मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |
मुख्य समाचार
इसा मेमोरियल स्कुलको २०औँ वार्षिकोत्सव भव्य, ६८ विद्यार्थी दीक्षित | अधिवक्ता सोमान सिंह तामाङ पक्राउ, बार एशोसिएशन र कानून व्यवसायीको गम्भीर ध्यानाकर्षण | इड्राइभ नेपाल र फच्र्यून ब्रिजद्वारा राइडरलाई सडक सुरक्षा अभिमुखिकरण - याङ्गोले १०० राइडरलाई सुरक्षात्मक सामग्री प्रदान | बागमतीको कृषिमा संरचनागत रूपान्तरण: वसुन्धरा हुमागाईको कार्ययोजना | भूमेस्थान प्राविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | चौरीदेउराली–३ माझीफेदामा नेकपाको वडा कार्यालय उद्घाटन, ९९ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन | पातली माया लामाको निधन : रोशी–३ ले गुमायो सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व | कमरेड बिदुर सापकोटा अब सम्झनामा मात्र | तीन शिक्षक संगठनबीच एकता घोषणा, ८९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन | महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न |

‎ओली सरकारको विरोध होइन कम्यूनिष्टहरु समाजवादी गणतन्त्रमा एकमत हुनु जरुरी छ
‎ओली सरकारको विरोध होइन कम्यूनिष्टहरु समाजवादी गणतन्त्रमा एकमत हुनु जरुरी छ

Thearaniko Times 1345+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष के.पी. ओलीले प्रधानमन्त्री खाएको देशले केही नपाएको नौ महिना भएको छ । नौ महिनाको अवधिमा थप एक खर्ब बयानब्बे अर्ब ऋणमा चुर्लम्म देश डुबेको छ भने वर्तमान सरकारका हस्ती ओली, देउवा, आरजु लगायत व्यक्तिहरु सरकार टिकाउनुपर्ने रटानमा दिनरात खटेका छन् बरु गलेका छैनन् भने प्रत्येक पटक प्रत्येक दिनमा देश घाटामा जाने गरी नीतिगत भष्ट्राचार गर्नबाट यो सरकारपछि हटेको छैन । देशमा शिक्षकहरुको आन्दोलनको राप एक महिना पुगेको छ भने शिक्षकहरुको माग प्रति सरकार लचिलो बन्न नसक्दा काठमाण्डौ केन्द्रित आन्दोलन झनै रापिलो बनिरहेको अवस्था नौ बुँदे सहमतीमा आन्दोलन मत्थर पार्ने प्रयास भइरहेको अवस्था छ । एक महिना आन्दोलनमा लाग्दा शिक्षकहरुको तलब भन्दा बढी खर्च भयो, विद्यालयमा विद्यार्थी भर्नाको समस्या, अभिभावकहरुको हप्की, दप्की खान बाँकी नै होला र स्थानीय सरकारबाट पनि आलोचित बन्नुपर्ने र कारवाहीको भागिदार बन्नुपर्ने अवस्था विद्यमान छ । देश योजना विकास, शिक्षा, स्वास्थ्य, रोजगार, शान्ति सुरक्षाको लागि बन्नुपर्ने थियो तर आज प्रत्येक ठाउँमा कार्यकारी सरकार प्रमुखको कारण सरकार बदनाम मात्र छैन पलपलमा सेकेण्ड–सेकेण्डमा आलोचित बन्दै जनताको नजरमा धारे हात लगाउनुपर्ने र गाली खेप्नुपर्ने अवस्थाको सिर्जना सरकार आफैंले गरेको कुरा उसको व्यवहारबाट देख्न सकिन्छ ।

‎जब नेपालमा २०४६ सालको लोकतान्त्रिक आन्दोलनबाट जनतामा लोकतन्त्रको प्रत्याभूती गराउनुपर्दछ भनेर आन्दोलन सफल भयो भने त्यही समयदेखि नेपाली काँग्रेसका कारण देशका उद्योग कल, कारखाना लगायत विभिन्न काण्डमा मुछिए । काँग्रेसले देश दोहन गर्न देशको अर्थतन्त्र टाँट पल्टाउन बाँकी राखेन भने जनतामा विष रोपेर अगाडि बढ्दै गयो र २०५१ सालदेखि ने.क.पा. एमाले पनि सत्ताबाट अछुतो छैन र हिजो एमालेका असल नेता मनमोहन अधिकारी, मदन भण्डारी जस्ता नेताको कारण २०५१ सालमा एमालेले ठुलो मतका साथ सरकारमा त गयो तर त्यसपछिका दिनमा पार्टीले जनता भन्दा विदेश, भारतलाई रिझाउन लाग्यो टनकपुर सन्धी, महाकाली सन्धी लगायत जलश्रोतको धनी देश नेपालको महाकाली नदीलाई भारतसँग सम्झौता गरेर ‘महाकाली साझा हो पानी आधा आधा हो  भनी’ नेपाल आमाको छाती चिराचिरा पर्ने गरी राष्ट्रघात गरी भारतको दाश बन्ने कुरामा एमाले लाग्यो भने आजसम्म भारतको विपक्षीमा लागेर देश र जनताको लागि काम गर्ने हिम्मत नगर्ने एमाले पार्टीले कम्युनिष्ट शब्दको धज्जी उडाएको छ भने भारतको इसारामा आफ्नो स्वार्थ केन्द्रित काम गर्दे भारतीय व्यापारीको भलाईको लागि काम गरेको उदाहरण आजसम्म देखिन थालेको छ भने त्यसको पहिलो उदाहरण विद्युत प्राधिकरणबाट कुलमान घिसिङ जस्ता देशका असल पात्रलाई बर्खास्त गरी भारतीय व्यापारीलाई फाइदा पुग्ने गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको  कार्यकारी निर्देशक बनाएर अन्धकार नेपालको श्री गणेश गरेका छन् काँग्रेस एमाले गठबन्धनले ।

‎सरकार दिन प्रतिदिन बदनाम बन्दा काँग्रेस र एमालेका कार्यकर्ताहरुले सच्चेर देश चलाउने प्रयास गरेका पनि छैनन् । कसैले पार्टीको विरोध ग¥यो भने कारवाहीको चिर्कटो हान्न पछि पर्दैन । ओली र देउवाको सरकारमा हिजो शिक्षामन्त्री भएकी विद्या भट्टराईलाई ओलीको स्वार्थ नमिलेपछि दबाबमा पारेर राजिनामा गराइयो र मन्त्री पदको धोती फुस्काइयो भने सरकारको काम गर्ने तरिका भएन भन्ने काँग्रेस गगन थापाको बोली बन्द भएको छ अब उनले बोल्ने हिम्मत गर्दैनन् भने यी दोस्रो पुस्ताबाट देशको नक्सा कोरिन्छ विकास निर्माण हुन्छ, देशको कायलपलट हुन्छ भन्नु कदापी राम्रो सोच होइन र नेपाली काँग्रेस सधै अमेरिका र भारतको अन्धभक्त हो नेपाली जनतालाई फाइदा हुने बोल्न अमेरिका भारतको अनुमती लिनुपर्दछ कांग्रेसले अनि किन बोल्छ, काँग्रेस नेपाल र नेपालीको लागि ? त्यस्तै एमाले पनि दिन प्रतिदिन आलोचित मात्र बनेको छैन, नाली गन्हाए जस्तै गन्हाएको छ आजभोली । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको विचार, अभिव्यक्ति तथा भाषण हेर्दा लाग्छ अब एमालेका दोस्रो पुस्तामा पनि ओलीको भूत सवार भएछ र यिनले पनि नेताको स्तुती गान गर्दै देवत्वकरण गर्नबाट पछि हट्ने छैनन् भन्ने कुरा देख्नमा सुन्नमा र पढ्नमा आइ सकेको छ ।

‎हिजो मदन भण्डारीको विचार लाई पोलपाल गरेर खाने व्यक्तिलाई छोड्नु हुन्न थियो, एमालेका असल नेता तथा दोस्रो पुस्ताका कार्यकर्ताले तर किन बोल्ने आँट गर्दैनन् ? हिजो पनि पार्टीको सदस्यता लिँदा नेताको कुरा बाहेक अरु बोल्दिन, सोचेर मात्र बोल्छु, नेताले गरेको गल्तीमा ल्याप्चे लगाउछु भनेर सदस्यता लिएका हुन् एमाले कार्यकर्ताले ? देशमा प्रधानमन्त्री ओली धनी हुनुपर्ने उनका साला प्राधिकरणका कार्यकारी निर्देशक हुनुपर्ने, काँग्रेसका शेर बहादुरका व्यक्ति दीपक खड्का उर्जामन्त्री बन्नुपर्ने, श्रीमती आरजु परराष्ट्रमन्त्री बन्नुपर्ने, उठाउनुपर्ने प्राधिकरणको रकम सरकारको ढुकुटीमा ल्याउने कामलाई पन्छाएर भारतीय व्यापारीलाई छुट दिनुपर्ने अनि आफ्नै पार्टीका मन्त्री कान्छाराम तामाङलाई हटाउनुपर्ने बाध्यता किन प¥यो भने आफ्नो श्रीमती आरजु लगायतले गरेका काण्डहरु छरपष्ट होला अनि साँढे सातको दशा लाग्छ भनेर मन्त्री पद जस्तो जिम्मेवार पदबाट हटाउन देउवा राजि भएको हुुनुपर्छ । आफ्नै पार्टीको मन्त्री हटाउने, देशमा कुलमान हटाउने, उर्जामन्त्रीलाई स्काउटको जग्गाको भाडा खाँदा पनि अनुुसन्धान नगर्ने भारतीय  प्रभु र अमेरिकी इसारामा नाच्न खोज्ने देउवा साँच्चै देश बनाउन लायक नेता होइनन् भने निजसँग कुनै पनि देश बनाउने खाका योजना पनि छैन भन्ने कुरा काँग्रेसको आजसम्मको गतिविधिले देखाइदिएको छ ।

‎यो देशमा काँग्रेस एमाले र माओवादी केन्द्रको शासन हेरे जनताले, २०४८ देखि काँग्रेसको शासन २०५१ देखि एमालेको अनि २०६४ देखि माओवादीको शासनबाट कति लाभ पुग्यो ? जनता धनी बनाउने, उत्पादनमा वृद्धि गरेर व्यवसायिक लाभ प्राप्त गर्ने जनताको प्रतिशत कति पुग्यो ? जवाफ दिन सक्तैनन् यी विगतका जनतालाई धोका दिने पार्टीहरु । जनताभन्दा नेता धनी भएका पार्टी सबैभन्दा एमाले, काँग्रेस, माओवादी लगायत मधेसीवादी दलहरु र तीनका अगुवा नेता नै हुन् । देशको ढुकुटीमा मनमौजी हैकम चलाएर योजनाको नाममा खर्बो, अर्र्बोे कुम्ल्याउने पार्टी नेता र तीनिहरुबाट बनेका मन्त्री, कर्मचारीको कारण देश सिथिल बन्दैछ । अब देशले नयाँ परिवर्तनको युग चाहेको छ । जताततै अन्याय, अत्याचार बाहेक केही छैन भन्ने जान्दा जान्दै फेरी पनि मिसन चौरासीको नाममा आँखा फुटेको गोरु जस्तै गरी फेरी पनि एमाले काँग्रेस भन्दै केही रकम, मासु भात, रक्सी, वियरमा बिकेर र केही झुठा आश्वसनको कुरामा अल्मलिएर आफनो मत दिने काम ग¥यौं भने हामी जस्ता अपराधी कोही हुन सक्तैनौं ।

‎सत्तामा जानको लागि किन प्रचण्ड कमरेड मरिहते गरेर वक्तव्य वाजी दिदै हिड्नुपरेको  हो ? काँग्रेस र एमाले चौरासी सम्म सत्तामा बस्यो भने निकै भष्ट्राचारको चाङ लाग्ने र थुप्रै अन्याय अत्याचारले सिमा नाघ्ने छन् । जनता विरोधी कानून, नीतिगत भष्ट्राचारबाट  थिलथिलो बनेर जनताबाट वाक्क आउने गरी सरकारमा बस्न दिए भइगयो नी किन प्रचण्ड विरोधी बन्न प¥यो ? बरु प्रचण्डको विचारमा कुनै खोट छैन भने सबै कम्युनिष्ट एमाले बाहेक अरु पार्टीहरुको बृहत एकता धुव्रिकरणबाट कम्युनिष्टहरुको भेटघाट, छलफल अन्तक्र्रिया, सभा, आमसभा गर्दै जनताको विचमा अपुरो रहेको गणतन्त्रलाई मास्न नदिन यसको आकार फराकिलो बनाउन समाजवादी गणतन्त्रको लागि गणतन्त्रका धारहरुलाई एउटै मालामा उन्न सक्ने गरी पहल गर्नु बुद्धिमानी ठहरिनेछ भने जनताको समस्याप्रति चिन्तित बन्दै अघि बढ्नुको विकल्प छैन भने हिजो गणतन्त्रको रापले धपाइएका ज्ञानेन्द्र शाह र उनका प्रेतात्माहरु बेलाबेलामा विभिन्न बाहाना बनाउँदै गणतन्त्रको जग हल्लाउन सकिन्छ कि भनेर बल गर्दैछन् र दिन प्रतिदिन काँग्रेस र एमाले सरकारको काम गर्ने तौर तरिका, सरकार, पार्टी, कर्मचारी लगायत अन्य क्षेत्रबाट भोली गणतन्त्रमा समस्या आउने प्रयास भयो र खलबलको अवस्था आयो भने  त्यसको जिम्मा प्रचण्ड कमरेडले नै लिनुपर्दछ । प्रचण्डले अब सरकारको लोभ नगरी श्रम र उत्पादनमा लाग्ने पार्टी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) को नेतृत्व र त्यस पार्टीले गरेका उत्पादनको कार्यमा हातमा हात मिलाएर कार्यगत एकता गरेर जाने इच्छाशक्ति राखेमा नेपालमा नेपाली विशेषताको समाजवाद आउन धेरै समय लाग्दैन । नेपालमा खेर गएका जग्गा जमिन बाँझो नराख्ने उत्पादनमा जोड दिने सबै कार्यकर्तालाई काम गरेर श्रम गरेर खानुपर्दछ काम छल्ने पार्टीको नामबाट अवैध काम गर्ने, ढाँट्ने काम नगर्ने, मुद्दा मिलाउने जिम्मा नलिने, असल कार्यकर्तालाई श्रममा लगाएर श्रम र उत्पादनमा लगाउने काममा विप्लवसँग सहकार्यको हात बढाउने हो भने हाम्रा युवा युवतीलाई विदेशी भूमीमा पचपन्न डिग्रीको तापक्रममा खाडी देश र पि.आर. को लोभमा बाँचुञ्जेल युरोपियन देशको दास बनाउने अभियान बन्द गर्न सकिन्छ । अब कम्युनिष्ट कित्ता विभाजन गर्ने होइन गाउँ गाउँमा गएर बाँझो जग्गामा खेती गर्ने, श्रम गर्ने, पशुपालन लगायत जडिबुटी फलफुल खेती गर्दै जाने हो भने आगामी दश वर्षमा विश्वको नमुना देश बनाउन सक्छौ त्यसको लागि कम्युनिष्ट एकता र धुव्रिकरण अत्यन्त जरुरी र आवश्कता हो । अब पतित भएर जनताको नजरबाट गिरेको यो सरकारको विरोध गर्ने होइन र सत्ताको लागि सत्ताबाट हात लाग्यो शुन्य को अवस्थामा मात्र रुमलिएर नेताले च्याँखे दाउ राख्ने होइन र अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ध्यान उत्पादनमा लाग्नुपर्दछ त्यसैको लागि समाजवादी गणतन्त्रमा देशलाई लैजाने संकल्पका साथ अब हुने निर्वाचनमा प्रचण्ड होइन विप्लव नेतृत्वको पार्टीलाई बहुमत दिएर श्रम र उत्पादनमा देश आत्मनिर्भर बनाउन सक्ने खाका सहित हातेमालो गर्दै समाजवादी गणतन्त्रमा कम्युनिष्ट एकताको मियो बन्नुपर्ने आजको ज्वलन्त आवश्यकता हो भने त्यसको नेतृत्व गर्दै देशलाई सक्षम बनाउन सक्ने क्षमता क. विप्लव सँग मात्र छ भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीले देशभर नै उत्पादन गर्दै आफ्नो व्यापार केन्द्र खोलेर जनताको नजरमा सच्चा कम्युनिष्ट पार्टीको उदाहरण प्रस्तुत गरी सकेको हुँदा अब कम्युनिष्ट एकताबाट मात्र सम्राज्यवादीहरुको सेखी झार्न सकिनेछ भन्ने बेला आएको छ ।


‎अधिवक्ता दीपक जंगम

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार