मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

राजनीति
निर्वाचनपछिको सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले लिनुपर्ने मन्त्री घिसिङको भनाइ

Thearaniko Times 1372+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

बनेपा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले वैकल्पिक राजनीतिक शक्ति मानिने सबै समूह एकजुट भएर अघि बढ्नुपर्ने र त्यसको अगुवाइ उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताउनुभयो ।

विभिन्न जिल्लामा पुगेर गरिएको छलफल तथा बहसले जनस्तरमा परिवर्तनको चाहना बढ्दै गएको उल्लेख गर्दै मन्त्री घिसिङले पार्टी गठनको प्रारम्भिक चरणमै सबैलाई समेटेर अघि बढ्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । छोटो समयमा महत्वपूर्ण काम गर्न सकिने बताउँदै उहाँले परिवर्तनका क्रममा चुनौती आउनु स्वाभाविक भए पनि त्यसको सामना गर्न सके ठूलो उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।

जेन्जी आन्दोलनपछिको राजनीतिक घटनाक्रमले सरकार परिवर्तन भएको स्मरण गराउँदै मन्त्री घिसिङले अब बन्ने सरकारको स्वरूप अझै महत्वपूर्ण हुने धारणा राख्नुभयो । वैकल्पिक शक्ति भनिने सबै समूह मिलेर सरकार गठन गर्नुपर्ने र त्यसको नेतृत्व उज्यालो नेपाल पार्टीले लिनुपर्ने उहाँको भनाइ थियो ।

पार्टी निर्माणका लागि नेता तथा कार्यकर्ताहरूलाई निरन्तर अभियानमा लाग्न आग्रह गर्दै उहाँले वर्तमान सरकार जेन्जी आन्दोलनको पृष्ठभूमिमा बनेको भन्दै आन्दोलनमा सहभागी भएकाहरूलाई पक्राउ गर्नु उपयुक्त नहुने धारणा राख्नुभयो । सहमति कार्यान्वयन नगरे सरकारको वैधतामाथि नै प्रश्न उठ्न सक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि पार्टीभित्र अनुशासन र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो । अर्का केन्द्रीय सदस्य शंकर ढकालले पार्टी मध्यमार्गी धारबाट अघि बढ्ने उल्लेख गर्दै विद्युत क्षेत्रमा उज्यालो ल्याएजस्तै देश निर्माणका लागि पनि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर देश विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कलाकारितालाई पेशा बनाए पनि परिवर्तनको चाहनाले राजनीतिमा सक्रिय भएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई अवसर दिनु अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

भेलामा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यहरू जिताराम लामा, ज्योत्सना सैंजु, शंकर ढकाल, ज्ञानेन्द्र तामाङ, सुमि लामा लगायतले सहभागिता जनाउँदै आ–आफ्ना धारणा राखेका थिए ।

जिल्ला भेलाले चौरीदेउराली गाउँपालिकाका क्षितिज लामाको संयोजकत्वमा उज्यालो नेपाल पार्टीको जिल्ला समिति गठन गरेको छ । समितिका सदस्यहरूमा विनोद तामाङ (नमोबुद्ध), आसमान तामाङ (पाँचखाल), सुनिता डङ्गोल (तेमाल), प्रमेश लामा (पाँचखाल), सञ्जय तामाङ (पाँचखाल), भुवनबहादुर थापा (बनेपा), टेकबहादुर रायमाझी (तेमाल), सफल तामाङ (पनौती), रवि घिसिङ (रोशी), सुरज दाहाल (बनेपा), युवराज खरेल (पाँचखाल), गंगा रायमाझी श्रेष्ठ (बनेपा), आवास तिमल्सिना (बनेपा) साथै दिवस बजगाईं र बुद्धिमान तामाङ रहेका छन् ।

त्यसैगरी भेलाबाट युवा संयोजकमा निशान्त रत्न बस्ताकोटी र सह–संयोजकमा अविरल लामा चयन भएका छन् भने धुलिखेल क्षेत्र संयोजकको जिम्मेवारी जीवनकाजी माकजूलाई दिइएको छ । समितिलाई पछि पूर्णता दिने जानकारी पार्टीका केन्द्रीय सदस्य जितराम लामाले दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार