मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेता र राजनीतिक पार्टी उत्पादन र श्रमसँग जोड्नुपर्छ - कान्छाराम तामाङ
नेता र राजनीतिक पार्टी उत्पादन र श्रमसँग जोड्नुपर्छ - कान्छाराम तामाङ

Thearaniko Times 1394+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

चौरीदेउराली/नेपाल कम्युनिष्ट पार्टी चौरी देउराली गाउँपालिका-७, को वडास्तरीय दोस्रो बैठक सम्पन्न गरेको छ । नेकपा पोलिटब्युरो सदस्य कान्छाराम तामाङको प्रमुख आतिथ्यतामा एवं केन्द्रीय सदस्य तथा नेकपा काभ्रे जिल्ला इन्चार्ज बिन्दु सीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कान्छाराम सीले संसदीय व्यवस्थामा संसद भित्र भएका राजनीतिक पार्टीका नेताहरु कुर्सीको लागि हानथापमा छन् भन्नुहुँदै सरकार परिवर्तन गर्ने र गठबन्धन बनाउने तथा भत्काउने कार्यमा व्यस्त रहेको बताउनुभयो। विप्लव देश र जनतालाई नयाँ अर्थदृष्टिकोण दिदै उत्पादन र श्रमसंग नजोडिएको नेता र राजनीतिक पार्टीले समग्र देशको नेतृत्व गर्न नसक्ने विचार राखिरहेकाे जानकारी दिनुहुँदै कान्छारामले यदि आत्मनिर्भर देश भएन भने विदेशीहरुको अधिनस्थ देश बन्ने खतरा रहेको औँल्याउनुभयो ।

गणतन्त्र प्राप्तिपछि जनताको स्तर माथी उठ्दै जानुपर्नेमा झन् दयनीय भएको भन्दै उनले यसको सही समाधान नेपाली विशेषताको समाजवाद रहेको उद्घोष गर्नुभयो। उहाँले नेता तथा कार्यकर्तालाई जनमूखी हुन र देशमा बढिरहेको भ्रष्टचार, महङ्गी र कालाबजारीको विरुद्ध सङ्घर्ष गर्न समेत आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिन्दु सीले पार्टीप्रति आम जनताको आशा र भरोसा बढेको भन्दै अबको बाटो समाजवादको हुने र त्यसको नेतृत्व नेकपाले गर्ने बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सल्लाहकार समितिबाट दिपक सी र सिद्दीबहादुर सी, केन्द्रीय सदस्य जितबहादुर सि, बनेपा नगर इन्चार्ज रामहरि बुढाथोकी, जिल्ला सदस्य सलाम सिंह सि लगायतले पार्टीलाई सुझावसहित मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व वडा सेक्रेटरी रमेश सी, सह-सेक्रेटरी तिर्थ सिले सञ्चालन गरेका थिए । कार्यक्रममा नवप्रवेशी जिल्ला इन्चार्ज बिन्दु सीले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार