मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शिक्षा
भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Thearaniko Times 1401+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

मंगलटार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ सल्लेनीस्थित भूमेस्थान प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको छ।

लायन्स क्लव अफ काठमाडौं ओमबुद्ध र लायन्स क्लव अफ काठमाडौं नमोबुद्धको सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई ट्रयाकसुट सेट, कापी, सिसाकलम, रङ लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिनुभयो।

कार्यक्रम रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ओमबुद्ध ३२५L का जोन चेयरपर्सन कान्छामान तामाङ, लायन्स क्लव अफ काठमाडौं नमोबुद्धका अध्यक्ष भीमबहादुर तामाङ, एरिया इञ्चार्ज नवीन बज्र लामा तथा सदस्य सुवास कार्कीको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै जोन चेयरपर्सन कान्छामान तामाङले ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनप्रति थप उत्साह र प्रेरणा मिलोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक सिता कुमारी दर्लामीले प्राप्त सामग्रीले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार