मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

बागमती प्रदेशमा अब छिट्टै सरकारी कामकाजी भाषामा तामाङ र नेपाल भाषा लागु हुनेछ - मन्त्री लामा

Thearaniko Times 1375+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

धुलिखेल/ बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तिर्थ लामाले बागमती प्रदेशका सबै जिल्लामा अब छिट्टै सरकारी कामकाजी भाषामा तामाङ र नेपाल भाषा लागु हुने बताउनुभएको छ । नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्य समिति काभ्रेको प्रथम पूर्ण बैठक एवं बधाई तथा शुभकामना कार्यक्रममा बोल्नुहुँदै उहाँले मातृभाषा सरकारी कामकाजी भाषामा छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको हो ।

संविधानले व्यवस्था गरे अनुसार जुन प्रदेशमा जुन समुदायको बाहुल्य रहेको छ, त्यसको आधारमा सरकारी कामकाजको भाषामा मातृभाषालाई प्रयोगमा ल्याउने नीति अनुसार नेपाली भाषासंगै अब तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषामा प्रयोगमा आउने बताउनुभयो । ‘संविधानको जगमा टेकेर बागमती प्रदेश सरकारको मन्त्रीपरिषद्ले निर्णय गरिसकेकोले अब केही दिनपछि नै प्रयोगमा आउने छ ।’ उहाँले भन्नुभयो,- ‘अहिले विधेयक बनाउने क्रममा रहेकोले त्यो सकिने वितिकै कार्यान्वयनमा आउनेछ ।’ मातृभाषा सरकारी कामकाजको भाषामा प्रयोगमा आएपछि आम नागरिकलाई सेवा लिन सहज हुने उहाँले बताउनुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयनमा ल्याएपछि विद्यालयमा मातृभाषा पठनपाठनको कामले पनि तिब्रता पाउने उहाँले बताउनुभयो ।

सो कार्यक्रममा बोल्दै मन्त्री लामाले डाँडापारि क्षेत्रको विकासको मेरुदण्डको रुपमा रहेको पक्कि सडक सञ्जाल निर्माणको लागि रोशी गाउँपालिकाको चारसयबेशीबाट सुंगोरे डाँडाहुँदै १५ किलो मिटरको पक्कि सडक निर्माणको लागि ठेक्का आह्वान भईसकेको बताउनुभयो । भौगोलिक रुपमा विकट र शिक्षामा पनि पछि परेको महाभारत गाउँपालिकाका नागरिकको जीवनस्तर उठाउने गरी काम गर्न आवश्यक आधारहरु तयार गर्ने काममा आफुले पहल गरिरहेको बताउनुभयो । उहाँले नेपाल तामाङ घेदुङलाई विभेदरहित र न्यायसहितको समाज निर्माणका लागि भूमिका खेल्न आग्रह गर्नुभएको भएको छ ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले पालिका र प्रदेश सरकारको समन्वयमा विकट डाँडापारिको मुहार फेर्ने गरी विकासको काममा समन्वय र हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो । अहिले विकासको नाममा प्रदेश सरकारले पनि साना साना आयोजनाहरुमा बजेट विनियोजन गरेको पाएको भन्दै त्यसरी विनियोजन गरेको साना बजेटलाई गाउँपालिकासंग समपुरक बजेटमा मिलाएर पालिकास्तरमा नै सम्झौता गरेर काम गर्नेगरी प्रक्रिया थाल्न उहाँले आग्रह गर्नुभयो ।

सो क्रममा बोल्दै उहाँले घेदुङले पहल गरिरहेको मातृभाषा शिक्षालाई विद्यालयहरुमा लागु गर्नका लागि बजेट अभाव रहेको कारण कार्यान्वयन गर्न नसकेको बताउँदै प्रदेश सरकारले नै त्यसखालको नीतिगत व्यवस्था गरेको खण्डमा आवश्यक व्यवस्थापनको काममा पालिका कार्यान्वयन गर्न तयार रहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले घेदुङले राजनीतिक प्रतिशोधरहित ढंगले सामाजिक जागरण, पहिचान, भाषा, धर्म संस्कृति र संस्कारको विकासको क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।

सो प्रथम बैठकले कार्यसमितिमा पूर्णता दिनुपर्ने ६ जना सदस्यहरुको थप गरिएको घेदुङका अध्यक्ष मानबहादुर योञ्जनले बताउनुभयो । यसअघि योञ्जनको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएकोमा थप गर्नुपर्ने भएकाले सदस्यहरुमा पञ्चमाया तामाङ, ज्याङछ्युप दोर्जे लामा, लाु सिङतान, निमेश लो तामाङ र सन्देश बमजनलाई कार्य समितिमा थप गरेको जनाएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार