मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

माओवादी केन्द्र पालिका अधिवेशनमा - सात पालिकामा संपन्न, बाँकि पालिका पुष २७ र माघ ५ मा हुने
माओवादी केन्द्र पालिका अधिवेशनमा - सात पालिकामा संपन्न, बाँकि पालिका पुष २७ र माघ ५ मा हुने

Thearaniko Times 1401+ समाचार ( )
२२ पौष २०८१, सोमबार

काभ्रेपलन्चोक /नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकको तेह्र पालिका मध्ये ७ वटा पालिकामा अधिवेशन संपन्न भएको छ। ६ नगरपालिका  र ७ गाउँपालिका रहेको जिल्लामा अधिवेशन संपन्न भएका पालिकाहरु मन्डनदेउपुर, पाँचखाल, नमोबुद्ध, रोशी, चौरीदेउराली, खानीखोला र तेमाल रहेका छन्। बाँकि ६ पालिका मध्ये ५ वटा बनेपा, पनौती, महाभारत र भुम्लु गाउँपालिका २७ गते र बेथानचोकमा माघ ५ गते अधिवेशन गर्ने तय भएको र धुलिखेलमा मिति तय हुन बाँकि रहेको नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति काभ्रेका सचिव दैवलाल घिसिङ(अनुशिल)ले जानकारी दिनुभयो।

अधिवेशन संपन्न भएका पालिकाहरुमा पाँचखाल र चौरी देउरालीमा नेतृत्वको लागि निर्वाचन भएको थियो भने तेमालमा नेतृत्व चयन हुन बाँकि रहेको बताइयो । अधिकांशमा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको जिल्ला संयोजक भोला अर्यालले बताए।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) चौरीदेउराली गाउँ समितिको अधिवेशनबाट अध्यक्ष विनोद घिसिङ, उपाध्यक्ष धन लामा, नवराज दुलाल, उर्मिला परियार, सचिवमा प्रेम चौलागाईं, सह- सचिव एकनाथ गौतम, कोषाध्यक्ष चित्र प्रसाद चौलागाईं लगायत ३८ सदस्यीय कार्यसमिति निर्वचित भएका छन्। यहाँ अध्यक्ष र सचिव पदमा निर्वाचन भएको थियो।

नेकपा (माओवादी केन्द्र )रोशी गाउँ पालिकाको  तेस्रो  अधिवेशनबाट नवनिर्वाचित अध्यक्षमा मानवीर लामा, उपाध्यक्ष मुना थापा मगर, गौरव मोक्तान र तिमाल सिं तामाङ, सचिवमा सुकलाल दोङ, सह सचिव भोजराज तामाङ, कोषाध्यक्ष वकिल स्माली मगर लगायतको कार्यसमिति निर्वाचित भएका छन्।

यसैगरी नेकपा(माओवादी केन्द्र) नमोबुद्ध नगर समितिको चौथो अधिवेशनबाट सर्वसहमत अध्यक्ष रामकृष्ण अधिकारी, उपाध्यक्ष धर्म सिं लामा र राजु धिताल, सचिव पूर्णमान लामा(एक्सन), सह सचिव दिपक बहादुर पौडेल र कोषाध्यक्ष विष्णु माया वि.क. लगायत कार्यसमिति निर्वाचित भएका छन्।

अधिवेशनबाट राज तामाङको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।कमिटीको उपाध्यक्ष ईश्वर ढकाल, रोहित मोक्तान र उद्ध ब बस्नेत रहेका छन् भने सचिवमा महेन्द्र सापकोटा, सह–सचिवमा देवेन्द्र सापकोटा र कोषाध्यक्ष रचना बरिया रहेका छन् । निरञ्जन विष्ट(दिप)को अध्यक्षता र गोकुल डोटेलको सञ्चालनमा भएको

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं विश्लेषक डिपि ढकाल, काभ्रे जिल्ला संयोजक भोला अर्याल, बागमती प्रदेश कमिटी सदस्य एवं नगर ईञ्चार्ज ध्रुव काफ्ले, प्रदेश कमिटी सदस्य नारायण बानियाँ(दिपेश) र प्रेस सेन्टर नेपालका बागमती प्रदेश समितिका अध्यक्ष यदुनाथ गौतम(देउपुरे) लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिको चौथो नगर अधिवेशन रमेशराज गिरीको अध्यक्षतामा ४९ सदस्यीय नगर समिति निर्वाचित गरी संपन्न भएको छ ।अधिवेशनले महिला उपाध्यक्षमा गिता भट्ट, उपाध्यक्ष हेम बहादुर श्रेष्ठ (प्रविण), उपाध्यक्ष अखिल तामाङ, सचिव गोकुल गुरागाई, सह–सचिव बुद्धि प्रसाद पराजूली र कोषाध्यक्ष नानीमाया तामाङ रहेका छन् ।

काभ्रेपलन्चोक जिल्लाको खानिखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्र, खानिखोला गाउँपालिकाको तेस्रो गाउँपालिका सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । यस सम्मेलनले खडकबहादुर जिम्बाको नेतृत्वमा ३८ सदस्यीय खानीखोला गाउँ पार्टी कमिटी गठन गरेको छ। कमिटीमा उपाध्यक्ष राजन अधिकारी, बुद्दीमान स्यांतान र बिरेन लामा, सचिव सुवर्ण थिङ, सहसचिव नरबहादुर थिङ, कोषाध्यक्ष फुलमाया थिङ रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार