मुख्य समाचार
विपक्षी दलको बैठकमा संसद बैठक बोलाउन माग गर्ने निर्णय | दिल्ली अस्पतालबाट नातिलाई इ–पत्र | ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, काभ्रेमा किसान नेता हुमागाईं नियुक्त | गणतन्त्र सिंहदरबारमा बस्नेहरु बाटै खतरामा छ : सांसद श्रेष्ठ | कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया | बेरीतका रीतहरु | रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश | विविधताभित्र एकता भएको नेवाः समुदायको १५औं एकता दिवस संपन्न | पच्चीस सयले गरे जन श्रमदान : मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण | ट्राफिक प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण सम्बन्धी तालिम |

काे हुन् प्रमुखका उम्मेदवार भुजेल

Thearaniko Times 1012+ समाचार ( )
२७ वैशाख २०७९, मङ्गलबार

भ‌ुम्लु। भूम्लु गाउपालिका गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन - प्रेम बहादुर भुजेल 'बृहत'। उनको जन्म साविकको फलाटे गाउँ विकास समिति वा हालको भूम्लु  ७मा भएको थियो।उनि १३ माघ २०३७ सालमा बुबा शमशेर बहादुर र आमा गंगामायाको कोखबाट जन्मिएका हुन्।
‌     श्रीशारदा उच्च माविबाट प्रारम्भिक शिक्षा हासिल गरि स्नातकसम्म अध्यायन गरेका भुजेल कृषि पेशाबाट समाजसेवा गर्दै राजनीतिमा स्थापित भएका व्यक्ति हुन्। सानै उमेरमा  आमा बुवा गुमाएका भुजेलको बित्तिय ब्यवस्थापनमा पनि राम्रो अनुभव छ। उनले २०५७ सालमा फलाँटेमा विद्युत उपभोक्ता समितिको अध्यक्ष भएर काम गरेका थिए। आजाद उच्च मावि बनेपाको ब्यबस्थापन समितिको अध्यक्ष, जिल्ला सहकारी संघको लेखा संयोजक, मुनाल कृषि सहकारी संस्थाको अध्यक्ष र सेवानुङ  साकोसको प्रबन्धक भएर सेवा गरेका छन।
सानैदेखि कम्यूनिष्ट बिचार राख्ने भुजेल २०५८ सालमा माओवादीको पार्टटाइम कार्यकर्ता र  २०६१ भदौ ५ देखि माओवादीको पूर्णकालिन भएर लाग्नु भएको हो। उनले द्वन्द्वकालिन समयपछि २०६३ देखि २०६९ सम्म चितवनको शक्तिखोरस्थित क्यान्टोनमेन्टको तेस्रो डिभिजनमा बसेका थिए। २०७०-७३ मा काभ्रे जिल्ला ट्रेड यूनियन महासंघको उपाध्यक्ष र २०७४ देखि भूम्लु गाउपालिका पार्टी अध्यक्ष भएका थिए।
भुजेल नेकपा हुँदा जिल्ला कमिटि सदस्य र  नेकपा फुटेपछि जिल्ला समन्वय समिति सदस्य भएर राजनीतिमा सक्रिय रहनु भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार