मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |

प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यका उपस्थितिमा दुर्घटना न्यूनिकरणका लागि ८ बुँदे निर्णय सार्वजनिक

Thearaniko Times 1371+ समाचार ( )
५ पौष २०७९, मङ्गलबार

धुलिखेल/राजमार्ग सुरक्षा तथा सडक दुर्घटना न्यूनिकरणको विषयमा मंगलबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा यातायात व्यवसायी, मजदुर संगठन र सरोकारवाला निकाय बीच बैठक संपन्न भएको छ । बेथानचोक गाउँपालिकामा हालै भएको यातायात दुर्घटनाको कारण ठूलो मानविय क्षति भएपछि राजमार्ग सुरक्षा तथा सडक दुर्घटना न्यूनिकरणको विषयमा छलफल गर्न बैठक बोलाइएको बताइयो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र नेपाल प्रहरी कार्यालय, बाग्मति प्रदेश प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यको विशेष उपस्थितिमा बसेको बैठकमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल पाँचखालका प्रमुख स.प्र.उ.सुरेन्द्र बुढाथोकी, प्रहरी निरिक्षक राजेश दाहाल, सुर्य विनायक धुलिखेल–धुलिखेल बर्दिवास सडक आयोजना सि.डि.इ. राधिका प्रजापति श्रेष्ठ, पूर्व अरनिको यातायात प्रा.लि.का केदार क्षेत्री, बागमति ट्रिपर व्यवसायी संघ काभ्रेका अध्यक्ष सुरेश खत्री लगायत विभिन्न यातायात व्यवसायीहरुको सहभागिता रहेको थियो । बैठकमा सहभागीहरु बीच भएको छलफलमा ७५ प्रतिशतभन्दा बढी दुर्घटनाको कारण चालकको लापरबाही देखिएको, यान्त्रिक गडबढी, सवारीसाधनको नियमित मर्मतसम्भार नहुनु, सडकको दुरावस्था यातायात र ट्राफिकसम्बन्धी नियम पालना नगर्नु आदि दुर्घटनाका थुप्रै कारण भएको बताइयो ।

बैठकले ८ बुँदै विभिन्न निर्णय गरेको छ । निर्णयहरुमध्ये राजमार्गमा सडक सुरक्षा अनुशासन पालना गराई सडक दुर्घटना न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक र डिभिजन सडक कार्यालयका इन्जिनियर सदस्य रहने गरी समिति गठन गरी वार्षिक कार्ययोजना गरिएको र उक्त कार्ययोजना अनुसार अरनिको राजमार्ग र वी.पी. राजमार्गको दार्याबायाँ सडक सुरक्षा संबन्धि, विपद् जोखिम न्यूनिकरण सम्बन्धि र अन्य सामाजिक विकृति विसंगति न्यूनिकरण संबन्धि व्यवस्थाहरुको प्रभावकारी कार्यन्वयन गर्ने गराउने निर्णय गरेको छ । राजमार्गमा ट्राफिक नियम पालना गराई प्रेशर हर्न निषेध गर्ने, ओभरलोड नियमन गर्ने र दिउँसोको समयमा ट्रिपर सञ्चालन गर्न नदिने व्यवस्था मिलाउने, यात्रुवाहक सवारी साधनहरुमा जथाभावी क्षमताभन्दा बढी राखेर चलाउने, बस बिसौनीको प्रयोग नगर्ने, ओभर स्पिड, यात्रुहरुलाई प्राथमिकता नदिने, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई छुट नदिने आदि क्रियाकलापलाई रोक्ने तथा सवारी चालक अनुमतिपत्र, मादक पदार्थ सेवन र लागु पदार्थ सेवनको चेक जाँचलाई नियमित र प्रभावकारी गराउने निर्णय गरेको छ ।

यात्रुवाहक तथा अन्य सवारी साधनको अवस्था ठीक छ छैन दुरुस्त अवस्थामा राख्नका लागि मेकानिकल टेस्ट गर्ने, जसको लागि यातायात व्यवसायीलाई ट्राफिक प्रहरी तथा सरोकारवाला निकायले सहजीकरण गर्ने, डिभिजन सडक कार्यालय, भक्तपुरले नियमित रुपमा राजमार्गको अवस्था अनुगमन गरी मर्मत गर्नुपर्ने अवस्था भएमा मर्मत गर्दा यातायात अवरोध नहुने गरी यथाशिघ्र मर्मत गर्ने, पहाडी र घुम्ती राजमार्ग भएको हुँदा दुर्घटनालाई न्यूनिकरण गर्न डिभिजन सडक कार्यालयले जोखिम स्थानहरुमा ट्राफिक चिन्हहरु राख्ने व्यवस्था मिलाउने, यस जिल्लाभित्र रहेका वी.पी. तथा अरनिको राजमार्गमा हुने मानवजन्य अवरोध, प्राकृतिक प्रकोपबाट हुने अवरोध, अपराधिक क्रियाकलाप तथा सवारी दुर्घटना आदिका कारणबाट हुने अवरोध नियन्त्रण गरी राजमार्ग सुचारु गर्नका लागि सुरक्षा निकायबाट हालि परिचालित जनशक्तिहरुलाई थप प्रभावकारी रुपमा परिचालित गर्ने लगायत विभिन्न निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार