मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

रोटरी क्लव अफ धुलिखेलले मनायो विश्व पानी दिवस

Thearaniko Times 1401+ समाचार ( )
११ चैत्र २०७९, शनिबार

धुलिखेल/24 मार्च विश्व पानी दिवस धुलिखेल रोटरी क्लबले होटल होराइजनमा एक कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा तीन नगरका प्रमुख पानी सम्बन्धी विज्ञ रोटेरियन र पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व धुलिखेल रोटरीका अध्यक्ष जिवनकाजी माकजुले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्यको बारेमा मनिकलाल मकाजुले जानकारी दिनु भएको थियो। आफु कर्मचारी हुदाँको पानीबारेको समस्या, आफु रोटरीको सचिव/अध्यक्ष हुदाँको प्रगति, एकिकृत खानेपानीको समस्या बारेमा प्रकाश पार्नु भय

  धुलिखेल उपभोक्ता समितिका सचिव श्याम गनेजुले अहिले सो समितिले 3300 घर धुरिलाई करिव 16 लाख लिटर पानी वितरण गरिरहेको जसमा 3 लाख लिटर बोरिङवाट 3 लाख जङ्गलवाट र 10 लाख लिटर जर्मनको सहयोगवाट निर्मित आयोजनावाट  दैनिक 1 देखि 2 घण्टा वितरण गरिरहेको जानकारी दिनुभयो। दैनिक माग बढिरहेको र पानीको श्रोत घटिरहेकोले चिन्ता व्यक्त गर्दे सचिव गनेजुले वडामा नै भोरिङ गर्नु पर्ने धाराणा व्यक्त गर्नु भयो। अहिले धुलिखेलको जङ्गलमा 65 वटा पानी रिचार्जिङ पोखरी रहेको र आफु सचिव निर्वाचित भए पश्चायात सेनाको सहयोगमा सफा गरेको जानकारी दिनु भयो। नगरका विज्ञका अनुसार धुलिखेलमा डिप ट्युववेल उपयुक्त नभएको प्रशोधन खर्च उच्च भएकोले एकिकृत खानेपानी नै समाधान रहेको जानकारी गराउनु भयो।

  नेपाल खानेपाने सस्थाका बनेपाका इन्जिनियर राम चन्द्र लामिछानेका अनुसार बनेपा हाल 52 लाख लिटर दैनिक पानीको माग रहेकोमा मुश्किलले 10 लाख लिटर पानी हप्ताको एक दिन उपलब्ध गराइरहेको जानकारी गराउनु भयो।हाल नजरमा क्लोरिनेशन विधिवाट मात्र पानी प्रशोधन गर्ने भएकोले वर्खाको पानी प्रशोधन गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्नु भयो।  पानी श्रोत र सिचाई विभागका प्रतिनिधीले जमिनको पानी यस उपत्यकामा कम रहेकोले पानी रिचार्ज प्रणालीमा जोड दिनु भयो। पहिला मनशुन 120 दिन थियो र अहिले घटेर 90 दिन भएको तर पानीको औसत मात्रा समान रहेको र पानीको इन्टेनसिटी बढीरहेको हुनाले पानी जमिनमा रिचार्ज कम भएको बताउनु भयो।अब पानी रिचार्ज एरिया पत्ता लगाउनु पर्ने सो स्थानको रक्षा र अध्ययन गर्नु पर्नेमा जोड दिनु भयो अन्यथा शुद्द पानीको लागि युद्द नै हुने चेतावनी दिनु भयो।

  धुलिखेल नगरप्रमुख अशोक ब्यन्जुले एकिकृत खानेपानी निमार्णको इतिहास समस्या लागत बढ्नुको कारणबारेमा प्रकाश पार्नु भयो।पानी भयो भने मात्र शहरको अर्थ हुन्छ भन्दै प्रमुख ब्यन्जुले आयोजना पूर्ण भएको खण्डमा 10 हजार लिटर पानी रू 364मा वितरण हुने बताउनु भयो।

  वनेपा नगरका प्रमुख शान्ति रत्न शाक्यले एकिकृत खानेपानमा आफुले धेरै मिहेनत गर्दा नि सफल हुन नसकेको र यो आयोजनाको विकल्पमा जोड दिनु भयो। शाक्यले पानीको लागि जति ॠण लिन नि तयार रहेको र रोटरीलाई नि दाता खोजी सहयोग गरिदिन आग्रह गर्नु भयो। पनौती नगर प्रमुख राम शरण भण्डारीका अनुसार 32 करोड अनुमानित लागतवाट शुरू भएको एकिकृत खाने पानी आयोजना अहिले 99 करोड पुगेकोले यसको अबस्था दोस्रो मेलम्ची भएकोले यसको दोष जनप्रतिनिधीहरूले लिनु पर्ने बताउनु भयो। कार्यक्रमको सहजिकरण रोटरी धुलिखेलका सचिव मनिष योगलले गर्नु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार