मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवाद पक्षमा लाग्नुको विकल्प छैन : नेता पोखरेल

Thearaniko Times 1369+ समाचार ( )
१४ पौष २०८०, शनिबार

काभ्रे । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पार्टी स्कूलिङ विभाग प्रमुख गिरीराजमणी पोखरेलले अहिलेको प्राप्त उपलब्धीमा टेकेर अगाडी बढ्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) बनेपा नगर कमिटीले आज बनेपामा आयोजना गरिएको ‘जनतासंग माओवादीः विशेष रुपान्तरण अभियान’ अन्तर्गत राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले माओवादीले लिएको समाजवाद स्थापनाको रणनीति र सामाजिक न्यायमा आधारित समृद्धिको कार्यनीतिलाई कार्यान्वयन गर्ने दिशामा पार्टी अगाडि बढेको जानकारी दिनुभयो  ।

गाणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र समाजवाद उन्मुखताको रक्षा गर्नु पहिलो काम भएकाले त्यसैमा केन्द्रित भएर लाग्नका लागि संगठन बलियो बनाउनु पर्ने कुरामा जोड दिनुभयो । त्यसको जगमा टेकेर प्राप्त उपलब्धीको रक्षा र विकासका लागि अगाडी बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले अहिले गणतन्त्र विरोधीहरुलाई धार्मिक अतिवादीहरु, राप्रपा, रास्वपा र राजतन्त्रबादीहरुले समेत साथ दिएकोले प्राप्त उपलब्धी गुम्ने खतरामा रहेको बताउनुभयो । ‘प्राप्त उपलब्धीलाई उल्टाउन खोज्नेहरुको विरुद्ध सरकार, सदन र सडकबाट खबरदारी गर्नुपर्ने कुरमा जोडदिनुभयो।’ उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न र बाह्य शक्तिको क्रिडास्थल बनाउन खोज्नेहरुको विरुद्धमा उभिन, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो ।’

पार्टीले राजनीतिक स्वतन्त्रताको आन्दोलन गरेपनि आर्थिक स्वतन्त्रता र आत्मनिर्भर अर्थतन्त्रको अभियान चलाउन नसकेको स्विकार गर्नुहुँदै आगामी दिनमा यता पनि ध्यान दिइ देशभित्र रोजगारी सिर्जना गर्नुपर्ने अभियानमा केन्द्रित भएर अगाडी बढ्नु अहिलेकोे कार्यभार भएको उहाँको भनाई थियो । त्यसको लागि सरकार, सदन र सडकको मोर्चालाई अझै बलियो बनाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । साथै सरकारले गरेको उपलब्धीलाई जनतामाझ लैजान र जनताको समस्याको मुद्धालाई सरकारसम्म पु¥याउने पुलको काममा पनि पार्टी सक्रिय बन्नुपर्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै माओवादी पार्टी कमिटी र नेता कार्यकर्ताहरुलाई सिर्जनात्मक र व्यावसायिक बन्न आग्रह गर्दै वैचारिक, सैद्धान्तिक र व्यवहारिक पाटोमा पनि ध्यान दिन अध्ययनसँगै प्रविधिलाई सही तरिकाले प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो। अब हिजो जनआन्दोलन, जनयुद्ध र रुपान्तरणको अभियानमा माओवादीले के भूमिका खेलेको थियो र अब के गर्दैछौं भनेर कही कतैपनि लेखेको र प्रचार नगरेको पाएको भन्दै प्रविधिको उचित प्रयोगमा ध्यान दिनसमेत उहाँले सबैलाई आग्रह गर्नुभयो ।

सो क्रममा उहाँले पुरानो विरासत बोकेका ठाउँ भएपनि बनेपामा स्थापना भएको आईटी पार्क, बनेपा बहुप्राविधिक शिक्षालय, सिद्धार्थ विश्वविद्यालय जस्ता ठाउँलाई सही रुपमा उपयोग गर्न नसकेको भन्दै अब माओवादीहरुले योजनासहितको सपना देख्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्र बनेपा नगर कमिटी अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षता भएको प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य अञ्जना विशंखे, केन्द्रिय अनुशासन आयोगका सदस्य गोविन्द बहादुर बटाला र बागमती प्रदेश कमिटी सचिवालय सदस्य मिना पाख्रिन, जिल्ला समन्वय समिति संयोजक भोला अर्याल लगायतले आ-आफ्नो विचार राख्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार