मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

पहिलो पटक चलचित्र एप्रिसियसन कार्यशाला संपन्न

Thearaniko Times 1401+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

धुलिखेल/मौलिक चलचित्र प्रबर्द्धन सहयोग कार्यक्रम अन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले पहिलो पटक चलचित्र एप्रिसियसन कार्यशाला संपन्न गरेको छ । 

सञ्चार रजिष्ट्रारको कार्यालयद्वारा काभ्रेको धुलिखेलमा आयोजित पाँच दिने चलचित्र एप्रिसियसन कार्यशाला समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार रजिष्ट्रार रेवती सापकोटा बागमती प्रदेशमा क्रियाशिल चलचित्र पत्रकारहरुलाई चलचित्रलाई बुझने, ग्रहण गर्ने र चलचित्रका समग्र पक्षको रस्वादन गरी समीक्षा गर्न भोक जगाउने प्रयास गरेको बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने कार्यालयका कर्मचारी, कार्यशालामा सहभागी, प्रशिक्षकसहित सबै सरोकारवालाई हार्दिक धन्यवाद दिनुभयो।

सहभागीहरुलाई प्रशिक्षकद्वय अनुप सुवेदी र अरुण देव जोशीले‌ एउटा चलचित्रमा पटकथा, श्रव्यदृश्य, ध्वनी, व्यवस्थापन, कला प्रदर्शन गर्न कति धेरै मेहनत गरिएको हुन्छ र समूहगत रुपमा गरिएको मेहनतको समग्र रुपमा चलचित्र बनेको हुन्छ भन्ने आत्मबोध गराउँदै सञ्चारकर्मीले चलचित्रकाे समिक्षा गर्दा ध्यान दिनुपर्ने विषयहरुका बारेमा चलचित्रको निर्माण, निर्देशन, पटकथा लेखन, ध्वनी, सिनेमाटोग्राफी लगायत समग्र पक्षका बारेमा सहभागीहरुलाई बुझाउने प्रयास गर्नुभएको थियो ।

सहभागीहरुले पनि विगतमा आफूले चलचित्रको समीक्षा गर्दा गरेको कमजोरीको आत्मसमीक्षा गरी आगामी दिनमा गर्ने कर्मका बारेमा जानकारी हासिल गरेकाे बताएका छन् । पाँचदिने तालिममा बागमती प्रदेशमा क्रियाशिल २१जना पत्रकारहरु सहभागी रहेको सञ्चार रजिष्ट्रार कार्यालयका तालिम संयोजक शर्मिली कर्माचार्यले जानकारी दिनुभयो। 

तालिममा सहभागिहरूलाई चलचित्रको विकासक्रम, चलचित्रमा प्रयोग हुने प्राविधिक पक्षको बारेमा जानकारीसँगै चलचित्र विकासका कोशेढुंगा हुन सफल ऐतिहासिक चलचित्रहरूसमेत देखाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार