मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि जित्यो विश्वकप

Thearaniko Times 1394+ समाचार ( )
४ पौष २०७९, सोमबार

एजेन्सी/अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । आइतबार राति लुशेल रंगशालामा भएको फाइनल खेलमा फ्रान्समाथि पेनाल्टी सुटआउटमा ४-२ को जित निकाल्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप च्याम्पियन बनेको हो । 

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । उसले ३६ वर्षपछि तेश्रो विश्वकप उपाधि उचालेको हो । 

निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।

अर्जेन्टिनाका लागि पेनाल्टीमा लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । 

फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज चम्किँदा किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके ।

त्यसअघि अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । त्यसपछि  दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेर खेल बराबरीमा ल्याए । त्यसपछि धकेलिएको  अतिरिक्त समयमा  १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए । तर, ११८ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रक पूरा गरेपनि फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकप जिताउन भने सकेनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार