मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

चितवन समाजकाे अध्यक्षमा पुरुषोत्तम सडौला, ११ सदस्यीय नयाँ कार्यसमिति चयन

Thearaniko Times 1401+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

अष्ट्रेलिया । अष्ट्रेलियामा  चितवन समाजकाे छैठौ साधारण सभा सम्पन्न भएको छ। नेपालबाट अष्ट्रेलियामा गएर विभिन्न पेसा ,व्यवसायमा आवद्ध  चितवन बासीहरुकाे संस्था चितवन समाजकाे छैठौं साधरण सभा सम्पन्न भएको हो । 

आइतबार भएको साधरण सभाले  पुरुषोत्तम सडौलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। यस्तै संस्थाको सचिव प्रतिक खरेल ,कोषाध्यक्ष शिरिष बर्तौला ,सह कोषाध्यक्षमा रबि पोखरेल र पब्लिक रिलेसन अफिसरमा सरोज पण्डित चयन भएका हुनु भएको छ।

 यस्तै गरि सदस्यहरुमा हेमराज काफ्ले ,राधिका गौली ,आनन्द पाठक ,सुजन बर्तौला ,सुशील सडौला ,रबिन्द्र कंडेल ,राम डल्लाकोटी ,अमिन मोहम्मद ,सौगात त्रिपाठी र पुस्पा पाठक रहेका छन् ।  बुद्धि डर्लाकोटिको संयोजकत्वमा  सत्यप्रकास कंडेल ,छबि सापकोटा ,रोसन घले र विकास बर्तौला सदस्य रहेको निर्बाचन कमिटीले  आपसी छलफल र सहमतिको आधारमा नयाँ कार्यसमितिको चयन गरेको थियो । 

 सिड्नीमा आयाेजित एक कार्यक्रममा निर्बाचन समितिका संयोजक बुद्धि डल्लाकोटीलेनवनिर्वाचित पदाधिकारीकाे नामावली सार्वजनिक गर्नु भएको थियो । 

 नवनिर्वाचित अध्यक्ष  सडौलाले सहयोग गर्नु हुने सम्पुर्णलाई आभारी साथै धन्यवाद दिदै आगामी दिनमा सस्थाकाे हितमा प्रतिवद्द भएर  काम गर्ने बताउनुभएको छ।  मैले यस संस्थाकाे जिम्मेवारी बहन गरेपछि आर्जन गरेको एउटा निश्चित  उचाईमा पुर्याउने छु । आफुले नेतृत्व गरुन्जेल कहि कतैबाट गल्ती नदेखिने गरि काम गर्ने उहाँको भनाइ रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार