मुख्य समाचार
स्कारपियोबाट ९.१७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ | काठमाडौं विश्वविद्यालय : गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास | डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित, अधिकांश पदमा कडरिया नेतृत्वको प्यानलको जित | कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा | एसईई नतिजा कहिले आउँछ? | खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा | जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्र विरुद्ध लाग्न प्रचण्डको निर्देशन | सभापति शेरबहादुर देउवाले गरे भक्तपुर क्षेत्र नं. २ कार्यालयमा भ्रमण | साहित्यकार गोकुल व्याकुलको पुस्तक भूकम्पका कथा–व्यथा’ सार्वजनिक | नेपाल टेलिकमको बिलिङ प्रकरणमा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा |
मुख्य समाचार
स्कारपियोबाट ९.१७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ | काठमाडौं विश्वविद्यालय : गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास | डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित, अधिकांश पदमा कडरिया नेतृत्वको प्यानलको जित | कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा | एसईई नतिजा कहिले आउँछ? | खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा | जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्र विरुद्ध लाग्न प्रचण्डको निर्देशन | सभापति शेरबहादुर देउवाले गरे भक्तपुर क्षेत्र नं. २ कार्यालयमा भ्रमण | साहित्यकार गोकुल व्याकुलको पुस्तक भूकम्पका कथा–व्यथा’ सार्वजनिक | नेपाल टेलिकमको बिलिङ प्रकरणमा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा |

देश दर्शन डायरी
आन्तरिक पर्यटन/देशदर्शनमा मेरो एउटा हुटहुटी भनौं कि दुस्साहस ? ७७ जिल्ला एकै घुमाईमा बाईकबाट घुम्ने

Thearaniko Times 1123+ समाचार ( )
१ जेठ २०८२, बुधवार

हरिगोपाल कर्माचार्य 

निजामती सेवामा धेरै कर्मचारीहरुको आशा, अपेक्षा, प्रयास, प्रयत्न देशको प्रशासनिक सर्वोच्च निकाय सिंहदरबारका मन्त्रालयहरुमा रहेर सानका साथ  जागिर खाने हुने गर्दछ ! निजामती सेवाका २७ वर्ष सिंहदरबारै नछिरी भूइमान्छेहरुसँग रमाएर स्थानीय निकायहरुमा काम गरेको म समायोजनमा परिस्थितिले सिंहदरबार छिरायो तर म सिंहदरबारमै रम्न सकिँन/सिकिँन भनौं कि जानिँन । उकुसमुकुस भएर आफैले सरुवा मागेर मोफसलका जिल्लाहरुमा गएँ । प्यूठान, लमजुङ, धनकुटा, काभ्रेमा सेवा प्रवाह गर्दै सेवाग्राहीहरुसँग रमाएँ । मोफसलमा कार्यरत रहँदाकै बखत सेवाक्षेत्रका सेवाग्राही, जनप्रतिनिधिहरुसँग सेवाप्रवाह सहजका लागि भेटघाट गर्न जानेक्रममा धुलिखेल खावा सडक खण्डमा सडक दुर्घटनामा परेर कुम भाँचिएर दुई महिना उपचारपछि सोही कारण सेवाक्षेत्र सिंहदरबारमा सर्यो । सिंहदरबारको अझ गृह मन्त्रालय र प्रधानमन्त्रीको निजी सचिवालयमा रहेर आनन्दको, पहुँचको  हुँदाछँदाको जागिर (निजामती सेवा)बाट मलाई सन्तुष्टि मिलेन । मलाई लाग्यो सिंहदरबार छिर्न सक्ने सेवाग्राही सेवा लिन सक्ने ल्याकत राख्छन, त्यहाँ म हुनु र नहुनुले केही फरक त अवश्य पर्ला तर तात्विक फरक नपर्ला । सचिवालयको नाम भजाएर निजी स्वार्थ पूरा गर्न, मालदार अड्ढामा जागिर खान, वैदेशिक भ्रमण गर्न छोडेर करिव ३८ वर्ष लामो निजामती सेवाबाटै अलग हुने सोच आयो धेरै साथीहरु, घर परिवारले जागिर नछोड्न गरेको अनुरोधलाई थाती राखेर राजिनामा दिएँ । 


त्यसपछि एकपटक देशका सबै ७७रै जिल्लाहरु एकै पटकको यात्रामा पूरा गर्ने सोच आयो । हुन त यस अघि पटकपटकको यात्रामा देशको ७७ रै जिल्लाहरुको असंख्य भौगोलिक क्षेत्रहरुको आन्तरिक पर्यटन श्रीमती सहित केही वर्ष अघि पूरा गरिसकेको थिएँ । ती बेला बाइक चलाई ७५ जिल्ला सडक सञ्जालबाट  र हुम्ला, डोल्पा हवाई मार्गबाट आन्तरिक पर्यटन सम्पन्न गरेको थिएँ । जुन बेला सार्वजनिक बिदा तथा सञ्चित घर बिदा, पर्व बिदा, भैपरि बिदाको प्रयोग गरी पटकपटकको यात्राबाट ७७ जिल्लाहरुको यात्रा सम्पन्न गरेको थिएँ । म मेरो यात्रा, घुमाईमा राज्यकोषबाट खर्च, समय खर्चिनु जायज मान्दिनथेँ हिँड्दा जिल्लाहरुमा सरकारी खाना, आवासको प्रयोग गर्न नपरोस् भन्नेमा सचेत रहन्थेँ भलै मैले चाहने हो भने सबै जिल्लाहरुमा बास र खानाको समस्या खासै हुन्नथ्यो । 

निजामती सेवाबाट राजिनामापछि अलि लामो धेरै दिनको यात्राका लागि मलाई बार, बन्देज रहेन । सेवाग्राहीहरुले मेरो कारण समयमै सेवा नपाउला, दुख पाउलान् भन्ने चिन्ता रहेन त्यसपछि सबै ७७ जिल्लाको आन्तरिक पर्यटन बाइकबाटै एकै फन्कोमा करिब १ महिनामा सम्पन्न गर्ने र आफूलाई निजामती सेवानिवृत्त भएको समेत महशुस नहुनेगरी कृयाशील राख्ने बिचारले यात्राको सर्सर्ती योजना बनाएँ कुनै पनि जिल्ला नछुटाउने गरि एकै पटकको हिँडाइमा यात्रा सम्पन्न गर्नु पक्कै सहज थिएन ।


७७ जिल्ला यात्रा सोच अनुसार बनेपा (घर) बाट निस्केँ बागमती प्रदेशको गृह जिल्ला काभ्रेपलान्चोकको भुगोलहरु बनेपा, धुलिखेल, पाँचखाल, भुम्लु पालिकाको भूगोलहरु हुँदै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली हुँदै कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका यसअघि नगएका नयाँ बाटो, भुगोल, पालिका, गाउँ बस्तीहरुमा नयाँ साइनो गाँस्दै तथा पटकपटक गइसकेका भुगोल गाउँ बस्तीहरुसँग साइनो नवीकरण गर्दै बाइकबाटै ७७ जिल्लाहरुको यात्रा सम्पन्न गरी घर छोडेको ३१ सौै दिनमा घर प्रवेश गरियो । 

125 cc को बाइकबाट लगातार ३१ दिनको यात्रामा बाइकको किलोमिटर घडीले ५२९३ किलोमिटर नापेछ त्यसबाहेक बाइक छोडेर गरेको पैदल यात्रा त छँदैछ । पक्कै पनि एक्लै बाइकबाट एक पटकमा देशका सबै ७७ रै जिल्लाहरुको यात्रा सहज र सरल भने पक्कै थिएन । यस अघि बाइक पुर्‍याउन नसकेको, यात्राको बाटो थाहा नभएको हुम्ला जिल्लाका चंखेली, सर्केगाड, अदानचुली लगायतका पालिकाहरुको यात्रा, रातको साँढे आठ बजेसम्म पूरै जङ्गलको अनकन्टार हिउँमय र हिलोमय कहालीलाग्दो कच्ची बाटो, बास बस्ने घर, बाटोमा सोध्ने कोही मान्छेहरु नभेटिँदाको त्यो क्षण साँच्चिकै घर फर्किन्छु कि फर्कन्न भन्ने अवस्थाको थियो तथापि मन मुटु दह्रो पारेर ती क्षणहरु पार गरियो । शरीरले साथ दिउञ्जेल देशको भूगोलसँग रम्न अनि कमाइको केही हिस्सा देशभित्रै आन्तरिक पर्यटनमा खर्च गर्नु पर्छ भन्ने दृढ संकल्प मसँग थियो, छ र रहिरहने छ । यात्रामा निस्कँदा म राज्य वा शुभचिन्तकहरुलाई मेरो यात्राको खर्चको हिस्सेदार पटक्कै बनाउनु हुन्न भन्नेमा छु । आफ्नो ओैकात अनुसारको बास र गाँस मेरो यात्राको एउटा अर्को मूल मन्त्र हो यसर्थ म पैसा नतिर्ने गरी बास बस्न र खाना, नास्ता गर्न पटक्कै रुचाउँदिन यस्को मतलब मसँग अलि पैसा भएर होइन भएको थोरै पैसाको उचित व्यवस्थापन गरेर । यो पटकको यात्रामा दैनिक सालाखाला रु १,४०० मा होटल बास, खाना, नास्ता र बाइकको पेट्रोल खर्च व्यवस्थापन भयो । भलै यात्रामा भेटेका शुभचिन्तकजनहरुसँग १ कप चियाको भने मागदाबी/अपेक्षा राख्छु ताकि त्यो एक कप चिया व्यवस्थापन क्रममा यात्रा अनि सेवाप्रवाहका कुरा गर्दै थकान मेटाउन सकूँ । 


र अन्त्यमा, 

बाइकबाट यो पटकको देशको ७७ रै जिल्लाहरुका ३१ दिवसीय यात्रा रुट तपाईहरुका लागि पनि कहिँनकहिँ काम लाग्न सक्ने देखेर ७७ रै जिल्लाहरुको प्रतिनिधित्वको फोटो सहित मैले संक्षिप्तमा देहाय बमोजिम राखेँ ।

देशदर्शन 🇳🇵 दिन १

बनेपा काभ्रेपलान्चोकबाट धुलिखेल २, पाँचखाल, दोलालघाट, सिन्धुपाल्चोक बलेफी, लामोसाँघु, लिसंखुपाखर, दोलखा आहालडाँडा, कुरी कालिञ्चोक, चरिकोट, तामाकोसी, किर्ने 

देशदर्शन 🇳🇵दिन २

दोलखा किर्नेबाट रामेछाप खिम्ती, मन्थली, सिन्धुली खुर्कोट, देउरालीटार, फिक्कल, उदयपुर घुर्मी, ओखलढुंगा हर्कपुर, मानेभञ्ज्याङ, रमाइलो डाँडा, ठाडे, सोलुखुम्बु पत्ताले

देशदर्शन 🇳🇵 दिन ३

सोलुखुम्बबाट ओखलढुंगा बजार, मानेभञ्ज्याङ, हिलेपानी, जयरामघाट, खोटाङ हलेसी, दिक्तेल, भुलभुले, साकेला, भोजपुर चखेवा भाञ्ज्याङ, छिनामखु, देउराली

देशदर्शन 🇳🇵दिन ४

भोजपुर देउराली, भैंसिपंखा, श्यामशिला, प्याउली, जरायोटार धनकुटा लेगुवा, बेल्टार, संखुवासभा अक्करेभिर, दुखीडाँडा, सभाखोला, तुम्लिङटार, खाँदबारी, फे;क्मालुङ, चिचिला

देशदर्शन 🇳🇵दिन ५

संखुवासभा चिचिला, चिचिला गापा, सुम्बाभिर, सक्रान्ते, खाँदबारी, ढुङ्गेबिसौनी, तुम्लिङटार, धनकुटा केवाबेशी, चानुवा, डाँडागाउँ, रिध्दिडाँडा, संखुवासभा मुडे, टुटे देउराली

देशदर्शन 🇳🇵 दिन ६

संखुवासभा टुटे देउराली, तेह्रथुम पाँचपोखरी, तिनजुरे, संखुवासभा मादी, फेदी, मंगलबारे, तेह्रथुम मेन्छ्यायेम, संखुवासभा लामपोखरी, गुफापोखरी नूनढाकी, ताप्लेजुङ मैवाखोला गापा मिल्कु, झ्याउपोखरी, गुम्बाडाँडा, साँघु

देशदर्शन 🇳🇵 दिन ७

ताप्लेजुङ साँघु, ढुङ्गेसाँघु, दोभान, पाँचथर काबेली, फिदिम, पौवा, राँके, इलाम देउमाई, साखेजुङ, नेपालटार

देशदर्शन 🇳🇵 दिन ८

इलाम नेपालटार, धोबीधारा, चोकबजार, फिक्कल, कन्याम, हर्कटे झापा सुनमाई, जयपुर अर्जुनधारा, कमल, गौरादह, गौरीगञ्ज, खजुरगाछी, मोरङ रतुवामाई, झपडतल, सुनवर्षी, रंगेली, विराटनगर

देशदर्शन 🇳🇵 दिन ९

मोरङ विराटनगर, दुबही, बर्छवा, इनरुवा, कोशी ब्यारेज, सप्तरी बरमझिया, रुपनी, सिराहा लाहान, धनुषा कमला, ढल्केवर, महोत्तरी बर्दिवास, सर्लाही हरिओन, भरतताल, रौतहट जुडिबेला, चन्द्रनिगाहपुर, बारा निजगढ

देशदर्शन 🇳🇵 दिन १०

बारा निजगढ, कलैया, गढीमाई, कचोर्वा, सिम्रौनगढ, पर्सा वीरगन्ज, पथलैया, मकवानपुर हेटौंडा

देशदर्शन 🇳🇵 दिन ११

हेटौंडा, मनहरी, चितवन पुरानो पर्सा खैरहनी,भरतपुर, गौरीगञ्ज, चनौली, दिव्यनगर, पर्साढाप, तेलौली, धरमपुर, मेघौली, यज्ञपुरी, नवलपरासी बसुपु गैडाकोट, गडाम्दी, बुलिङ्टार, पाल्पा स्याउली बजार, रामपुर, भुजात

देशदर्शन 🇳🇵 दिन १२ 

पाल्पा भुजातबाट च्याङलिङ्ग रम्भा , स्याङ्जा दिमिक, स्याङ्जा गल्याङ, मालुङ्गा, रुपन्देही बुटवल, बुद्ध मावली क्षेत्र भवानीपुर देवदह, नवलपरासी बसुपु रामग्राम धरमपुर, पम्पापुर, रुपन्देही सिद्धार्थनगर, भैसाखदर सियारी गापा, सुखवानी शुद्धोदन गापा, कपिलवस्तु कोइली वनगाई, बुड्डीचोक, चन्द्रौटा

देशदर्शन 🇳🇵 दिन १३ 

कपिलवस्तु चन्द्रौटा धानखोला, अर्घाखाँची सातमारा, दाङ भालुबाङ, लमही, राजपुर, जंग्रहवा, वनकट्टी, नेपुवा, बाँके सिक्टा सिँचाई, बैजापुर, चाचरफर्का, कुण्डाचोक, बर्दिया मानखोला, गुलरिया, कण्ठपुर बढैयाताल, कोठियाघाट

देशदर्शन 🇳🇵 दिन १४

बर्दिया कोठियाघाट, ओस्ताजपुर, राजापुर कर्णाली सत्तिघाट पूल, कैलाली टिकापुर, मतियारी धनगढी, गेटा कञ्चनपुर शुक्लाफाँटा, दैजी, वेदकोट ताल, लिप्ना, डडेल्धुरा कुयाँपानी, पुन्तुरागाड, जोगबुडा

देशदर्शन 🇳🇵 दिन १५

डडेल्धुरा परशुराम, जोगबुढा, आलिताल, अमरगढी, डोटी जोरायल बुडर, बैतडी अनारखोली, खोड्पे, ढोल्यामोड, बझाङ बित्थडचिर

देशदर्शन 🇳🇵 दिन १६

बझाङ बित्थडचिर, बैतडी बाजपानी, खोड्पे, पाटन, सतबाँझ ढुङ्गेपानी, खोचलेक दार्चुला गोकुलेश्वर, चमेलिया, बस्कोट, खोड्पे

देशदर्शन 🇳🇵 दिन १७

खोड्पे बैतडीबाट अनारखोली, डडेल्धुरा नवदुर्गा गापा बगरबजार, पनालाखेत, बगाल, मणिलेक, बडम, रडुवा, डोटी बानेढुङ्ग्रीसेन, राजपुर, दीपायल, सेती नदी, सिलगढी, सानागाउँ, अछाम चौखुट्टे, साँफेबगर, बाजुरा भमक, फलासैन, मार्तडी

देशदर्शन 🇳🇵 दिन १८

बाजुरा मार्तडीबाट सुवाकाँध, राप्का, बल्दे, बेतालमाण्डो, अछाम साँफेबगर, मैगलसैन, बेलखेत दैलेख बान्नेभीर, राकम, खिड्कीज्यूला कालिकोट कालेखोला, जितेगडा, मान्म

देशदर्शन 🇳🇵 दिन १९

कालीकोट मान्मबाट पिली, राँचुली, नाग्म, जुम्ला हिमा, सिंजा कनकासुन्दरी गोठीज्यूला, मालिकाबोटा, भुलभुले मुगु पीना, रारा छायाँनाथ


देशदर्शन 🇳🇵 दिन २०

मुगु सल्लेरी राराताल, ताल्च, गमगढी, मुगु कर्णाली, दुमकोट, बाम, चंखेली पास हुम्ला बोहराबाडा

देशदर्शन 🇳🇵 दिन २१

हुम्ला चंखेली बोहराबाडा, देउली, लोतेखोला, पिप्लाङ, सर्केगाड सल्लिसल्ला, अदानचुली गल्फागाड, दोमुख, बाजुरा हिमाली गापा साकाचौर, धुलाचौर, जगन्नाथ पिलुचौर

देशदर्शन 🇳🇵 दिन २२

बाजुरा जगन्नाथ गापाको पिलुचौरबाट कालीकोट पचाल झरना, रास्कोट सान्नीघाट, नरहरिनाथ लालीघाट, जितेगडा, दैलेख राकम कर्णाली, टोलआरसन, जम्बुकाँध, दैलेख बजार

देशदर्शन 🇳🇵 दिन २३

दैलेख बजार भगवती गापा बेस्तडा, जाजरकोट सुयाडा, थलह, छेडागाड नगरपालिका, भुरचौर जाजरकोट खलंगा

देशदर्शन 🇳🇵 दिन २४

जाजरकोट खलंगा रिम्ना, बाँकेज्यूला, नलगाड, दल्ली, तल्लुबगर, रुकुम पश्चिम छोटेबगर, दामाचौर, गोतामकोट, त्रिवेणी, डोल्पा मुड्केचुला, त्रिपुरासुन्दरी नगरपालिका करवगाड, खदाङ, ल्हाँ, त्रिपुराकोट

देशदर्शन 🇳🇵 दिन २५

डोल्पा त्रिपुराकोट करवगाड त्रिवेणी, रुकुम दामाचौर, जाजरकोट नलगाड, रिम्ना, रुकुम शीतलपोखरी, रुकुम पूर्व खोपीचार रुकुम चौरजहारी, जाजरकोट मटेला छेडागाड

देशदर्शन 🇳🇵 दिन २६

जाजरकोट छेडागाड, सुर्खेत सिम्ता, बोटेचौर, सल्यान बनगाड कुपिण्डे नपा, कालिमाटी गापा, दाङ बबई गापा, हापुरे, तुल्सीपुर, घोराही, बाह्रकुनेताल रोल्पा होलेरी सुर्पाल

देशदर्शन 🇳🇵 दिन २७

रोल्पा सुर्पाल, प्यूठान स्वर्णद्वारी, भिङ्ग्री, जुम्री, खलंगा, चुँजाठाँटी अर्घाखाँची ढाकाबाङ, धारापानी, सन्धिखर्क, बलकोट, छत्रदेव गाउँपालिका, गुल्मी नेटा, तम्घास, ईश्मा, मुसिकोट इन्द्रेगौडा

देशदर्शन 🇳🇵 दिन २८

गुल्मी मुसिकोट इन्द्रेगौडा, वामीटक्सार, बागलुङ खरबाङ, गल्कोट, काठेखोला अक्षेते, म्याग्दी रत्नेचौर, बेनी, तातोपानी, रुप्से, मुस्ताङ कालोपानी, बेनी

देशदर्शन 🇳🇵 दिन २९

म्याग्दी बेनी, रत्नेचौर, बागलुङ, पर्वत सहस्रधारा, कुश्मा, मोदी, कास्की लुम्ले, ढिकुरपोखरी, चउथे, राजाचौतारा, पोल्याङ, लमजुङ भोर्लेटार, सुन्दरबजार, बेशीशहर, मर्स्याङ्दी ताघ्रिङ, स्याङ्गे

देशदर्शन 🇳🇵 दिन ३०

लमजुङ स्याङ्गे, जगत, च्याम्चे बुङ झरना, मनाङ म्यार्दी, ताल गाउँ, झरना, लमजुङ ङादी, राइनासकोट, गोरखा पालुङटार, तनहुँ भन्सार, आँबुखैरेनी, चितवन मुग्लिङ, फिस्लिङ

देशदर्शन 🇳🇵 दिन ३१

फिस्लिङ, धादिङ मलेखु, गल्छी, नुवाकोट केउरिनी, बिदुर, रसुवा बेत्रावती, कैदलेटार, लहरेपौवा, उत्तरगया, नुवाकोट गंगटे, कुमालठाँटी, छहरे, काठमाडौं गुर्जे भाञ्ज्याङ, टोखा, बालाजु, ललितपुर मंगलबजार, सातदोबाटो, भक्तपुर थिमी, ल्योसिंख्यो, तमारी (पाँचतले मन्दिर), जगाते, काभ्रे साँगा, जनागाल, बनेपा

प्रतिक्रिया

सन्तोष पुडासैनि ३ जेठ २०८२, शुक्रबार

सरको भ्रमणले देश घुम्ने प्रेरणा मिल्यो ।धेरै थाहा नभएको ठाँउको बारेमा थाहा भयो। यसैपनि समय मिलाएर घुम्ने बिचार गरियो , र बेला बेलामा घुम्ने पनि गरिएको छ। यसरी घुमेर आन्तरिक पर्यटनलाई सघाउ पनि पुग्छ भन्ने मेरो ठम्याइ रहेको छ।आन्तरिक पर्यटनलाई टेवा पुग्ने काम तथा ठाउहरुको जानकारी गराउनु भएकोमा सरलाई धन्यवाद तथा बधाई ।

कृष्ण देव रिमाल १ जेठ २०८२, बुधवार

Great यात्रा !

कृष्ण देव रिमाल १ जेठ २०८२, बुधवार

Great यात्रा !

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार