मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
नेकपा (माओवादी केन्द्र) सातौँ पूर्ण बैठक सम्पन्न, महाधिवेशन आयोजक समिति गठन

Thearaniko Times 1401+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सातौँ पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदन परिमार्जनसहित पारित गर्दै सकिएको हो।

बैठकले केन्द्रीय समितिलाई भंग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने प्रचण्डको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। यससँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ भने पदाधिकारीहरू आयोजक समितिको सचिवालयमा रहने निर्णय भएको छ। बैठकले मंसिर महिनामा विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको छ।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले पार्टीका नेताहरुको सम्पत्ति छानबिन गर्ने शक्तिशाली आयोग गठन गर्ने र सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन्। यससम्बन्धी प्रस्ताव सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहले पनि राखेको थियो। हरि ज्ञवाली अखण्डले प्रस्तुत गरेको समूहगत निष्कर्षमा ‘पार्टी नेताहरूको एकाघरको सम्पत्ति र पार्टीको सम्पत्ति छानबिन गर्न पूर्व महालेखा परीक्षक वा स्वतन्त्र व्यक्तिहरूको सहभागितामा आयोग गठन गर्नुपर्ने’ उल्लेख गरिएको थियो।

त्यस्तै बैठकले पारिवारिक सदस्यहरूको संलग्नता र ‘नेपोटिज्म’ का आरोप सम्बोधन गर्न विशेष कार्यविधि तयार गर्ने, संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने, महिलादेखि जेन-जेनसम्म सबैलाई कमिटीहरूमा अधिकतम सहभागी गराउने र युवालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राखेर पार्टी सञ्चालन गर्ने नीति लिइएको छ। साथै, विचार मिल्ने दलहरूसँग एकता गर्ने दिशामा पनि पहल गर्ने बैठकको निष्कर्ष रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार