मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

काभ्रे–२(१) धुलिखेलमा गठबन्धनको घरदैलो कार्यक्रम तिव्र

Thearaniko Times 1394+ समाचार ( )
२० कार्तिक २०७९, आइतबार

धुलिखेल । काभ्रेको क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवार सहितको घर दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सभा उम्मेदवार लक्ष्मण लम्साल आसन्न मंसिर ४ को निर्वाचनका लागि मत माग्न जनताको घर घरमा पुगिरहनु भएको छ ।  

उहाँ आफ्नो निर्वाचन क्षेत्र प्रतिनिधि सभा काभ्रे २ (१०) मा मतदातासंग भेला, छलफल र अन्र्तक्रियामा व्यस्त हुनुहुन्छ । नेता लम्सालले गएको ५ वर्षमा आफुले गरेका विकास निर्माण कार्यको विषयमा जनतालाई बुझाई रहनु भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत आइतबार धुलिखेलको वडा नं. ६, सुवाल टोल र वडा नं.–३, बाँसघारी र कुतालमा घरदैलो अभियान संपन्न भएको छ । 

घरदैलो कार्यक्रम अन्तर्गत कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शिव हुमागाईले विकास प्रेमी जनताका अपेक्षा पुरा गर्ने काम आफूहरूबाट मात्र सम्भव रहेको बताउनु भयो  । उहाँले संविधान च्यात्न खोज्ने र जनमतलाई खण्डित गर्नेहरूको विरुद्ध आफूहरूले गठबन्धन गरेर अगाडि बढेको बताउनु भयो  । उम्मेदवार हुमागाईले आफूहरू चुनावी अभियान मात्र नभइ विकास र समृद्धिको अभियान ल्याउन जनताको बीचमा आएको बताउनु भयो  । धुलिखेल–३, कुतालमा भएको चुनावी अभियानका क्रममा बोल्दै उहाँले संविधानमा शिक्षा, स्वास्थ्य रोजगारी र आवासको ग्यारेन्टी गरिएको भन्दै त्यसको कार्यान्वयनमा लाग्ने धारणा राख्नुभयो । विकास र समृद्धिको लागि गठबन्धन आवश्यक रहेको उहाँको भनाई थियो  ।

गठबन्धनको तर्फबाट काभ्रे–२(१) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का बागमति प्रदेश कमिटीका सचिव लक्ष्मण लम्सालले ‘नाम मदन भण्डारीको जप्ने, जनताको बहुदलीय जनवादको कुरा गर्ने तर काम जनता विरोधी गर्ने, जनताको अभिमत खण्डित गर्ने र संविधानलाई कुल्चने काम भएको बताउनु भयो । हामीले धेरै पटक सच्याउने प्रयास ग¥यौं तर एमालेको नेतृत्व सच्चिएन । त्यसपछि हामीले विद्रोह गर्नुपरेको हो । तपाईले मत दिएर यस अगाडि प्रतिनिधिसभामा पठाएकाले काम गर्न सकेनन् । जनताका एजेन्डा भन्दापनि अर्कै ढंगले अगाडि बढे– उहाँले भन्नुभयो । लम्सालले भन्नुभयो–‘उल्टै भए नभएका कुरा गर्दै यो पनि मैले गरेको त्यो पनि मैले गरेको भन्दै गोयबल्स शैलीमा जनतालाई भ्रममा पार्न खोजेको छ, त्यस्ता व्यक्तिलाई चिन्नुपर्ने र जिल्लाको नाम बदनाम गर्ने भ्रष्टलाई जनताले अब मतदान नगरी बहिष्कार गर्नुपर्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार