मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

शब्दयात्राले गरे नौजनालाई कदरपत्र सहित सम्मान

Thearaniko Times 1369+ समाचार ( )
७ पौष २०८०, शनिबार

बनेपा/शब्दयात्रा प्रकाशनले आज शोधप्रबन्धकारहरू मीरा चापागाईं पौडेल, इन्द्रप्रसाद गौतम, नारायणी दाहाल तिमल्सिना र रूपा मैनाली, सम्पादकहरू सोमकाजी शाक्य, माधव काभ्रेली र आर. सी. विरही, हरि मञ्जुश्री मोती महोत्सव समारोह समितिका सचिव निर्मला श्रेष्ठ र हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन विशेषाङ्क प्रकाशित गर्ने पत्रिका ‘मध्यदीप’ मासिकलाई कदर गरेको छ । 

शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीका विषयमा स्नातकोत्तर तहमा शोधप्रबन्ध लेख्ने १३ जना शोधप्रबन्धकार, पुस्तक सम्पादन गर्ने ६ जना सम्पादक, मोती महोत्सव समारोह समितिका सचिव र विशेषाङ्क प्रकाशित गर्ने २ पत्रिकालाई दुई चरणमा कार्यक्रम गरी कदर गर्ने क्रममा प्रथम चरणमा आज नौजनालाई कदर गरिएको हो । कदर गर्दा कृष्णमणि कुइकेलले रुद्राक्षमाला, सरस्वती सापकोटाले पुस्तक, प्रदीप केसीले विशेषाङ्क, गीता अधिकारी र प्रह्लाद प्याकुरेलले पदक र डा. बलदेव अधिकारी गाउँलेले कदरपत्र समर्पण गर्नुभएको थियो ।

कार्यक्रम भाषासेवी तथा साहित्यकार डा. बलदेव गाउँले अधिकारीको प्रमुख आतिथ्य तथा साहित्यकारद्वय बैरागी जेठा र डा. विनोद ढकालको आतिथ्यमा शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको थियो । 

कदरपत्र ग्रहण गर्नेहरूमध्येबाट मीरा चापागाईं र इन्द्रप्रसाद गौतमले मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहको उद्घाटन कवि पदम दाहालले र प्रमुख अतिथिलाई उपहार समर्पण निर्मला केसी बन्जाराले, कार्यक्रमका संयोजकलाई टोपी लगाइदिएर सम्मान अमृत अधिकारीले गर्नुभएको थियो । मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले गीत गाएर कार्यक्रममा रौनक थप्नुभएको थियो । 

कालिका त्रिपाठी पन्तबाट उद्घोषित उक्त कार्यक्रममा मञ्चस्थ महानुभावहरूलाई केदारनाथ तिमल्सिनाले रुद्राक्षको माला अर्पण गर्नुभएको थियो भने कदरपत्रको वाचन शारदाप्रसाद शर्मा र साधुराम गिरीले, सामग्री व्यवस्थापन सङ्गीता केसीले, छायाङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले र स्वागत भाषण रश्मि हुमागाईंले गर्नुभएको थियो ।  

कार्यक्रमका संयोजक तथा सभापति शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा ‘मध्यमार्ग’ साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक प्रदीप केसी हुनुहुन्थ्यो । उहाँका अनुसार दोस्रो चरणको कार्यक्रममा अन्य महानुभावहरूलाई कदर गरिनेछ । दोस्रो चरणको कार्यक्रमको मिति पनि पछि नै निर्धारण गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार