मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रे खेलकुद विकास समिति आफ्नै भवनमा सर्यो, भवनको उदघाटन मुख्यमन्त्रीले गर्ने

Thearaniko Times 1401+ समाचार ( )
१ पौष २०८०, आइतबार

काभ्रे : जिल्ला खेलकुद विकास समिति काभ्रेको कार्यालय आफ्नै भवनमा सरेको छ। बनेपा नगरपालिका -६, बुडोलमा हालै निर्माण संपन्न भएको आफ्नै भवनमा सरेको जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानबिर लामाले जानकारी दिनुभयो ।

ठेकेदारको लापरवाही  र प्रदेश खेलकुद बिकास परिषद्को इन्जिनियरको कमजोरीको कारणले काभ्रे जिल्ला खेलकुद विकास समितिकाे भवन समयमा निर्माण सम्पन्न हुन नसकेको जानकारी दिनुहुँदै अध्यक्ष लामाले समितिले चेन गेट आफनै पहलमा तयार गरेको बताउनुभयो  ।

अध्यक्ष लामाले भवनको उद्घाटन पुष २७ गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबाट गराउने तयारी रहेको जानकारी  दिनुभयो। अध्यक्ष लामाको अनुसार भवनको उदघाटन र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन एकैदिन गर्ने तयारी रहेको छ। खेल क्षेत्रमा बागमती प्रदेशभित्र काभ्रे जिल्ला खेलकुद गतिविधिका हिसाबले अगाडि रहेको अध्यक्ष लामाको भनाई थियो ।

उहाँले खेलकुद विकास समितिको आफ्नै कार्यालय भवन भएपछी जिल्लामा व्यवस्थित ढंगले खेलकुद गतिबिधि संचालन हुने र समिति मातहतमा रहेका सबै खेलकुद विधाहरु संगठित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानबीर लामाको पहलमा र बागमती प्रदेश सरकार तात्कालीन खेलकुद मन्त्री रत्न ढकालको पालामा  उक्त भवन निमार्णका लागि १ करोड बजेट विनियोजन गरिएको थियो। अध्यक्ष लामाले भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिनुभयो।

यसैबीच जिल्ला खेलकुद विकास समिति काभ्रेका पुर्व अध्यक्ष सचितानन्द के.सी. र वर्तमान अध्यक्ष लामाको पहलमा करीब २० लाख लागतमा कभर्ड हलको अधुरा निर्माण कार्य हालै संपन्न भएको पनि लामाले बताउनुभयो।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष २७, २८ र २९ गते हुने भएको छ। यसको तयारी बैठकहरु धमाधम भइरहेकाे छ। समितिको सल्लाहकार बैठक संपन्न भइसकेकाे छ। पुर्व अध्यक्षहरु र सरोकारवालाहरु पुष ९ गते बस्ने तयारी रहेको बताइएको छ। 

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि अधिकांश पालिकामा संपन्न भइसकेको छ। पालिकामा प्रथम र द्वितीय भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिन पाउनेछन्। जिल्लास्तरीय प्रतियोगितामा ६ वटा खेलमा प्रतियोगिता हुनेछ। जसमा कबड्डी, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो, उसु जस्ता खेल रहेको समितिले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार