बनेपा/मिलेनियम बचत तथा ऋण सहकारी संस्था लि.बनेपाको चौधौं वार्षिक सधारणसभा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा बिहीबार बनेपामा मिलेनियम बचत तथा ऋण सहकारी संस्था लि.को चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेले समृद्ध र समुन्नत मुलुक बनाउन आर्थिक चलायमानको पाटो मजबुद हुनुपर्ने भन्दै समग्र मुलुककै वितिय प्रगतिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । विपन्न, गरिब र केही गर्न खोज्ने उद्यमीलाई सहकारीले सहज रुपमा ऋण प्रवाह गरी उद्यमशील बन्न सहकारीले खेलेको भूमिका प्रसंशनीय रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष मुनेश्वर कायष्थको सभापतित्वमा भएको साधारणसभाको अवसरमा अध्यक्षको प्रतिवेदन, संस्थाको प्रगति प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजकको प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै विभिन्न विधामा प्रोत्साहन, सम्मान, पुरस्कार प्रदान गरिएको थियो ।
उत्कृष्ट बाल बचतकर्ता एक र एइइमा २०७६ देखि २०८० सम्म प्रत्येक वर्ष उत्कृष्ट हुने २/२ जना छात्रछात्राहरु सम्मान गरिएको छ ।