मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

अवैध लागुऔषध ओसार्ने एम्बुलेन्स र चालक नियन्त्रणमा
अवैध लागुऔषध ओसार्ने एम्बुलेन्स र चालक नियन्त्रणमा

Thearaniko Times 1401+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

धुलिखेल । बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ । 

महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाण्डौ तर्फ आएको ज. १ च. १९०८ नम्बरको एम्बुलेन्सलाई शंका लागी प्रहरीले चेक जाँच गर्ने क्रममा चालकको सिट पछाडि लुकाइ ल्याएको अवैध लागु औषध फेला परेको प्रहरीले जनाएको छ।

बिहिबार राती ९ बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक, रोशी गा.पा. वडा नं.९ स्थित इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेबाट प्र.नि. कृष्ण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध लागुऔषध बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।

बिशेष सूचनाको आधारमा वि.पि. राजमार्ग सडकमा आवत जावत गर्ने सवारी साधनहरु नियमित चेकजाँच गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाण्डौतर्फ सेतो रगतको कम भएको बिरामी लिई आएको जिल्ला धनुषा, धनुषाधाम न.पा. वडा नं. ६ हरिपुर बस्ने बर्ष ४४ को चालक सुरेश मिझारले चलाई ल्याएको सुनौलो सोनौल-२ महोत्तरी द्वारा संचालित ज. १ च. १९०८ नम्बरको एम्बुलेन्सलाई शंका लागी चेक जाँच गर्ने क्रममा चालकको सिट भन्दा पछाडि पट्टि Cloud Star Bee लेखिएको रातो रंगको जेब्रा झोलाभित्र NOOPHIN लेखिएको 2ml को १००० एम्पुल, अर्को हरियो रंगको जेब्रा झोलाभित्र रहेको Real Burst Mango लेखिएको कार्टुनभित्र DIAZEPAM लेखिएको 2ml को १००० एम्पुल र सोही झोलामा रहेको काटुनभित्र PHENERGAN लेखिएको 2ml को १००० एम्पुल गरि जम्मा ३००० एम्पुल लागु औषध फेला पारिएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

एम्बुलेन्स चालक सुरेश मिझारलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) मिन बहादुर घलेले बताए । एम्बुलेन्सबाट गैरकानुनी सामान लगिँदैछ भन्ने सूचनाका आधारमा रोकेर जाँच गरिएको प्रहरीले जनाएको छ । यो कारोबारमा अन्य पनि संलग्न भएका हुनसक्ने प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार