मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

उत्पीडित तामाङ राष्ट्र मुक्ति मोर्चा, नेपालको प्रारम्भिक भेला

Thearaniko Times 1394+ समाचार ( )
१४ पौष २०८०, शनिबार

काठमाडौंः उत्पीडित तामाङ राष्ट्र मुक्ति मोर्चा, नेपालको प्रारम्भिक भेला सम्पन्न भएको छ । हालै काठमाडौंको अनामनगरमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका महासचिव आहुति र उत्पीडित राष्ट्र मुक्ति मोर्चा, नेपालका संयोजक राजन डोनेको उपस्थिति तथा काल्साङ लामाको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रारम्भिक भेलामा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए भने भेला पश्चात उत्पीडित राष्ट्र मुक्ति मोर्चा, नेपालका संयोजक राजन डोनेले शुभकामना मन्तव्य राखेका थिए ।

प्रारम्भिक भेलाले प्रभात मोक्तान संयोजक, पूर्ण बहादुर वाइबा सह– संयोजक र निर्मला योञ्जन सचिव रहने गरि २५ सदस्यीय राष्ट्रिय भेला आयोजक समितिको गठन गरेको छ । जस अनुसार सदस्यहरुमा लिजा तामाङ, निरुता तामाङ, अनिता तामाङ, अरुण तामाङ, छेसाङ तामाङ, देव सिं तामाङ, सञ्जिव तामाङ, जीवन तामाङ, इन्द्र सिं तामाङ, तिर्थ माया तामाङ, काल्साङ लामा, सन्दीप तामाङ, सन्ध्या तामाङ, अशोक तामाङ, कामी सिं तामाङ, पूर्ण तामाङ, जेपी मोक्तान र रकमराज तामाङ रहेका छन् ।
भेलाले मोर्चाको प्रस्तावित घोषणापत्र तथा अन्तरिम विधान पारित गरिएको र नवगठित राष्ट्रिय भेला आयोजक समितिले विभिन्न संघर्ष लगायतका कार्यक्रमहरुका साथै राष्ट्रिय भेलाको पनि आयोजना गरिने संयोजक प्रभात मोक्तानले बताए ।
उत्पीडित तामाङ राष्ट्र मुक्ति मोर्चा, नेपाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको जनवर्गीय संगठन उत्पीडित राष्ट्र मुक्ति मोर्चा, नेपाल अन्तर्गतको तामाङ राष्ट्रको मोर्चा हो । हाल आदिवासी जनजातिका रुपमा चिनिदै आएको समुदायलाई वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले उत्पीडित राष्ट्रका रुपमा परिभाषित गर्दै आइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार