मुख्य समाचार
काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज | काठमाडौं विश्वविद्यालयः प्राज्ञिक उत्कृष्टताका तीन दशक |

आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण पश्चात हस्तान्तरण
आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण पश्चात हस्तान्तरण

Thearaniko Times 1393+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काभ्रेपलाञ्चोक । गत असोज १०, ११ र १२ गते परेको वर्षात पश्चा आएको रोशी खोलाको बाढीले बगाएको रोशी आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण पश्चात हस्तान्तरण गरेको छ । विश्व स्वास्थ संगठनको आर्थिक सहयोगमा निर्माण भएको अस्पताल संरचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेर मन्त्रालयले रोशी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको रोशी–१ फलामेसाँघुमा अवस्थित १० शैयाको रोशी आधारभूत अस्पताल भवन बाढीले बगाएको थियो । अस्थायी रुपमा सञ्चालित अस्पतालको भवन पनि बगाएपछि अलपत्र अवस्थामा टेन्टमा बसेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए । 

बुधबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी मेडिकल क्याम्प किड हस्तान्तरण गरेका थिए । हस्तान्तरण गर्दै सहसचिव बुढाथोकीले आधारभूत अस्पताल बनाउन संघीय सरकारको दायित्व भएकोले बेजट व्यवस्थापन गर्न संघीय सरकार तयार रहेको बताए । स्थायी अस्पताल भवन निर्माृण गर्नको लागि आवश्यक ठाउँ पहिचान गरेमा बजेत व्यवस्थापन हुने उनको भनाई छ । विपदमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने उनको भनाई छ । 

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले गत असोजको बाढीले निर्माण अन्तिम चरणमा पुगेको अस्पताल भवनसहित रोशीमा धेरै जनधनको क्षती पुर्याएको बताए । निर्माणको ९० प्रतिशत सम्पन्न भएको भवन बाढीले बगाएपछि स्वास्थ्य सेवा दिनको लागि छटपटाई रहेको अवस्थामा अर्धपक्की भवन प्राप्त गरेपछि खुसी लागेको लामाले बताए । अर्धपक्की भवनसहित स्वास्थ्य सामग्री प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनलाई गाउँपालिका अध्यक्ष लामाले आभार प्रकट गरेका छन् । 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजी रावपाण्डबले स्वास्थ्य क्षेत्रमा सहयो गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि नेपाल सरकारसँग साझेदारी गर्दै अगाडी बढ्ने उनको भनाई छ । 

अर्धपक्की भवन पाएपछि रोशी आधारभूत अस्पतालबाट रोशी गाउँपालिकाको वडा नं. १,२,३ र ४ का नागरिकले सुविधा पाउने रोशी गाउँपालिकाका अध्यक्ष मिमबहादुर वाईबाले बताए । रोशी गाउँपालिकाका नागरिकलाई मात्र नभई नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकाका केही वडाका नागकिरले पनि स्वास्थ्य सेवा प्राप्त गर्ने उनको भनाई छ । यस भेगका स्थानीयले स्वास्थय सेवा नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतीले अस्पतालमा नागरिकले पनि चासो दिएर आफ्‌नो स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए । अस्पताल बनाएर स्वास्थ्य सेवा लिन अन्यत्र जाँदा सरकारको लगानी सदुपयोग नहुने भन्दै नजिको अस्पतालमा सेवा लिन नागरिक जागरुक हुनुपर्ने बताईन् । 

अस्पताल भवनसँगै अस्पतालको लागि आवश्यक सबै सामग्री पनि विश्व स्वास्थ्य संगठनले हस्तान्तरण गरेको छ । तीन महिनाको लागि १० हजार जना सेवाग्राहीलाई पुग्ने औषधी पनि संगठनले हस्तान्तरण गरेका छन् । अस्थायी रुपमा सञ्चालन गर्नको लागि ५ बेडको क्षमता रहेको छ । 

गाउँपालिकाले सहयोग गर्ने विश्व स्वास्थ्य संगठन र निर्माण कम्पनी एस एस आरलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरेका थिए । 

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद भन्तनाले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा नं. १ की कार्यवहाक वडाध्यक्ष मनकुमारी लामा, वडा नं. २ का वडाध्यक्ष हस्तमान लामा, वडा नं. ३ का धनजीत लामा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिलरत्न शाक्य लगायतको उपस्थिती रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार