मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेकपा (एकीकृत समाजवादी) काभ्रेको १० औँ अधिवेशनको तयारी पुरा

Thearaniko Times 1401+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

बनेपा/नेकपा (एकीकृत समाजवादी) काभ्रे जिल्ला अधिवेशनकाे तयारी पूरा भएको जनाएको छ। चैत ३ र ४ गते हुने १० औं जिल्ला अधिवेशनकाे तयारी पुरा भएको जिल्ला पार्टी कार्यालय काभ्रेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । बनेपामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार जिल्ला अधिवेशनकाे उदघाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गर्नु हुनेछ।

अधिवेशनमा जिल्लाको १३५ वटा वडा मध्ये ११७ वटा वडा र २२ वटा जनवर्गिय संगठनबाट गरी ४ सय ७६ जना प्रतिनिधि सहभागि हुनेछन् । 

अधिवेशन सम्पन्न गराउन पार्टीको सबै पक्ष परिचालित भएको केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटीका उपाध्यक्ष एवं जिल्ला पार्टी ईन्चार्ज टोकबहादुर वाईबाले जानकारी दिनुभयो । ‘अधिवेशनलाई सभ्य र भव्य ढंगले सम्पन्न गराउन पार्टीको सबै पक्ष परिचालन गरिएको छ । अधिवेशन मर्यादित हुनेछ ।’ ईन्चार्ज वाईबाले भन्नुभयो । 

अधिवेशनले ५५ देखि ६१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । हाल २८७ जनाको जिल्ला कमिटी रहेको छ ।

अधिवेशनकाे  सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला अधिवेशन मुल आयाेजक समितिका संयाेजक बसुन्धरा हुमागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशन सम्पन्न गर्नका निम्ति विभिन्न उपसमिति बनाएर उपसमितिका संयाेजकलाई जिम्मेवारी ताेकि सकिएकाे छ। 

मुल आयाेजक समितिले अधिवेशन भव्यताका साथ सम्पन्न गर्न र कामकाे जिम्मेवारी बाँडफाँड गरि चाप कम गर्न विभिन्न उपसमितिहरु बनाएको बताइयो । उक्त समितिले प्रचार प्रसार उपसमिति,  प्रतिनिधि व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन  उपसमिति, अतिथि सत्कार उपसमिति, प्रतिवेदन लेखन उपसमिति बनाएको छ। यस्तै जनपरिचालन उपसमिति, स्वयमसेवक उपसमिति, आवास उपसमिति,  प्राथमिक स्वास्थ उपसमिति  बनाइएको र उपसमितिका संयाेजक ताेकि जिम्मेवारी प्रदान गरिएको संयाेजक हुमागाँईले बताउनुभयो । 

उपसमिति संयाेजककाे  जिम्मेवारी पाउनेमा प्रतिनिधि व्यवस्थापन समिति संयाेजक बसुन्धरा हुमागाई, आर्थिक व्यवस्थापन समिति संयाेजक गाेकुल गौतम, अतिथि सत्कार संयाेजक यसु लामा, प्रचार प्रसार समिति संयाेजक सराेज कुइकेल हुनुहुन्छ भने  प्रतिवेदन लेखन समिति संयाेजककाे भूमिकामा हरिगाेपाल प्रधानाङ्ग, जनपरिचालन समिति संयाेजकमा भेषराज शाह, आवास व्यवस्थापन समिति संयाेजकमा रघुवर चौ प्रधान, स्वयमसेवक परिचालन समिति संयाेजकमा शिवराम दाहाल र प्राथमिक स्वास्थ समिति संयाेजककाे जिम्मेवारी  सुन्तली तामाङले पाउनु भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार