन्दोलनका महान् नेता कमरेड निर्मल लामाको २४ औँ स्मृति दिवसको अवसरमा 'नेपाली कम्युनिष्ट आन्दोलन अबको बाटो' विषयक विचार गोष्ठी आयोजना गरेक़ो छ ।

निर्मल लामा स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा भएको गोष्ठीमा पहिलो कार्यपत्र वरिष्ठ वामबुद्धिजीवी तथा लेखक रामराज रेग़्मीले र अर्का चर्चित बामबुद्धिजीवी तथा नागरिक अभियन्ता श्याम श्रेष्ठले दोस्रो कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यी दुई कार्यपत्र प्रस्तोताहरुले नेपाली कम्युनिष्ट आन्दोलनले कम्युनिस्ट सारभूत तत्व नै परित्याग गरेकोले सच्चिन निकै कठिन मोड़मा पुगेकोे औल्याउनु हुँदै सच्याउन कठोर संघर्ष वा निर्णायक आन्दोलनको विकल्प नभएको उल्लेख गर्नुभयो ।
कामरेड निर्मल लामालाई अति मनपर्ने प्रगतिवादी गायक तथा संगीतकार रायनद्वारा रचित गीत दुई कलाकार बीरप्रसाद भन्सारी र गुज्जे मालाकारले गाउनु भई कार्यक्रम सुरू गरिएक़ो थियो ।

निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता लीलामणि पोखरेलले कार्यक्रमको अध्यक्षता गर्नुहुँदै प्रतिष्ठानले यस्ता विचार गोष्ठीहरु सबैतिर गर्दै लाने र दिवंगत नेता लामाको वैचारिक पक्षलाई जनतामाझ लान सके यी सबै खाले सुधारवादी, ग़ैरक्रान्तिकारी विचलन तथा सबै प्रकारको अपराध र भ्रष्टाचार स्वतः घटेर जाने र कम्युनिस्ट आन्दोलन अघि बढ़िरहनेछ र मालेमाबाद संसारको सबैभन्दा गतिशील र प्रगतिशील विचार भएकोले कहिले पनि पुरानो र बुढो नहुने बताउनुभयो ।

प्रतिष्ठानका महासचिव दिलसुन्दर श्रेष्ठले संचालन गर्नुभएको गोष्ठीमा पूर्वमन्त्री शशी श्रेष्ठ, राजु खड़का, दीनानाथ शर्मा लगायतका नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा कार्यकर्ताहरु र बुद्धिजीवीहरुक़ो उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव दिलसुन्दर श्रेष्ठले विगतमा निर्मल लामासितको भेटबारे संस्मरण सुनाउनुका साथै लामाको जीवनी पनि सुनाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार