मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |
मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

शिक्षा र राजनीति
काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी

Thearaniko Times 1394+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

बनेपा। बनेपा नगरपालिका–६ स्थित काभ्रे क्याम्पसको गतिविधिप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले संघर्ष समिति गठन गरेका छन्। वडा कार्यालयमा आयोजित जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागी स्थानीयले विकास निर्माणका काममा अवरोध पुर्‍याएको, स्थानीय बासिन्दाको आवतजावतमा समस्या सिर्जना गरेको तथा विभिन्न विषयमा अनावश्यक विवाद उत्पन्न गरेको आरोप लगाउँदै जयराज बजगाईको संयोजकत्वमा संघर्ष समिति गठन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ६ का अध्यक्ष सचितानन्द के.सी.ले काभ्रे क्याम्पसले स्थानीय सरकार र समुदायसँग सहकार्य गर्नुको सट्टा विकास निर्माणका योजनामा निरन्तर अवरोध सिर्जना गर्दै आएको आरोप लगाउनुभयो। वडामा रहेको शैक्षिक संस्थालाई स्थानीयको गहनाका रूपमा संरक्षण गर्दै आएको भए पनि क्याम्पस प्रशासनबाट जनभावनाविपरीत गतिविधि भइरहेको उहाँको भनाइ थियो।


वडाध्यक्ष के.सी.का अनुसार क्याम्पसले प्रयोग गर्दै आएको जग्गाको भोगाधिकार समाप्त भई २०७५ सालको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल सरकारको नाममा कायम भइसकेको छ। यस्तो अवस्थामा भोगाधिकार नभएको सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्नु कानुनविपरीत भएको उहाँले दाबी गर्नुभयो। उहाँले नक्शा पास नगरी भवन निर्माण गरिएको, टेण्डर आव्हान नगरी भवन निर्माण कार्य अघि बढाइएको, एउटै कम्पाउण्डभित्र दुई वटा कलेज सञ्चालन गरिएको तथा सरकारी जग्गामा स्वीकृतिबिना संरचना निर्माण गरिएको विषयसमेत उठाउनुभयो।

उहाँले स्थानीय बासिन्दाको आवतजावतमा असर पर्ने गरी पर्खाल निर्माण गरिएको, वडा तथा नगरपालिकाको बजेटबाट निर्माण गरिने ज्येष्ठ नागरिक विश्राम कक्षमा अवरोध पुर्‍याइएको तथा वडा कार्यालयको पार्किङस्थलको छाना निर्माणका विषयमा सार्वजनिक जग्गालाई आफ्नो स्वामित्वको भन्दै सामाजिक सञ्जालमार्फत भ्रामक र तथ्यहीन प्रचार गरिएको आरोप पनि लगाउनुभयो। चण्डेश्वरी करिडोरमा समेत खोला मिच्यो भनेर तथ्यहिन सामाजिक सञ्जालमा राखी मुद्धा हाल्ने विकास विरोधी गतिविधि गरेको बताउनुभयो। 


वडाध्यक्ष के.सी.ले वडा कार्यालय, स्थानीयवासी र क्याम्पस प्रशासनबीच यसअघि भएका सहमति तथा सम्झौतासमेत कार्यान्वयन नभएको बताउनुभयो। उहाँका अनुसार सहमतिअनुसार क्याम्पसमा अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई ५० देखि ७५ प्रतिशतसम्म शुल्क छुट दिने तथा दक्षता, क्षमता र योग्यताका आधारमा ४० प्रतिशत स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने व्यवस्था गरिएको थियो। तर ती सहमति कार्यान्वयन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो।

क्याम्पस प्रशासनले वडा कार्यालय हटाउन पत्राचार गरेको उल्लेख गर्दै उहाँले ‘एक वडा, एक खेल मैदान’ भन्ने नेपाल सरकारको नीतिअनुसार संरचना निर्माणमा समेत मुद्दा हालेर विकासका काम रोक्ने प्रयास गरिएको आरोप लगाउनुभयो।


भेलामा सहभागी वक्ताहरूले स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने शैक्षिक संस्थाले विकास निर्माणका काममा अवरोध सिर्जना गर्नु उचित नभएको धारणा राखेका थिए। स्थानीयको आवतजावतमा समस्या उत्पन्न भएको, सार्वजनिक जग्गामा स्वीकृतिबिना संरचना निर्माण गरिएको, नक्शा पास नगरी भवन बनाइएको, टेण्डर प्रक्रिया नअपनाई निर्माण कार्य गरिएको तथा एउटै कम्पाउण्डभित्र दुई वटा कलेज सञ्चालन गरिएको विषयमा अब संगठित रूपमा आवाज उठाउनुपर्ने निष्कर्ष बैठकले निकालेको जनाइएको छ।

भेलामा गोविन्द तिमल्सिना, द्वारिका न्यौपाने, भरत सिग्देल, बासुदेव कुइँकेल, धनपति दाहाल, रामप्रसाद आचार्य, सुदीप पौडेल, शंकर लामा, कृष्णप्रसाद तिमल्सिना, हरि लामा, श्रीराम शर्मा, ज्ञानबहादुर लामा, गणेश तिमल्सिना, कृष्णप्रसाद दाहाल, शिवहरि दाहाल, राजु मानन्धरलगायतले आफ्नो धारणा राख्दै स्थानीय हितविपरीत हुने गतिविधिविरुद्ध एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।


कार्यक्रमको सञ्चालन वडा सदस्य लालकृष्ण तिमल्सिना र धन्यवाद ज्ञापन विजय न्यौपानेले गर्नुभएको भेलाले गठन गरेको संघर्ष समितिमा जयराज बजगाई - संयोजक, धनपती दाहाल - सचिव, गोविन्द तिमलिमना, सुदिप पौडेल, कुमार श्रेष्ठ, भरत प्र. सिग्देल, नवराज रायमाझी, राजु मानन्धर, कृष्ण प्र. तिमल्सिना, रामचन्द्र अधिकारी, भिम प्रसाद हुमागाई, धुर्व ब. भुजेल, हिरा दुलाल, द्वारिका न्यौपाने, रिना तामाङ, गोमा देवी उप्रेती, नानीमाया श्रेष्ठ, श्याम कृष्ण खत्री, वासुदेव कुईकेल, अम्विका आचार्य, नानीदेवी कुईकेल, सिता धिताल रहेका छन् ।
संघर्ष समितिले आगामी सोमबार जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बनेपा नगरपालिका तथा काभ्रे क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार