मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

आउटसाेर्सिङ श्रमिक संगठनका ५५ जनाले विद्रोह गरी नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनमा प्रवेश

Thearaniko Times 1369+ समाचार ( )
२३ पौष २०७९, शनिबार

काठमाडौ । आउटसाेर्सिङ श्रमिक संगठन नेपालका साथै डिलक्स सेक्युरिटी मुल इकाई कमिटीका ५५ जना नेता कार्यकर्ताहरु नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनमा प्रवेश गरेका छन् । 

आज काठमाडौंको बागबजारस्थित होटल होलिडे कृषि मार्ग बागबजारमा गरिएको कार्यक्रममा आउटसाेर्सिङ श्रमिक संगठन नेपालका अध्यक्ष गाेविन्द प्रसाद सापकोटाकाे  नेतृत्वमा संगठनमा आबद्व नेता कार्यकर्ताकाे टिम नेपाल स्वतन्त्र आउटसाेर्स श्रमिक संगठनमा प्रवेश गरेका हुन् ।

 कार्यक्रममा ICTU का अध्यक्ष विष्णु लाम्साल लगायतकाे टिमले नवप्रवेशीहरुलाई खादा र टीका लगाएर स्वागत गर्नु भएको थियो । 

उक्त संगठन प्रवेश कार्यक्रममा बाेल्दै अध्यक्ष लम्सालले भन्नुभयो  "आन्दोलनबाट आएको ट्रेड युनियनले  मजदुरकाे पक्षमा काम गर्छ भन्ने आम मान्यता थियोे तर पछिल्लो समयमा त्यसले पनि पुँजिवादीकाे पक्षपाेषण  गरेको पाइयाे । उहाँले भन्नुभयो " याे भनेको विचारको स्खलन हो । आफ्नो विचार र सिध्दान्तबाट विचलित हुनु भनेको मालिक सामु आत्मसमर्पण गर्नु हाे । आउटसाेर्सिङ श्रमिक संगठन विचार मिल्ने संगठनमा प्रवेश गरेकोमा धन्यवाद दिदै नयाँ जिम्मेवारी साथ अगाडि बढन आग्रह गर्दै  शुभकामना दिनुभयो ।"

प्रवेशीहरुको तर्फबाट बोल्दै आउटसाेर्सिङ श्रमिक संगठनका अध्यक्ष गाेविन्दप्रसाद सापकोटाले यस संगठनमा प्रवेश गर्नुकाे कारण र औचित्य प्रष्ट पार्नु भएको थियोे । सापकोटाले अगाडि भन्नुभयो आउटसोर्सिङमा नेतृत्व व्यवसायमुखी, मजदुर विरोधी गतिविधिमा संलग्न भएका लोभिपापीहरुको जमात बढ्दै गएको र नेपाल आउटसोर्स श्रमिक संगठनले मजदुरको हितमा काम गरेकाे कारण आउटसोर्सिङमा विद्रोह गरी एकता तथा प्रवेश गरेको जानकारी दिनुभयो।

यस्तै सुरक्षा क्षेत्र युनियन परिषद्का इन्चार्ज प्रेमबहादुर कार्कीले कार्यक्रमको अध्यक्षता गर्दै आगामी दिनमा कुनै पनि क्षेत्रमा काम गर्ने श्रमिकलाई परेको पिरमर्काकाे जिम्मा संगठनले लिने बताउनु भयो । उहाँले भन्नुभयो "हामी श्रमिक वर्गको हित र संरक्षणकाे लागि सधैं पहल कदमी लिने छौ र जिम्मेवार भएर हाम्रा माग सम्बाेधन गर्न र गराउन सम्बन्धित पक्षलाई घच्घच्याउने छौ।"

सुरक्षा क्षेत्र युनियन परिषदका केन्द्रीय इन्चार्ज तथा नेपाल आउटसोर्स श्रमिक संगठनका इन्चार्ज वेदप्रसाद हुमागाईँले कार्यक्रम सञ्चालन गर्दै संगठनमा आइपरेको जस्तोसुकै चुनौती लाई सामना गर्ने बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार