मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

लिफ्ट खानेपानी आयोजना रोक्न मन्त्रीलाई बुझाए ज्ञापन पत्र

Thearaniko Times 1394+ समाचार ( )
६ भाद्र २०८०, बुधवार

हेटौंडा/चाखाेला जलाधार क्षेत्र संरक्षण सङ्घर्ष समितिले चाखाेलाकाे जल सिंचित हुने हजाराैं राेपनी जमीनमा सुख्खा हुन सक्ने जानकारी सहित बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ लामालाई ज्ञापन पत्र बुझाएको छ। 

चाखाेला जलाधार क्षेत्र संरक्षण संघर्ष समितिले चाँगुनारायण नगरपालिकालाई पानी बेच्ने  कुरालाई लिएर १५०० सय भन्दा माथिको हस्ताक्षर संकलन गरी बागमती प्रदेश खानेपानी सिंचाइ तथा उर्जा मन्त्रालयमा बुझाएको हो । 

ज्ञापन पत्रमा भनिएको छ - सिंचाई मात्र नभएर पर्यावरणको हिसाबले समेत चाखोला एउटा छुट्टै पहिचान भएको खोला र यस खोला आसपासको क्षेत्रमा हजारौ रोपनी जमिन यसै खोलाको सिचाई संरक्षित क्षेत्रभित्र भएकोले त्यस मन्त्रालय मार्फत बजेट विनियोजन भई नगरकोट नाल्दुम लिफ्ट खानेपानी आयोजना संचालन हुने जानकारी प्राप्त भएकोले त्यस आयोजनाप्रति हामी र यस आसपासका हजारो किसानहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।

ज्ञापन पत्रमा त्यस आयोजना निर्माण स्थल चाखोलाको बगेर आउने पानीको मुहान समेत भएको हुँदा चाखोला अन्तर्गतका सिंचाई तथा आवादी क्षेत्रमा खोलाको पानी सुक्न गई गम्भिर रुपमा असर पुग्ने भएकोले उक्त आयोजना तत्कालै बन्द गरी सम्वन्धित क्षेत्रमा खोलाको बगेको पानी नतान्ने गरी वैकल्पिक सोतको व्यवस्थापन गरी संचालन गर्न माग गर्दै चल्न लागिरहेको उक्त आयोजना बन्द गराई पाऊँ भनी प्रभावित क्षेत्रभित्र विधिवत संचालनमा रहेका २८ भन्दा वढी सिंचाई कुलोहरुको उपभोक्ता/मोहीको स्थलगत हस्ताक्षर सहित यो पत्र पेश गरिएको उल्लेख छ ।

चाखाेलाकाे जल सिंचित हुने यस्ताे दर्जनाैं कुलाे र हजाराैं राेपनी जमीन छ । बगेकाे पानीकाे मुहान फर्काउदा चाखाेला वारिपारीकाे सम्पूर्ण जमिन खण्डहर बन्न पुग्छ भन्दै संघर्ष समितिले मन्त्री लामाको ध्यानाकर्षण गराएका थिए। 

ज्ञापनपत्रमा १८ हजार राेपनी भन्दामाथि जमिनमा पानीको अभावमा सुख्खा हुने हुँदा किसान मर्कामा पर्ने भएकोले आन्दोलन गर्नुपरेको संघर्ष समितिका अध्यक्ष रुद्रबहादुर तामाङले जानकारी दिए।

 बगेकाे पानीकाे मुहान फर्काउदा चाखाेला वारिपारीकाे सम्पूर्ण जमिन खण्डहर बन्न पुग्छ ! बेलैमा सजग बनाैं भन्ने उद्घोषका साथ सङ्घर्ष समितिकाे तर्फबाट विभिन्न कार्यक्रमहरू अगाडि वढिरहेकाे समितिका अध्यक्ष तामाङले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार