मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

धुलिखेल–५ मा प्रदेश सरकारको लगानीमा पुल निर्माण शुरु

Thearaniko Times 1394+ समाचार ( )
१० पौष २०७९, आइतबार

धुलिखेल । धुलिखेल नपा–५, श्रीखण्डपुरको पुण्यमति खोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । बाग्मति प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा पक्की पुल निर्माण शुरु भएको हो ।

प्रदेश सरकारको ३ करोड ६२ लाख ७५ हजारको लागतमा पुल निर्माण शुरु भएको पूर्वाधार विकास कार्यालय धुलिखेलले जनाएको छ । पुल निर्माणका लागि विसं २०७८ असार २३ गते शाह आरएस जोइन भेन्चरसँग सम्झौता भएको थियो । वि.सं २०८० साल असारसम्म पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याद रहेको साइट इन्जिनियर ध्रुव खुलालले जानकारी दिए ।

बाग्मति प्रदेश सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालले उक्त पुल निर्माणको लागि बजेट हाल्न पहलकदमी लिएको स्थानीय उपभोक्ता हरिगोपाल प्रधानाङ्ग बताउनुहुन्छ । 

सङ्घीयताले घर घरमा विकास पुगेको चर्चा गर्दैे बाग्मति प्रदेश सभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता लक्ष्मण लम्सालले आफ्नो निर्वाचन क्षेत्रभित्र आधारभूत खानेपानी सुविधा, हरेक बस्तीमा सडक र विद्युत् सुविधा पु¥याउन आफुले काम गरिरहेको बताउनुभयो । बाग्मति प्रदेश सरकारले पनि महत्वपूर्ण सडक, पुल निर्माणलाई जोड दिएको छ, त्यसैको उदाहरण धुनपा–५, श्रीखण्डपुरमा बन्न लागेको पुल पनि हो, उनले भने, –भौतिक पूर्वाधार निर्माणमा सरकारको जोड छ ।

पुल निर्माणको क्रममा खन्दा नरम माटो निस्केको कारण पुलको डिजाइन समेत परिवर्तन गर्नुपरेको र अहिले ¥याप फाउन्डेशन मोडलमा पुल निर्माण भईरहेको जानकारी साइट इन्जिनियर खुलालले जानकारी दिनुभयो । माटो नरम निस्केकोले अलिकति भासिन सक्ने अवस्था भएको ¥याप फाउन्डेशन मोडलमा  पुल निर्माण भइरहेको छ– इन्जिनियर खुलालले भने । उहाँले नरम माटोकै कारण डाइभर्सनमा समेत समस्या आएको र दुर्घटना हुन सक्ने संभावनालाई मध्यनजर गरी सुख्खा नभएसम्म केही समयको लागि मान्छे बाहेक अन्य सवारी साधन आवतजावतमा रोक लगाउनुपर्ने अवस्था आएको इन्जिनियर खुलालले बताउनुभयो । उहाँले आवागमनमा सहज बनाउन सकेसम्म विभिन्न उपाय लगाउने पनि जानकारी दिनुभयो ।

जनप्रतिनिधि र स्थानीयवासीको सहयोग राम्रो रहेकाले काम गर्ने क्रममा प्राविधिक समस्या नआए तोकिएको समय अगावै काम सक्ने गरी जनशक्ति परिचालन गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

Surya ghimire १ चैत्र २०८०, बिहीबार

Bhupu headsir netra chudal leknus Padma magar hola rai hoina

Surya ghimire १ चैत्र २०८०, बिहीबार

Bhupu headsir netra chudal leknus Padma magar hola rai hoina

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार