मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा तीनदल बीच सैदान्तिक सहमति

Thearaniko Times 1369+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

काठमाडौं/लामो समयदेखि सहमति जुट्न नसकेको संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा प्रमुख तीन राजनीतिक दलबीच सैद्धान्तिक सहमति जुटेको छ। कांग्रेस, एमाले र माओवादी केन्द्रबीच टिआरसी विधेयकमा सैद्धान्तिक सहमति जुटेको हो ।

गृह मन्त्रालयमा आज बसेको संयन्त्रको बैठकमा त्यस्तो सहमति जुटेको बताइएको छ। संयन्त्रमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक  महेश बर्तौला र माओवादीबाट उपमहासचिव जनार्दन शर्मा बैठकमा सहभागी भएका थिए।

बैठकपछि माओवादी उपमहासचिव शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको र सोमबार सरोकारवालहरूसँग छलफलपछि संयन्त्रको बैठक बसेर अन्तिम रूप दिइने बताए।

‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौँ। यस विषयमा सोमबार सरोकारवालासँग छलफल गर्ने र त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने कुरा भएको छ,’ शर्माले भने।

एमाले मुख्य सचेतक बर्तौलाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा आगामी सोमबार सरोकारवालासँग राय लिएर अन्तिम रूप दिने गरी आजको बैठकमा सैद्धान्तिक सहमति जुटेको जानकारी दिए।

‘हामी यो विषयलाई अन्तिम रूप दिँदै छौँ। फाइनल गर्नका लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौँ। परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछौँ,’ बर्तौलाले भने।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाको भनाइ छ। अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार