मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

समाज/राजनीति
अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण

Thearaniko Times 1381+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बार इकाइमा आबद्ध अधिवक्ता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का पोलिटव्यूरो सदस्य एवं १० नं. क्षेत्रीय व्यूरो सचिव सोमान सिंह तामाङलाई आज बिहान करिब ८ः०० बजे बनेपाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ।

उहाँलाई फरक राजनीतिक विचार र आस्थाकै आधारमा बिना कुनै कारण पक्राउ गरिएको भन्दै कानून व्यवसायी तथा मानवअधिकारकर्मीहरूले आपत्ति जनाएका छन्।

यसैबीच, नेपाल बार एशोसिएशन अन्तर्गतको काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएशन ले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकारको पूर्ण प्रत्याभूति, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शनमार्फत जनताको अभिमत व्यक्त गर्ने अधिकारको संरक्षणप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अधिवक्ता तामाङलाई बिना कारण गैरकानुनी ढंगले पक्राउ गरिएको भन्दै आपत्ति जनाइएको छ। सरकारलाई मानवअधिकार तथा संवैधानिक अधिकारको सम्मान गर्दै संयमित र जिम्मेवार हुन आग्रह गरिएको छ भने अधिवक्ता तामाङको बिना शर्त तुरुन्त रिहाइको माग गरिएको छ।

उक्त विज्ञप्तिमा काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएशनका सचिव अधिवक्ता नारायण ध्वज तामाङले हस्ताक्षर गर्नुभएको छ।

त्यसैगरी, नेपाल प्रगतिशील कानून व्यवसायी एशोसिएशन, काठमाडौंले पनि विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको छ। संगठनका संयोजक अधिवक्ता देव कुमार मोक्तानले यस्तो कार्यले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान तथा प्रचलित कानुनले प्रत्याभूत गरेको वैचारिक स्वतन्त्रता लगायतका मौलिक हक कुण्ठित हुने उल्लेख गर्नुभएको छ। उहाँले अधिवक्ता तामाङको मानवअधिकारको सम्मान गर्दै बिना शर्त तुरुन्त रिहाइ गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ।

साथै, यस विषयमा काभ्रेपलाञ्चोक जिल्ला बार इकाइ, राष्ट्रिय मानवाधिकार आयोग लगायत मानवअधिकारसँग सम्बन्धित संघ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराइएको जनाइएको छ।

यस घटनाप्रति कानून व्यवसायी तथा सरोकारवालाहरूको चासो बढ्दै गएको छ भने थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार