मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रहरीको अनुसार ज्यान गुमाउनेको संख्या ३१ पुग्यो
प्रहरीको अनुसार ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

Thearaniko Times 1394+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

काभ्रे/अविरल बर्षाका कारण बाढी र पहिरोमा परी काभ्रेमा ज्यान गुमाउनेको संख्या ३१ पुगेको प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा पहिरोले पुरिएर ३१ जनाले ज्यान गुमाएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, १९ जना अझै बेपत्ता छन् । ४२ जना घाइते भएका छन् भने बाढी र पहिरोमा फसेका ९४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सडक सञ्जाल र सञ्चार सेवा अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको निमित्त प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए ।

अविरल बर्षापछिको बाढी र पहिरोको कारण तेमाल २ मा एकै घरमा पुरिका ८ जनासहित विभिन्न वडाका १४ जनाको उद्धार हुन नसकेको गाउँपालिकाले जनाएको छ।

नमोबुद्ध ५ ठोक्रेमा पहिरोमा पुरिएका २ जना, वडा नं १, स्यामपाटीमा २ जनाको उद्धार हुन सकेको छैन ।

बेथानचोक ४ मा पुरिएका ८ जना मध्येको ४ को शव निकालिएको छ भने ४ जनालाई उद्धार गर्न नसकिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, पनौती नगरपालिका वडा नं ११, थुम्कीमा स्थानीयको घर पुरिँदा बेपता भएका ४ जनाको उद्धार हुन सकेको छैन ।

बनेपा नगरपालिका वडा नं १४ थालचोकमा पनि पहिरोले घर बगाउँदा २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

रोशी गाउँपालिका ३ मा ९ पुरिएकोमा ६ जनालाई उद्दार गरिएको र ३ जनाको शव भेटिएको वडाध्यक्ष धनजित लामाले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार