मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
चौरीदेउराली–६ मा नेकपाको वडा कार्यालय सञ्चालन, ६० सदस्यीय निर्वाचन परिचालन समिति गठन

Thearaniko Times 1401+ समाचार ( )
२९ माघ २०८२, बुधवार

कार्तिके देउराली, काभ्रेपलाञ्चोक।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चौरीदेउराली गाउँपालिका वडा नम्बर–६ मा वडा कमिटी कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालय उद्घाटनसँगै पार्टीले निर्वाचन केन्द्रित विस्तारित बैठक पनि सम्पन्न गरेको छ।

बैठकबाट रमेश ठकुरीको संयोजकत्वमा र होमप्रसाद दुलालको सह–संयोजकत्वमा साविक वडालाई आधार मानेर ६० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

उक्त कार्यक्रम नेकपाकी केन्द्रीय सदस्य रेणुका चौलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सदस्य राजीव लामा, प्रदेश कमिटी सदस्य दुर्गा सिंह लामा, हरि खड्का, तेज पन्त, शिव पन्त, विदुर गौतमलगायत जिल्ला तथा वडा तहका नेता–कार्यकर्ता उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले चौरीदेउराली शहीदहरूको भूमि भएको उल्लेख गर्दै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको संरक्षण आजको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले संविधान र विद्यमान व्यवस्थाको रक्षा नेकपाको विजयबाट मात्रै सम्भव हुने दाबी गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार दिननाथ गौतमको जित सुनिश्चित रहेको धारणा राख्नुभयो।

अन्य वक्ताहरूले संगठन मजबुत बनाउँदै निर्वाचन तयारीलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रम वडा कमिटी संयोजक रमेश ठकुरीको अध्यक्षतामा तथा छबिलाल गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार