मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

यात्रा संस्मरण
हुम्ला अब टाढा छैन ? यात्राको भोगाइले भन्छ – अझै छ !

Thearaniko Times 1401+ समाचार ( )
२३ असार २०८२, सोमबार

हरिगोपाल कर्माचार्य 

"हुम्ला अब टाढा छैन !" भन्नेहरू धेरै भेटिन्छन् – काठमाडौँमा बसेर सुनेको आधारमा वा हेलिकप्टरबाट माथिबाट हेरेर भन्नेहरू पनि ! तर वास्तविक हुम्ला जान सडकमार्गबाट कर्णालीका पहाडी जिल्ला हुँदै, चंखेली पास पार गरेर प्रवेश गरेपछि मात्रै थाहा हुन्छ – हुम्ला अझै पनि टाढा नै छ !

म २०८१ सालको चैत्र महिनाको तेस्रो सातातिर ७७ औं जिल्ला हुम्ला पुग्ने रहर पूरा गर्न निस्किएको थिएँ । यसअघि ७६ जिल्लाको यात्रा भइसकेको थियो – एक किसिमले यो मेरो यात्राको पूर्णता थियो, तर हुम्ला पुग्ने बाटो सजिलो थिएन ।

सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु गमगढी हुँदै चंखेली पास तरेर हुम्ला छिर्दा साँझ परिसकेको थियो । बाटोमा बाक्लो जंगल, हिउँले चिप्लो बनाएको गोरेटो, बगिरहेको पानीले फुटाएको बाटो र झर्ने सल्लाको रुखबीच तीन घण्टा बाइकमै हिँडेँ – कोही मानिसको स्वरसमेत नआएको त्यो सुनसान यात्रा साँच्चै भयावह थियो।

रातको ८:३० बजे एउटा सानो बस्तीमा पुग्दा बाँचिएको महसुस भयो। एउटा घरमा ढोका ढकढक्याएँ – सानो भाइले ढोका खोलिदिए। त्यहीँ बास पाइयो, आलुका झोलिलो परिकार, दाल, तरकारी, अचार बाँडीचुँडी खाइयो – त्यो आत्मीयता शब्दमा बयान गर्न सक्दिनँ।

भोलिपल्ट चंखेली, सर्केगाड, अदानचुली, ताँजाकोट गाउँपालिकातिरको यात्रा उज्यालोमा भयो । यद्यपि हिउँ र चिप्लो बाटो, सुन्निएका औंलाहरु, एकोहोरो उकालो र घोडीपाङ्ग्राजस्तै घुम्तिहरू सहज थिएनन्। कतिपटक लडेँ, बाइक धकेल्नु, उचाल्नु, स्थानीयको सहयोगमा पार गर्नु मेरो यात्रा बनेको स्मृति हो।

घरको छाना छाउन माटो खन्दै गरेका दिदीबहिनीहरू, चिया पसलमा मान्छे देख्दा रमाउने बालबालिका, र बास दिन तयार गाउँलेहरूको सद्भावले मलाई झस्कायो – सहरका स्वार्थी व्यवहारहरूसँग हुम्लाको आत्मियता तुलना गर्दा लाग्यो, ‘के साँच्चै यो ठाउँ नेपालमै पर्छ ?’

हुम्ला देशको भूगोल हो, हुम्ली नागरिक हुन्, तर सुविधाको चरम केन्द्रीकरणमा रमाइरहेका शासकहरूको नजरमा हुम्ला अझै पनि कोही होइन, कतै होइन जस्तो लाग्छ।

"हुम्ला अब टाढा छैन !" भन्नेहरूलाई मेरो सुझाव छ – एकपल्ट यस्तै यात्रामा निस्कनुहोस्, अनि आफैंले फैसला गर्नुहोस् — हुम्ला साँच्चै टाढा छैन कि अझै धेरै टाढा छ !

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार