मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |
मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |


ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते, यस्तो बन्दैछ सञ्चालक समिति

Thearaniko Times 1401+ समाचार ( )
२४ पौष २०७९, आइतबार

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार मिति तय भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गते सोमबार गर्ने गरी मिति तय भएको ग्लोलब आइएमई बैंकका कम्पनी सचिव विष्णु बास्कोटाले जानकारी दिए ।

यस्तै, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालय लगायत सबै नियामकबाट पनि दुवै बैंकले अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । ‘दुवै बैंकका वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको छ, मर्जर अन्तिम स्वीकृति नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारले दिइसकेको छ, अब आन्तरिक व्यवस्थापन गरेर पुस २५ गते एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् ।

बैंकले एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि २ दिन सेवा बन्द गर्ने जनाएका छन् । यसकारण दुवै बैंकका शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु २ दिन बन्द रहने उनले बताए ।

नेपाल राष्ट्र बैंकले पुस १४ गते ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू (बीओके)लाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।

मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । प्रारम्भिक सम्झौतामा ‘ग्लोबल आइएमई बिओके’ नाम राख्ने सहमति भएको थियो । बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाममा ल्याउन भनेको थियो ।

मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।

यस्तो बन्नेछ सञ्चालक समिति

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको थियो । सोही सहमति अनुसार मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुङ्गो लागेको छ ।

मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्ण प्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी नियुक्त हुने सहमति भएको छ ।

यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदन लाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ ।

कर्मचारी व्यवस्थापनका लागि दुवै बैंकले भिरआरएस सुविधा जारी गर्ने भएका छन् । मर्जर पश्चात् दुवै बैंकका कर्मचारी जुन पोजिशनमा रहेका छन् सोही अनुसार कायम रहने छ ।

‘बैंकले भिआरएस स्किम निकालेको छ, भिआरएस स्किममा चित्त नबुझेका कर्मचारी जान सकनुहुन्छ, अब बाँकी रहेका कर्मचारीहरुलाई समान पदमा समायोजन गर्ने हो,’ उनले भने, ‘मर्जर पछि बैंकको सीईओ पछिको दोस्रो वरियतामा बिओकेका सीईओ रहने सहमति भएको छ ।’ भिआरएसमा को–को बाहिर निस्किने भनेर अन्तिम टुङ्गो नलागेको उनको भनाइ छ ।

मर्जर पश्चात् बैंकको कर्मचारी संख्या ३ हजार ७९३ जना पुग्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । तर, दुवै बैंकले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गरेको हुँदा चुक्ता पूँजी थप हुन सक्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ ।

बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ३ खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ र कर्जा ३ खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।

मर्जर पश्चात् बैंकको शाखा सञ्जाल ३६५ वटा र एटीएम ३२८ वटा पुग्नेछन् । आवश्यकताका आधारमा शाखा कार्यालय मर्जर गर्ने कम्पनी सचिव बास्कोटाले बताए ।

‘शाखा सञ्जाल जुन जुन ठाउँमा एउटै घरमा कार्यालय छन् भने त्यसलाई मर्ज गर्दै लैजाने हो, एकीकृत कारोबारसम्म सबै शाखा सञ्चालन हुन्छन्, त्यसपछि एउटै घर र ठाउँमा परेका शाखालाई मर्जर गराउने हो,’ बास्कोटाले भने ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार