मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

समाज
खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास

Thearaniko Times 1394+ समाचार ( )
६ चैत्र २०८२, शुक्रबार

काभ्रे (बनेपा) — बनेपा नगरपालिका–६ स्थित खत्री गाउँमा सञ्चालनमा रहेको “एक घर एक धारा” खानेपानी योजनाअन्तर्गतको डिपबोरिङ प्रणालीको लागि जडान गरिएको ट्रान्सफर्मर चोरीको प्रयास भएको छ।
घटनापछि वडा अध्यक्ष, प्रहरी, विद्युत् प्राधिकरणका प्रतिनिधि तथा स्थानीयवासीले संयुक्त रूपमा अनुगमन गरेका छन्। सोही स्थानमा यसअघि जडान गरिएको ट्रान्सफर्मर चोरी भएपछि पुनः राखिएको ट्रान्सफर्मरमा समेत चोरी प्रयास भएको बनेपा नगरपालिका -६ का वडाध्यक्ष सचितानन्द केसीले जानकारी दिनुभयो । उहाँका अनुसार राति २ बजे बत्तीको लाइन काटिएकोले सोही समयमा चोरीको प्रयास भएको बताउनुभयो।
उपभोक्ता समितिका अनुसार २०८२ साल चैत ६ गते शुक्रबार राति अज्ञात समूहले नियोजित रूपमा थ्री–फेज ट्रान्सफर्मर चोरीको प्रयास गरेको देखिन्छ । जसले खानेपानी वितरणमा समस्या आएको छ।
यसअघि पनि सोही स्थानमा २०८१ साल श्रावण ४ गते १०० केभिएको ट्रान्सफर्मर चोरी भएको थियो। उक्त घटनामा ट्रान्सफर्मरभित्र रहेको करिब १५० केजी तामा समेत चोरी गरिएको थियो। त्यसबेला करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको वडा नं. ६ का वडाध्यक्ष सचितानन्द केसीले बताएका थिए।
त्यतिबेला ट्रान्सफर्मरमा विद्युत् प्रवाह भइरहेकै अवस्थामा चोरी गरिएको र अत्याधुनिक उपकरण प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको थियो।

पटक–पटक दोहोरिएका यस्ता घटनाले यस क्षेत्रमा संगठित रूपमा उपकरण चोरी भइरहेको आशंका बढाएको छ। घटनाले स्थानीय उपभोक्तामा त्रास सिर्जना गर्नुका साथै खानेपानी वितरणमा पुनः समस्या उत्पन्न भएको छ।
खत्री गाउँ डिपबोरिङ खानेपानी उपभोक्ता समितिका सचिव दिपनारायण पराजुलीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समस्या समाधान गर्न केही समय लाग्ने बताएका छन्।
करीब आधा भन्दा बढी घरधुरी लाई पानीको लाइन वितरण सकिएको र बाँकीको हकमा पनि तिव्र काम भइरहेको अवस्थामा यो नियोजित हुन सक्ने आशंका गरिएको छ। पटक–पटक भइरहेका चोरीका घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। प्रहरीले दुबै घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार